पालिका अध्यक्षमा हारेका सतिस मधेसको मुख्यमन्त्री, कुन मन्त्रालय कसलाई ?

२५ जेठ ८१, शुक्रबार
Share this
696shares

२५ जेठ , काठमाण्डौ ।
जनमत पार्टीका नेता सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार बिहान सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री सिंहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

Advertisement

उनलै शपथ ग्रहण समेत लिएका छन् । सिंहले शुक्रबार बिहान ६ दलका ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उनलाई जनमतसँगै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका सांसदले समर्थन गरेका हुन्। ६ दलले मन्त्रालयको पनि भागबन्डा गरेका छन्।

एमालेको भागमा चार मन्त्रालय परेका छन्। भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकूद तथा समाज कल्याण मन्त्रालय एमालेको भागमा परेका हुन्। त्यस्तै, जनमतले मुख्यमन्त्री सहित वन तथा वातावरण मन्त्रालय पाएको छ। जनमतलाई थप एक मन्त्रालय पछि व्यवस्था गर्ने सहमति बनेको छ। माओवादीको भागमा दुई मन्त्रालय परेका छन्।

Advertisement

अर्थ र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय माओवादीले पाउने भएको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)ले भूमि व्यवस्था, कृषि तथा सहकारी र उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय पाउने भएको छ। एक–एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात र नेपाल संघीय समाजवादीले गृह तथा सञ्चार मन्त्रालय पाउने सहमति भएको एक नेताले बताए।

मधेश प्रदेशमा अहिले ११ वटा मन्त्रालय छन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी गाउँका सतिश ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । ५ वर्षपछि भएको चुनावमा भने उनी पराजित भए । स्थानीय तहमा पराजित भएको केही महिनामै भएको प्रदेशसभा चुनावमा भने उनी विजयी भए ।

Advertisement

मुख्यमन्त्री सिंहका बुवा पनि राजनीतिमा रहेका छन् । तर उनीहरुको दल भने अलग अलग रहेको छ। उनका बुवा शेखरकुमार सिंह अहिले राष्ट्रिय सभा सदस्य रहेका छन् । शेखरकुमार ०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा आबद्ध छन् । लोसपा अहिले संघ र प्रदेश दुवैमा प्रतिपक्षमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top