कोशी प्रदेशको मनसुन पूर्वतयारी योजना पास, ७२ लाख वितरण

६ असार, विराटनगर ।

कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपदका कार्यहरु गर्न सहज हुने छ ।

Advertisement

प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले योजना पास गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरुलाई विपदका बेला सबै मिलेर काम गर्नु पर्ने बताए । उनले प्रदेश सरकारले आपूmले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरुसँग समन्वय गरेर काम गर्ने बताए ।

Advertisement

प्रदेश विपद व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानूनी व्यवस्था छ । बैठकमा विपदका बेला आइपर्ने घटनाहरुलाई मध्यनजर गर्दै गर्नु पर्ने कार्ययोजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले बताए ।

बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशमा विपदमा परेकाहरुलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी दिइएको थियो ।

प्रदेश सरकारले ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ । सबैभन्दा बढि उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुंगामा १ जनालाई ३० हजार वितरण गरेको छ ।

त्यस्तै विपदबाट प्रभावित भएका परिवारका निजी आवास पुनर्निर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको छ । प्रदेश सरकारले जाजरकोटका भुकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको छ ।

त्यस्तै मुख्यमन्त्री अत्यावस्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड खर्च गरिसकेको छ । विपद व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा निकायहरुसँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top