२५ जेठ , एजेन्सी ।
टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलम आयोजक अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा अमेरिकाले विश्व विजेता बनिसकेको पाकिस्तानलाई ५ रनले पराजित भएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन अतिरिक्त रनका रूपमा उपहार दिएका थिए ।
जवाफमा पाकिस्तानले एक विकेट गुमाएर १३ रन मात्र बनाउन सक्यो । जारी विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो । पाकिस्तान टी–२० विश्वकपको पूर्वविजेता पनि हो । पाकिस्तानले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो ।
टी–२० विश्वकपमा अमेरिकाको भने यो पहिलो सहभागिता हो । आयोजक राष्ट्रको हैसियतमा विश्वकपमा टोली सहभागी बनेको हो । प्रतियोगितामा आयोजक अमेरिकाको यो लगातार दोस्रो जित हो । अमेरिकाले यसअघि आफ्नो पहिलो खेलमा क्यानडालाई सात विकेटले पराजित गरेको थियो । दोस्रो जितपछि ४ अंक बटुल्दै टोली समूहको शीर्ष स्थानमा पुगेको छ ।
यो विश्वकपमा सुपर ओभरबाट खेलको निर्णय भएको दोस्रो अवसर हो । यसअघि गत जेठ २१ गते समूह बी अन्तर्गत नामिबिया र ओमानबिचको खेल सुपर ओभरमा पुगेको थियो । उक्त खेलमा नामिबिया विजयी बनेको थियो । पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनायो ।
दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धशतकीय इनिङ्स खेले । ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, एरोन जोन्सले नटआउट रहँदै २६ बलमा ३६ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे । एन्ड्रियस गाउसले २६ बलमा ३५ रनको योगदान दिए । नितिश कुमारले १४ बलमा १४ रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले १–१ विकेट लिए । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४३ बलमा ४४ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए । सदाब खानले २५ बलमा ४० रनको योगदान दिए ।
उनले एक चौका र ३ छकका प्रहार गरे । शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन जोडे । अमेरिकाका लागि नोस्थुस केन्जिंगेले ३ विकेट लिए भने सौरभ नेत्रभाल्करले २ विकेट हात पारे । अली खान र जस्दीप सिंहले १–१ विकेट लिए । यस्तै टी–२० विश्वकप क्रिकेटको अर्काे खेलमा स्कटल्यान्ड विजयी भएको छ । समूह चरणको खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो ।
ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत निकालेको हो । नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । कप्तान जेरार्ड एरास्मसले अर्धशतकीय पारि खेले । उनले ३१ बल खेलेका उनले ५ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए । जेन ग्रिनले २८, निकोलस डाभिनले २०, डेभिड विसेले १४ र जान फ्रेलिन्कले १२ जोडे ।
स्कटल्यान्डका ब्राड ह्विलले ३, ब्रेड करीले २ तथा क्रिस सोल, क्रिस ग्रिभ्स र माइकल लिस्कले एक एक विकेट लिए । जवाफमा स्कटल्याण्डका जर्ज मुन्से ७ रन बनाएर आउट भएका थिए । उनले १५ बल फेस गेका थिए । मिचेल जोन्सले २० बलमा २६ रन बनाएर पभेलियन दोस्रो विकेटको रुपमा फर्किए । ब्रेन्डन म्याकुलम १७ बलमा १९ रन जोडेर आउट हुँदा स्कटल्यान्डले ६७ रनमा तेस्रो विकेट गुमाएको थियो ।
कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौका साथ नटआउट ४७ रन र माइकल लिस्कले १७ बलमा ४ चौकाको मद्दतले ३५ रन बनाएपछि खेल स्कटल्याण्डको पक्षमा गएको थियो । अन्त्यमा क्रिस ग्रेभ्सले ४ रनको नटआउट पारि खेले । नामिबियाका हेरार्ड एरास्मस २, रेविन ट्रम्पलम्यान, टानगेनी लुन्गामेनी र बर्नार्ड स्कोल्जले समान एक एक विकेट लिए ।
जितसँगै स्कटल्यान्ड समूह बीमा शीर्ष स्थानमा रहेको छ । स्कटल्यान्ड र इंग्ल्याण्डबिचको पहिलो खेल वर्षाका कारण रद्द भएकाले दुवै टिमले अंक बाँडेका थिए । यही समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, नामिबया र ओमान छन् ।