‘एलजी फिल्म अवार्ड’ : नाजिर र नीता उत्कृष्ट, प्रदीप र प्रियंका पपुलर

३१ भदौ ७५, सोमबार

काठमाडौँ,असोज १

‘तेश्रो सिनेमा सर्कल अवार्ड’मा नायक नाजिर हुसेन र नायिका नीता ढुंगाना उत्कृष्ट हुन सफल भएका छन् ।

काठमाण्डौको राष्ट्रिय सभा गृहमा आईतबार आयोजना भएको अवार्ड वितरण कार्यक्रममा नीतालाई चलचित्र ‘पञ्चायत’बाट र नाजिरलाई चलचित्र ‘तिमी सँग’बाट उत्कृष्ट घोषणा गरिएको हो ।

Advertisement

कार्यक्रममा निर्देशक किशोर रानालाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो ।

उप–राष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा बलिउडका चर्चित नायक गोविन्दा विशेष अतिथीको रुपमा उपस्थित थिए ।

Advertisement

अवार्ड समारोहमा नायक पुष्पल खड्कालाई चलचित्र ‘मंगलम’बाट क्रिटिक्स अवार्ड प्रदान गरियो । प्रदिप खड्काले चलचित्र ‘लिलिबिली’बाट ‘पपुलर नायक’को अवार्ड जिते भने प्रियंका कार्कीले चलचित्र ‘छक्का पन्जा २’मा ‘पपुलर नायिका’को अवार्ड प्राप्त गरिन् ।

यस्तै, ‘तिमी सँग’ लाई उत्कृष्ट चलचित्र छानियो भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘भुइँमान्छे’बाट नवराज वुढाथोकीले जिते । उत्कृष्ट छायांकारको अवार्ड ‘भुइँमान्छे’बाट बिदुर पाण्डे, उत्कृष्ट संगीतकारको अवार्ड अर्जुन पोखरेलले चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट जिते ।

चलचित्र ‘२ रुपैयाँ’बाट उत्कृष्ट कोरियोग्राफरको अवार्ड कविराज गहतराजले जित्दा उत्कृष्ट पर्दाको जोडीको अवार्ड ‘ऐश्वर्य’बाट नायक रमेश उप्रेती र नायिका दीपिका प्रसाइले जितेका छन् ।

यसैगरि, उत्कृष्ट द्धन्द्ध निर्देशकमा ‘कृ’बाट चन्द्र पन्त, उत्कष्ट पाश्र्व गायिकामा ‘२ रुपैयाँ’बाट मेलिना राई, उत्कृष्ट पाश्र्व गायकमा ‘म यस्तो गीत गाउँछु’बाट सुगम पोखरेल, उत्कृष्ट पटकथामा ‘तिमीसँग’बाट शिशिर राणा, सुशिल क्षेत्री, सुमन उप्रेती र सागर ओझा, उत्कृष्ट पाश्र्व संगीतमा ‘लिलिबिली’बाट एलिस कार्की, उत्कृष्ट सम्पादनमा ‘शत्रु गते’बाट मित्र डी गुरुङले अवार्ड प्राप्त गरे ।

चलचित्र ‘पञ्चायत’ले कमेन्डेबल मुभीको अवार्ड प्राप्त गर्दा बर्षकै पपुलर गीतको अवार्ड ‘२ रुपैयाँ’बाट ‘कुटुमा कुटु’ले जित्यो । उत्कृष्ट स्टन्ट अफ द इयरको अवार्ड ‘पीजडा ब्याक अगेन’बाट सिम्पसन तामाङ, उत्कृष्ट ट्रेलर ‘कृ’बाट सुरेन्द्र पौडेल र उत्कृष्ट पोष्टरको अवार्ड ‘शत्रु गते’बाट शान थापा र बिजय बस्यालले प्राप्त गरे ।

विजेताको सूची

पोस्टर अफ दि इयर : (शत्रुगते विजय बस्याल)

ट्रेलर अफ दि इयर : सुरेन्द्र पौडेल (कृ)

स्टन्ट अफ दि इयर : पिँजडा ब्याक अगेन (सिम्पसन तामाङ)

पपुलर गीत अफ दि इयर : कुटुमा कुटु, (दुई रुपैयाँ)

भीएफएक्स अफ दि इयर : माओत्सु मुकामी (माई लभ)

कम्मेन्डेवल फिल्म अफ दि : इयर (पञ्चायत)

पपुलर एक्टर अफ दि इयर : प्रदीप खड्का (लिलिबिली)

पपुलर एक्ट्रेस अफ दि इयर : प्रियंका कार्की (छक्का पञ्जा २)

ब्याकग्राउन्ड स्कोर अफ दि इयर : एलिश कार्की

एडिटर अफ दि इयर : मित्र डि गुरुङ, (शत्रुगते)

स्क्रिनप्ले अफ दि इयर : तिमीसँग

सिनेमाटोग्राफर अफ दि इयर : विदुर पाण्डे (भुइँमान्छे)

एक्सन डिरेक्टर अफ दि इयर : चन्द्र पन्त (कृ)

कोरियोग्राफर अफ दि इयर : कविराज गहतराज (कुटुमा कुटु)

प्लेब्याक सिंगर अफ दि इयर : मेल सुगम पोखरेल (भन्छु आज)

प्लेब्याक सिंगर अफ दि इयर : फिमेल मेलिना राई (कुटुमा कुटु)

अन् स्क्रिन कपल अफ दि इयर : रमेश उप्रेती र दीपिका प्रसाईं (ऐश्वर्य)

म्युजिक डिरेक्टर अफ दि इयर : अर्जुन पोखरेल (भन्छु आज)

एक्ट्रेस अफ दि इयर : नीता ढुंगाना (पञ्चायत)

एक्टर अफ दि इयर : नाजिर हुसेन (तिमीसँग)

डिरेक्टर अफ दि इयर : नवराज बुढाथोकी (भुइँमान्छे)

फिल्म अफ दि इयर : तिमीसँग

क्रिटिक्स अवार्ड : पुष्पल खड्का (मंगलम्)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top