कंगनालाई थप्पड हान्नेलाई खालिस्तानीले १० हजार डलर दिने

२५ जेठ ,एजेन्सी ।

भारतको सर्वाधिक खोजी गरिरहेका खालिस्तानी गुरपतवन्त सिंह पन्नुले हिमाचल प्रदेशको मण्डीबाट नवनिर्वाचित बीजेपी सांसद कंगना रनौतलाई थप्पड हान्ने महिला सुरक्षाकर्मीलाई पुरस्कार दिने घोषणा गरेका छन्। पन्नुले केन्द्रीय औद्योगिक सुरक्षा बलकी महिला कन्स्टेबल कुलविन्दर कौरको प्रशंसा गर्दै एक भिडियो जारी गरेका छन् ।

कुलविन्दरले कंगनालाई थप्पड हानेर सही काम गरेको बताएका छन् । उनी यसबाट खुसी छन् र अभिनेत्री तथा सांसद कंगनालाई थप्पड हान्ने कुलविन्दरलाई १०,००० डलर पुरस्कार दिने घोषणा गरेका छन् । पन्नुले आफ्नो भिडियोमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि फेरि एकपटक नराम्रो भाषा प्रयोग गरेका छन् । गुरपतवन्त सिंह पन्नुको जन्म पञ्जाबमा भएको थियो तर उनी विगत धेरै वर्षदेखि क्यानडा र अमेरिकामा बस्दै आएका छन् ।

Advertisement

भारतले पन्नुलाई आतंकवादी घोषणा गरेको छ । उनको संगठन सिख फर जस्टिस पनि भारतमा प्रतिबन्धित छ। गुरपतवन्त सिंह पन्नुले सामाजिक सञ्जालमा भारतको विरुद्धमा खालिस्तानको स्थापनाको वकालत गर्दै आएका छन् । गत वर्ष अमेरिकाले भारतीय नागरिक निखिल गुप्ताले न्यूयोर्कमा पन्नुको हत्याको षड्यन्त्र रचेको दाबी गरेको थियो । यो विषय निकै चर्चामा रहेको र दुई देशबीच तनावको कारण बनेको थियो ।

चलचित्र अभिनेत्री तथा भाजपा सांसद कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा थप्पड हानिएको छ । कंगना दिल्ली फर्किदै गर्दा केन्द्रीय औद्योगिक सुरक्षा बलकी महिला कन्स्टेबल कुलविन्दर कौरले उनलाई थप्पड हानेकी थिइन् । अभिनयबाट राजनीतिमा आएकी कंगनाले कन्स्टेबल कुलविन्दर चुपचाप पछाडिबाट आएर अनुहारमा हिर्काएको बताएकी छन् । यो घटनापछि कौरलाई निलम्बन गरिएको छ ।

Advertisement

कंगनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जब मैले उसले यस्तो किन गरेको भनेर सोधे, तब उसले टाढा हेर्यो र आफूमा केन्द्रित फोन क्यामेरालाई सम्बोधन गर्न थाल्यो । किसान कानुन खारेज भइसकेका छन् र अब कसैको सरोकार छैन । पञ्जाबमा प्रमुख राजनीतिक सीटहरू जित्ने खालिस्तानमा सामेल हुने उनको यो तरिका हुनसक्छ । कंगना रनौतले यस विषयमा प्रहरीमा उजुरी दिएपछि महिला हवल्दार कुलविन्दर कौरलाई निलम्बन गरिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top