×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

विश्वकपमा आज क्यानडा भर्सेस आयरल्यान्ड

२५ जेष्ठ २०८१

२५ जेठ , एजेन्सी ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार क्यानडाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा राति सवा ८ बजे सुरु हुनेछ । आयरल्यान्ड र क्यानडा प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा अमेरिका, भारत र पाकिस्तान पनि छन् ।

उक्त समूहमा खेल्न लागिएको यो चौथो खेल हो । समूहको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । दुवै देशबीच अहिलेसम्म ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २–२ खेल जितेका छन् ।

Advertisement
Advertisement

तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । दुई खेल खेलेको अमेरिका चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । अन्य चार टोलीले भने एक–एक खेल खेलेका छन् । दुई अङ्कसहित भारत दोस्रो स्थानमा छ । अन्य तीन टोलीले भने खाता खोल्न सकेका छैनन् । टी–२० विश्वकपमा आयरल्यान्डको यो आठौँ सहभागिता हो ।

क्यानडाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । आयरल्यान्डले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि नियमित रूपमा टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । टी–२० विश्वकपको आयरल्यान्डको उत्कृष्ट प्रदर्शन ‘सुपर–८’ चरण हो । सन् २००९ मा आयरल्यान्ड ‘सुपर–८’ चरणसम्म पुगेको थियो । टी–२० विश्वकपमा आयरल्यान्डले हालसम्म २६ खेल खेलेको छ ।

आयरल्यान्डले त्यसमध्ये सात खेलमा जित र १६ खेलमा हारको नतिजा निकालेको छ । आयरल्यान्डको तीन खेल भने अनिर्णीत रूपमा सकिएको छ । क्यानडाले भने टी–२० विश्वकपमा एकमात्र खेल खेलेर हार भोगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा आयरल्यान्ड ११औँ स्थानमा छ ।

क्यानडा भने पछिल्लो आईसीसी वरीयताको २३औँ स्थानमा छ । यस पटक क्यानडा र आयरल्यान्ड दुवै छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । क्यानडाले अमेरिकी क्षेत्रबाट र आयरल्यान्डले युरोपेली क्षेत्रमा छनोट चरण पार गरेका हुन् ।आयरल्यान्ड र क्यानडाबिच शुक्रबार खेल हुँदा न्यु योर्कमा वर्षाको सम्भावना निकै कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार न्यु योर्ककको तापक्रम २५ देखि २७ डिग्री सेल्सियसको बिचमा रहने जनाएको छ । क्यानडाको सम्भावित टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, नवनित धालिवाल, परगत सिंह, निकोलस किर्तन, श्रेयस मोभा (विकेटकिपर), दिलप्रित सिंह, निखिल दत्त, डिल्लन हेलिगर, कलिम साना र जेरेमी गोर्डन रहेका छन् ।

Advertisement

यसैगरी आयरल्यान्डको सम्भावित टोलीमा पल स्टर्लिङ (कप्तान), एन्ड्र्यू बलबिर्नी, लोर्कन टस्कर (विकेटकिपर), ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, गारेथ डेलानी, मार्क एडिर, बेरी म्याककार्थी, जोसुआ लिटल र बेन्जामिन ह्वाइट रहेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्त्वपूर्ण रहेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top