भेपले स्वास्थ्यमा कति र कसरी असर गर्छ ?

२४ जेठ ८१, बिहीबार
Share this
712shares

२४ जेठ,विराटनगर।

Advertisement

हिजो प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले विद्युतीय चुरोट (भेप)को कुलतमा १८ वर्षमुनिका बालबालिकाहरू फसेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

शून्य समयमा बोल्दै उनले भेप चुरोटको प्रयोगमा सरकारले कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएकी हुन् । “विद्यालय जाने १८ वर्ष मुनि उमेरका धेरै बालबालिकाहरू भेपको कुलतमा फस्दै आएका छन् ।

Advertisement

रिहाव सेन्टरमा उपचारको क्रममा प्रयोग गरिने भेप सरकारले कडाइ नगरेपछि अहिले नजादिँदो रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले ठूलो संख्यामा भेपको दुरुपयोग गर्ने प्रवृत्ति बढेको देखिन्छ,” उनले भनिन् ।

सांसद राजभण्डारीले बजार पहुँचमा सरकारले किन नसोचेको भन्दै प्रश्न गरिन् । उनले थपिन्, “भेपमा निकोटिनको मात्रा धेरै थोरै भए पनि छ । यसले कलिला केटाकेटीको स्वास्थ्यमा असर पार्ने हुनाले १८ वर्ष मुनिकालाई भेपको फैलँदो बजार पहुँचमा नियन्त्रण गर्न सरकारले सोच्नुपर्ने होइन र ? सरकार यसको लागि जिम्मेवार बनोस् ।”

Advertisement

राजभण्डारीले भेपबारे सरकारको ध्यानाकर्षण गराइरहँदा साच्चै नै यसबारे सोच्नुपर्ने बेला आइसकेको छ । किनभने नेपालमा प्रतिबन्धका बावजुद भेप अर्थात् इलेक्रटोनिक सिगरेटको प्रयोग व्यापकरुपमा बढ्दो छ ।

भेप भनिने इ–सिगरेट युवालाई सताउने पछिल्लो कारक बनेको छ । जसलाई चुरोटभन्दा कम हानिकारक र निकोटिन नहुने भनेर प्रचार गरिएको छ भने युवाहरू यसैलाई पत्याएर त्यहीमाथि हामफालिरहेका छन् ।

जबकि चिकित्सकहरूले भने यो हानिकारक नै रहेको बताइरहेका छन् । देखासिकीमा होस् वा अन्जानमा, कसैको सिफारिसमा होस् वा रमाइलोका नाममा भेप फैलने क्रम जारी छ जसले उनीहरूका अंग÷प्रत्यंगमा मन्द विष छरिरहेको छ ।

एकातिर सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थ बेचबिखन र सेवन गर्न नपाइने कानुन छ । अर्कोतर्फ विभिन्न नाममा यिनै सुर्तीजन्य पदार्थका प्रजातिहरू भने खुलेयाम बिक्री र सेवन भइरहेका छन् ।

थोक र खुद्रामात्र हैन, अनलाइन बिक्रीसमेत हुने यस्तो भेपले बिस्तारै युवाहरूको ठूलो जमातलाई लततर्फ फसाइरहेको कसैले पत्तै नपाउनु दुःखको अवस्था हो ।
खासगरी सहरी क्षेत्र यस्तो कुलतको प्रभावबाट बढी नै ग्रस्त पाइएकाले यिनै क्षेत्रमा सतर्कताको बढी खाँचो देखिएको छ । कतिपय मानिसहरु धुम्रपानभन्दा कम हानिकारक हुन्छ भनेर पनि भेप (ई सिगरेट) प्रयोग गर्ने गरेका हुन्छन् ।

तर भेपले दीर्घकालीन स्वास्थ्यमा कति र कसरी असर गर्छ भनेर वैज्ञानिकरुपमा प्रमाणित भने भएको छैन । यद्यपि भेप पनि सधैँका लागि सुरक्षित विकल्प नभएको विज्ञानले संकेत गरेको छ । थुप्रै प्रमाणहरुले भेपलाई पनि खतरनाक नै रहेको देखाउँछन् ।

भेपिङमा ई सिगरेट वा भेप मार्फत निकोटिन र स्वादसहित धेरै रसायनहरूलाई एरोसोलमा सास फेर्दा सामेल गरिएको हुन्छ । सामान्यतया धुम्रपान र भेपिङ दुबै मानव स्वाथ्यका लागि हानिकारक नै मानिन्छन् ।

उपलब्ध प्रमाणका आधारमा तुलनात्मक रुपमा धुम्रपान धेरै हानिकारक हुन्छ । तर यसको अर्थ भेप पनि सुरक्षित भने हैन । विज्ञहरुका अनुसार भेपको धुवाँमा ७ हजार भन्दा धेरै रसायनहरु रहेका हुन्छन् । यीमध्ये सयौं रसायनहरु टोक्सिक हुन्छन् ।

७० वटा जति रसायन क्यान्सरको कारण हुन्छन् ।अमेरिकन हार्ट एसोसिएसन (एएचए) का अनुसार भेपिङ तरल पदार्थमा सिगरेटको तुलनामा कम प्रदुषक हुन्छ । तर त्यो पूर्णरुपमा सुरक्षित हुँदैन । भेपिङ गर्ने मानिसहरुलाई विभिन्न कारणबाट हानी पुग्ने बताइन्छ ।

