२४ जेठ , एजेन्सी ।
विश्वभर तिव्ररुपमा जनसंख्याको आकार बढिरहँदा केही यस्ता देशहरु छन्, जो जन्मदर घट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेका छन् । ति देशहरुका सरकारले आफ्ना नागरिकहरुलाई धेरै सन्तान जन्माउनका लागि विभिन्न प्रोत्साहनमुलक कार्यक्रमसमेत ल्याएका छन् । यस्तै देशहरुमा पर्छ जापान । जहाँ घट्दो जन्मदर एक समस्या र चिन्ताको रुपमा देखा परेको छ ।
त्यसकारण टोक्यो प्रशासनले देशको घट्दो जन्मदरको समस्यासंग जुद्धनका लागि एउटा कदम उठाउँन लागेको छ । जापानी सरकारले छिटै नै एक डेटिंग एप लन्च गर्ने तयारी गरेको छ । र जापानको यो कदमको प्रशंसा स्पेसएक्सका सीईओ एलन मस्कले पनि गरेका छन् । उनले यो मुद्यालाई गम्भीरताका साथ लिइएकामा आफूलाई निकै खुसी लागेको पनि बताएका छन् ।
एक्सका मालिक मस्क सधैं नै मानिसहरुलाई धेरै बच्चा जन्माउनका लागि आग्रह गर्दै आएका छन् । उनी स्वयंका ११ सन्तान रहेका छन् । सन् २०२१ मा एउटा कार्यक्रम उनले भनेका थिए, यदी मानिसहरुले धेरै बच्चा जन्माउँदैनन् भने यसले सभ्यता नै अन्त्य हुने जोखिम छ । अहिले पनि एलन मस्कले माइक्रोब्लगिंग साइटमा लेखेका छन्, ’मलाई खुशी लागेको छ कि जापान सरकारले यो विषयको महत्व बुझेको छ ।
यदी यस्तो कदम नउठाउने हो भने त जापान र कयौं अन्य देशहरु गायब नै हुनेछन्’ । मस्कले गत वर्ष इटालीमा एक राजनीतिक कार्यक्रममा पनि घट्दो जन्मदर बारेको मुद्दा उठाएका थिए । त्यतिबेला उनले जनसंख्यामा आइरहेको गिरावट रोक्नका लागि एकमात्र उपाय धेरै बच्चा जन्माउनु रहेको दाबी गरेका थिए । र त्यसो भएन भने यसले विश्वको कयौं उन्नत अर्थव्यवस्थाहरुमाथि खतरा रहेको समेत बताएका थिए ।
जापान कै कुरा गर्ने हो भने, एक मिडिया रिपोर्टका अनुसार, टोक्योले राष्ट्रिय जन्मदर बढाउनका लागि यसै गर्मीको शुरुआतमा आफ्नै एउटा डेटिंग एप लन्च गर्ने बताएको छ । यसको जानकारी मंगलबार एक अधिकारीले दिएका थिए । ति अधिकारीका अनुसार सो एप उपयोगकर्ताहरुले आफू कानूनी रुपमा सिंगल भएको कागजपत्र पहिला जम्मा गर्नु पर्नेछ । यस्तै एक यस्तो पत्रमा हस्ताक्षर गर्नुपर्नेछ जसमा लेखिएको हुन्छ कि उ विवाह गर्नका लागि तयार छ ।
साथै नागरिकहरुले जापानी डेटिंग एपमा आफ्नो आय पनि अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ । उनीहरुले आफ्नो वार्षिक आम्दानी खुल्ने प्रमाणपत्र पनि पेश गर्नुपर्छ । हुन त कुनै पनि सरकारद्वारा डेटिंग एप तैयार गर्नु स्वयंमा नै खास कुरा हो । टोक्यो प्रशासनले कथित रुपमा एप्स र अन्य परियोजनाहरुका माध्यमले विवाहलाई बढावा दिनका लागि आफ्नो २०२३ को बजेटमा २० करोड येन र २०२४ को बजेटका लागि ३० करोड येन छुट्टाएको छ ।
फेब्रुअरीमा जारी सरकारी आंकडाअनुसार, जापानको जन्मदर लगातार ८ औं वर्षमा पनि झर्दो क्रममा छ । २०२३ मा नयाँ रेकर्ड निकै तल पुगेको छ । जन्मदरको संख्या एक वर्षको तुलनामा ५.१ प्रतिशतले घटेर ७, ५८,६३१ भएको छ, यस्तै विवाहको संख्या ५.९ प्रतिशतले घटेर४,८९,२८१ भएको छ । ९० वर्षमा पहिलो पटक यो संख्या ५ लाखभन्दा तल आएको छ ।
जापान टाइम्सको रिपोर्टअनुसार जापानीहरुमा गरिएको एक सर्भेमा १८ देखि ३४ वर्ष उमेरका ७० प्रतिशत अविवाहित पुरुषहरु र ६० प्रतिशत अविवाहित महिलामा रिलेशनशिपमा नै कुनै रुची नभएको पाइएको छ । यस्तै ३० प्रतिशत यस्ता जोडी छन्, जसको विवाह भएको कयौं वर्षसम्म पनि बच्चा छैनन् । यो समस्याको समाधान निकाल्न जापान सरकारले बच्चा जन्माउनेलाई नगद पुरस्कार पनि दिने गरेको छ ।
हरेक बच्चका लागि ६ लाख को इनाम राखिएको छ । जापानमा जन्मदर १.४६ प्रतिशत मात्रै छ, जो देशका लागि चिन्ताको विषय हो । यसअघि छमिकी राष्ट्र चीनले पनि विवाह र सन्तान जन्माउनका लागि विभिन्न पुरस्कारका योजना सार्वजनिक गरेको थियो । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको चीन अहिले भारतभन्दा पछि रहेको छ । वल्डोमिटरका अनुशार जनसंख्याको हिसाबमा जापान भने सर्वाधिक जनसंख्या भएका मुलुकको १२ औं स्थानमा रहेको छ ।