बसाइँसराइले बढ्ने चाप व्यवस्थापन गर्न नीति र संयन्त्र बनाउनुपर्छः बालेन

८ असार ८१, शनिबार

८ असार, काठमाडौँ ।

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ब्राजिलमा भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् ।

बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए ।

Advertisement

स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्ने बताए ।

भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक–फरक ठाउँका सहरको समस्या फरक हुन सक्ने तर केही साझा कार्यक्रमका बारेमा छलफल भएको उनको भनाई छ ।

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै मेयर शाहले ’मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ’मेट्रोपोलिस नीति बहस’ मा भाग लिएका थिए ।

उनले ठूला शहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र शहर जीवनयापनका सुविधा नजिक रहेका शहरमा पु¥याएर, ठूला सहरमा केन्द्रीकृत हुँदै गएको जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्ने बताएका थिए ।

बहसमा ठूला महानगरपालिकाका मेयर सहभागी थिए । मेयर बालेन्द्र शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन् ।

मेट्रोपोलिस विश्वका ठूला एक सय ५० भन्दा धेरै महानगरको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तरर्राष्ट्रिय संस्था हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top