जस्तै निकोटिन, खतरनाक रसायन, फोक्सोमा समस्या । धुम्रपानबारे वर्षौंदेखि विभिन्न खोज र अनुसन्धान हुँदै आएका छन् । जसले मानव स्वास्थ्यलाई खराब गर्छ भन्ने प्रसस्त प्रमाण देखिएका छन् । धुम्रपानले गर्दा शरीरका हरेक अंगमा असर पार्छ ।

अमेरिकाको तथ्यांक हेर्ने हो भने त्यहाँ हरेक वर्ष ४ लाख ८० हजारभन्दा धेरै मानिसको मृत्यु हुने गर्छ । यस्तै फोक्सोको क्यान्सरबाट भएका मृत्युमा ९० प्रतिशत धुम्रपान नै हुने अनुसन्धानले देखाउँछ ।

यस्तै क्रोनिक अब्स्ट्रक्टिभ पल्मेनरी डिजिज (सीओपीडी) बाट मृत्यु हुने झण्डै ८० प्रतिशत धुम्रपान नै कारक मानिन्छ । साथै धुम्रपानले मुटुरोग र स्ट्रोक जस्ता स्वास्थ्य अवस्थाहरुको जोखिम बढाउँदै आएको छ ।

जुनसुकै प्रकारको होस् धुम्रपानले मानव शरीरमा दीर्घकालीन असर पार्छ । विभिन्न रिपोर्टले के देखाउँछ भने, धुम्रपानले विर्यको मात्रा घटाउने गर्छ । गर्भवती महिलाहरुको गर्भावस्थामा हानी पु¥याउनुका साथै जन्मने सन्तानहरुमा अपांगता वा असक्षमताको जोखिम बढाउँछ।

यस्तै धुम्रपानले मोतियाविन्दुको जोखिम बढाउँछ । रोग प्रतिरक्षात्मक प्रणालीलाई यसले कमजोर बनाउँछ । यसले फोक्सो, मिर्गौलार पेट लगायतका शरीरका कुनै पनि अंगमा क्यान्सर बनाउन सक्छ । यस्तै यसले दमको समस्या निम्त्याउन सक्छ ।

नसा र धमनीहरुमा रक्तसञ्चार अवरोध गर्नसक्छ । जसले स्ट्रोकको जोखिम बढाउँछ । अनुसन्धानहरुले के देखाउँछन् भने भेपिङले फोक्सो र शरीरका अंगहरुको नियमित प्रक्रियालाई असर पु¥याउँछ ।

तर यसको असर धुम्रपानभन्दा ज्यादै कम हुने विभिन्न रिपोर्टले देखाएका छन् । यद्यपि २०१९ मा भेपको दीर्घकालीन स्वास्थ्य असरहरुबारे गरिएको अनुसन्धानले ई चुरोट प्रयोग गर्ने मानिसहरुमा कहिल्यै धुम्रपान नगर्ने मानिसहरूको तुलनामा श्वासप्रश्वाससम्बन्धी रोगको उच्च जोखिम रहेको पत्ता लगाएको थियो ।

भेपिङले फोक्सोलाई बिगार्नसक्छ । साथै यसले शरीरमा क्यान्सर निम्त्याउनसक्ने कणहरु उत्पादन गर्ने बताइन्छ । साथै भेपले रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँछ । र मस्तिष्कको विकासको गतिमा पनि यसले असर पु¥याउँछ ।

विशेषगरी बालबालिका र टिनएजरहरुमा ।बेलायतमा स्वास्थ्य सेवासँग जोडिएका संस्थाहरु भन्छन्, धुम्रपान छाडेर भेप प्रयोग गर्नुलाई प्रभावकारी र सुरक्षित उपाय मान्ने गरेका छन् । यसवाहेक २०२१ मा बेलायतको खाद्य तथा औषधि विभागले तीनवटा ई सिगरेट निर्माता कम्पनीहरुलाई धुम्रपानबाट छुटकारा दिलाउने उपायको रुपमा मार्केटिङ गर्ने अनुमति दिएका थिए ।

यद्यपि भेपिङले धुम्रपानबाट छुटकारा गराउन सक्छ भनी प्रमाणित कुनै पनि पुष्टि भएको छैन । निकोटिन एउटा लत हो । नेसनल इन्स्टिच्युट अन ड्रग एब्युजका अनुसार हरेक वर्ष धुम्रपान गर्नेहरुमध्ये आधाले छाड्ने प्रयास गर्छन् ।

जवकि ६ प्रतिशत मात्रै यसमा सफल हुन्छन् । २०१९ को अनुसन्धानले सार्वजनिक गरेको रिपोर्ट अनुसार निकोटिनयुक्त ई चुरोटमा युवा र वयस्कहरुको लत चुरोटको तुलनामा झनै धेरै हुने गरेको छ । सामान्यत भेप र धुम्रपान दुवैले मानव शरीरमा पु¥याउने हानी साझा नै हुन्छ।

त्यसको जोखिमको तहमा भने केही फरक देखिने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । चुरोटले दीर्घकालीन असर पु¥याए पनि भेपले भने युवाहरुमा निकवटिनसँगको गहिरो लत बढाउने बताइन्छ ।

साथै भेपले युवाहरुमा निकोटितमाथिको निर्भरता बढाउने विभिन्न रिसर्चले देखाएका छन् । यसबारे तपाइँका टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top