बालेनले दलको दबाब टेरेनन् , सहकारी ठगलाई निर्मम कारबाही गर्ने

२५ जेठ ८१, शनिबार

२६ जेठ,काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाले २८ सहकारी संस्थाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा ४० वटा संस्थाको अनुगमन गर्ने लक्ष्य राखेको महानगरले अहिलेसम्म २८ सहकारीको अनुगमन गरेको छ । चरम राजनीतिक दबाबका बीच पनि २८ वटा सहकारीको अनुमगन गरेको महानगरका अधिकारीहरु बताउँछन् ।

‘अनुगमनका क्रममा हामीलाई निकै ठूलाठूलो नेताहरुले दबाब दिएका थिए तर मेयरसाब टसमस हुनु भएन,’ महानगरका एक कर्मचारीले भने । महानगरले गरेको अनुसन्धानका क्रममा दुई सहकारीमा कैफियत देखिएपछि महानगरले सुमेरु बचत तथा ऋण सहकारी संस्था र स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको फाइल थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुन्सन्धान ब्युरो (सीआईबी)मा पठाएको छ ।

Advertisement

महानगरका अनुसार महानगरले पर्यटन व्यवसायी विकास बचत तथा ऋण सहकारी, चिमाल बचत तथा ऋण सहकारी संस्था, साई स्वागत बचत तथा ऋण सहकारी, अग्रिम बाँसबारी बचत तथा ऋण सहकारी, आनन्दनगर बचत तथा ऋण सहकारी संस्था, यलुङ बचत तथा ऋण सहकारी संस्था, श्रद्ध बसुरी बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, महिला शक्ति बचत तथा ऋण सहकारी, रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको छ ।

त्यस्तै, महागुथी बहुउद्देश्यीय सहकारी संस्था, स्क्वायर बचत तथा ऋण सहकारी सस्ंथा, श्री महिला तरकारी व्यवसायी बचत तथा ऋण सहकारी, सफारी बचत तथा ऋण सहकारी युथ भिजन बचत तथा ऋण सहकारी, गोफल पलान्चोक भगवती बचत तथा ऋण सहकारी, आधारभूत बचत तथा ऋण सहकारी, इजी वे बचत तथा ऋण सहकारी तेजवान बहुउद्देश्यीय सहकारी, विजय शान्ती बचत तथा ऋण सहकारी, सामुहिक परिवर्तनशील बचत तथा ऋण सहकारी, माता पन्चकुमारी बचत तथा ऋण, न्हु बचत तथा ऋण सहकारी, पशुपति सेवा उपभोक्ता सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी, युथ भिजन बचत तथा ऋण सहकारी, महाबौद्ध बचत तथा ऋण सहकारी कुश्मावती बचत तथा ऋण सहकारी, आधारशिला बचत तथा ऋण सहकारीमा अनुगमन गरेको महानगरले जनाएको छ ।

Advertisement

अनुगमनमा कैफियत देखिएका केही सहकारीलाई स्पष्टीकरण सोधिएको छ भने केहीलाई सामान्य सोधपुछ गरिएको र केही सहकारीका सञ्चालकलाई स्पष्टीकरण सोध्ने तयारी गरेको महानगरपालिका सहकारी विभाग महाशाखा प्रमुख सुशिल सुवेदीले बताएका छन् । उनका अनुसार विभागले अनुगमन बढाएपछि विभाग उजुरी आउनेक्रम केही घटेको बताए ।

विभागले आफ्नो संस्थामा अनुगमन गर्ने भएपछि कतिपय सहकारीले बचतकर्तालाई बचत फिर्ता दिने, बचत फिर्ताको योजना पेश गर्न थालेका छन् । विभागले राम्रोसँग चलेका, समस्यामा रहेका सबैखाले संस्थाको अनुगमन गरेको उनको भनाइ छ । विभागले ८२ वटा सूचक बनाएर अनुगमन गरेको र अनुगमनबाट आएको प्रतिवेदनको सुझाव कार्यान्वयन गर्ने सुवेदीको भनाइ छ ।

महानगरले अनुगमन गरेका र गर्न बाँकी रहेका संस्थाहरु विभिन्न राजनीतिक दलका नेता, नेताका आफन्तका संस्था रहेको भेटिएको छ । उनीहरुको चाहना आफ्ना संस्थाको अनुगमन नहोस, भएको खण्डमा पनि वास्तविक प्रतिवेदन सार्वजनिक नहोस् भन्ने नै रहेको पाइएको छ । तर, महानगर भने अनुगमन गर्दा कुनै संस्थाले गलत गरेको पाइएमा कानूनअनुसार निर्ममरुपमा कारबाही गर्ने तयारीमा जुटेको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) पनि त्यही पक्षमा देखिएका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top