विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प*क्रा*उ

२ असार ८१, आइतबार
Share this
670shares

२ असार, काठमाडौँ ।

Advertisement

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् ।

अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्‍वरी छन‍्‍।

शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

Advertisement

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top