×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

कछुवा गतिमा (आईसीपी)को निर्माण, डेढ वर्षमा ५२ प्रतिशत प्रगति

१ आश्विन २०७५

विराटनगर, असोज १
मोरङको बुधनगरमा भारतले निर्माण गरिदिने एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माणको काम सुस्त हुदाँ निर्माण प्रकृया लम्बिने देखिएको छ । भारत तर्फ दुई बर्ष अघि नै आईसिपी निर्माण भई सञ्चालनको अबस्थामा छ । नेपाल तर्फपनि दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि वढाइएको भएपनि डेढ वर्षमा निर्माणको काम ५२ प्रतिशत मात्र पूरा भएको छ ।

आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले बुधनगरमा आइसीपी निर्माणको काम अघि बढाएको थियो । गएको फेब्रुअरी १ देखि आइसीपी निर्माणको काम शुरु भएको थियो ।आइसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले आईसिपीको निर्माणको काम गरिरहेको छ ।

Advertisement
Advertisement

ठेकेदार कम्पनीका सञ्चालक अवधेशकुमार साहले नेपालतर्फको बुधनगरमा आइसीपीको भौतिक निर्माणको काम भई रहेको बताए । उनले आईसीपीका लागि तयार गरिने भवन,घेरावेरा गर्ने लगायतका काम भई रहेको जानकारी दिए । ‘भारत र नेपाल सरकारबीच भएको द्विपक्षीय सहमति अनुसार आइसीपीको काम अघि बढिसकेको छ,’ ठेकेदार साहले भने ‘आइसीपीको निर्माणको काम ५२ प्रतिशत पूरा भएको छ।’

निर्माण कम्पनीलाई आईसीपी निर्माणको जिम्मा दुई वर्षको दिएको थियो ।तर डेढ वर्ष पूरा हुदा अहिलेसम्म ५२ प्रतिशत मात्र निर्माणको काम पूरा भएको अबस्था छ । जसका कारण तोकिएको समयमा आईसीपी निर्माणको काम पूरा नहुने देखिन्छ ।

पहिलो चरणमा आइसीपी जाने लिंकरोड निर्माणको काम र आईसीपी हाता भित्र भौतिक संरचना निर्माणको काम अहिले भई रहेको छ ।संयुक्त रूपमा नेपाल–भारत दुर्वतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको हुनेछ ।

आइसीपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा छुट्याइएको छ । यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको काम शुरु भएको छ ।

लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर–दक्षिणी राजमार्गसँग जोडिनेछ । आइसीपीको निर्माणमा भारतीय ठेकेदार पक्षले प्रयोग गर्न ल्याउने सामाग्री र उपकरण सवै भन्सार महसुल र राजस्व छुटको सुविधा नेपाल सरकारले प्रदान गरेको छ ।

वीरंगज सञ्चालनमा विराटनगर पर्खाइमा

सन् २००५ मा नेपाल र भारत सरकारवीच दुवै देशका सीमानामा पर्ने बिराटनगर, बीरगञ्ज, भैरहवा र नेपालगञ्ज नाकामा आधुनिक एवं सुविधासम्पन्न एकीकृत जाँच चौकी निर्माण गर्ने सहमति भएको थियो ।तर वीरंगजको आईसीपी सञ्चालनमा आएको भएपनि विराटनगर आइसीपी सञ्चालनको पखाईका छ ।

भारतीय पक्षले निर्माण गरिदिने यी एकीकृत चेकपोस्ट विन्दुमा भन्सार, पशु क्वारेन्टाइनलगायत सीमा क्षेत्रमा हुने सरकारी कारोबार एकै थलोबाट सेवा प्रदान गरिने बताइएको छ ।

भारतले निर्माण गरिदिने आईसीपी हाता भित्र पाँचवटा ठूला गोदाम, दुईवटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, आईसीपीमा सवारी साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना रहने छन् ।

रानीमा अहिले रहेको भन्सार कार्यालय बुधनगरमा आईसिपी सञ्चालनपछि स्थानान्तरण हुनेछ । नेपाल सरकारले आईसिपी निर्माणका लागि बुधनगरमा ४१ करोड रुपैयाँमा चार सय घरपरिवारलाई मुआब्जा दिएर १६९ बिघा जमिन अधिग्रहण गरेको थियो ।

जोगवनीको आईसीपीले नेपालीलाई झन्झट
भारततर्फ निर्मित आईसीपी गत कात्तिकबाट सञ्चालनमा ल्याएपछि नेपाली व्यवसायी र क्लियरिङ एजेन्टलाई सुविधा भन्दा पनि झण्झट थपिएको गुनासो नेपाली पक्षले गर्दै आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनास बोहराले बिराटनगर भन्सारबाट आईसीपी भवनसम्म पुग्न टाढा र असुविधा पर्ने बताए ।

बोहराले भने ‘जोगवनीको आइसीपी हामीलाई टाढा भएको छ, जसले गर्दा आयात र निर्यातमा झन्झटका साथै खर्चसमेत थपिदिएको छ ।’

Advertisement

उनले जोगवनीको आइसीपीमा मालसामान राख्दा दैनिक ६ सय शुल्क लाग्ने भएकाले एकै दिनमा सबै काम पूरा गर्न सकिएन भने आयात गर्ने सामाग्रीको व्ययभार थपिने बताए । बुधनगरमा निर्माणधिन आईसिपीको काम चाडै सम्पन्न गरी सञ्चालनमा ल्याउन समेत उनले माग गरे।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top