जेलेन्स्कीको साथमा उभिरहने बाइडेनको बाचा

२६ जेठ , एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग फेरि नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति जेलेन्स्कीसँग शनिबार भएको द्विपक्षीय बैठकमा उनले युक्रेनलाई नयाँ सहायता प्याकेजको घोषणा गर्दै त्यसलाई यथाशक्य चाँडो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“हामी हार नमानी उल्लेखनीय रूपमा निरन्तर लडिरहेको युक्रेनको साथमा छौँ,” बाइडेनले युक्रेनी राष्ट्रपतिलाई भने । अमेरिकी राष्ट्रपतिले आफूले पारित गर्नुपर्ने विधेयक प्राप्त गर्नमा समस्या सामना गरिरहेको उल्लेख गरे ।

Advertisement

“सहायताको सन्दर्भमा के पारित हुन गइरहेको छ भन्ने थाहा नदिएकामा म क्षमाप्रार्थी छु । हाम्रा केही रूढीवादी सदस्यबाट पारित गर्नुपर्ने विधेयक प्राप्त गर्न गाह्रो भइरहको थियो,” उनले भने ।

बाइडेनले शुक्रबारको सहायतासम्बन्धी घोषणाका साथ युक्रेनलाई थप सहयोगबारे पनि घोषणा गरेका सीएनएनले जनाएको छ । “अप्रिलमा सम्झौता भएदेखि मैले महत्त्वपूर्ण सहायता कोषका ६ प्याकेज घोषणा गरेको छु ।

Advertisement

आज म विद्युतीय ग्रीडको पुनर्निर्माण गर्न मद्दत गर्न २२ करोड ५० लाख अमेरिकी डलरको अतिरिक्त प्याकेजमा पनि हस्ताक्षर गर्दै छु,” अमेरिकी राष्ट्रपति बाइडेनले भने । नयाँ प्याकेजमा हवाई रक्षा इन्टरसेप्टर, तोपखाना गोलाबारुद र अन्य ‘महत्त्वपूर्ण क्षमताहरू’ समावेश रहेको ह्वाइट हाउसले एक विज्ञप्तिमा बताएको छ ।

‘युक्रेनका लागि अमेरिकी समर्थन अटुट छ भनेर राष्ट्रपतिले जोड दिनुभएको छ’, विज्ञप्तिमा उल्लेख छ । दुवै नेता इटालीमा आगामी जी–७ शिखर सम्मेलनमा पुनः भेट्न सहमत हुनभएको विज्ञप्तिमा जनाइएको छ ।

अर्को भिन्नै विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ ।

यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउण्ड रहेका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले खुला र समावेशी संवादको आवश्यकतामाथि जोड दिए ।

उनले विश्व एकताबद्ध हुन र ‘पूर्ण सद्भाव’मा काम गर्न सक्षम हुनुपर्ने बताए । यस्तै जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि वार्ता गर्ने तयारी गरेका थिए ।

म्याक्रोनले बिहीबार युक्रेनलाई मिराज २००० लडाकू विमानहरू हस्तान्तरण गर्ने र नयाँ सैन्य सहयोगको हिस्सास्वरूप युक्रेनी पाइलटहरूलाई तालिम दिने बताएका थिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top