×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

कर्णाली र सुदूरपश्चिममा अझै मनसुनी प्रणाली पुगेन, केही ठाँउमा भारी वर्षा हुनसक्ने

१० असार २०८१

९ असार, काठमाडौँ । नेपालमा मनसुन भित्रिएको १३ दिन भैसक्दा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अझै मनसुनी प्रणाली पुग्न सकेको छ ।

जुन १० तारिख अर्थात् गएको जेठ २८ गते कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिब अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement

कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । मनसुन नपुगे पनि कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी भने पर्दै आएको छ ।

पश्चिमी वायुको प्रभाव कम नभएकोले मनसुन फैलन समय लागेको मौसमविद् अधिकारीले बताए ।

सामान्यतया मनसुन भित्रिएको एक हप्ता आसपासमा देशभर फैलने गरेकोमा यस वर्ष केही ढिला भएको हो । केही दिनमै मनसुन देशभर फैलने महाशाखाले जनाएको छ ।

यसैबीच आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो मौसम देशभर नै आंशिकदेखि साधारणतया बदली रहने छ ।

Advertisement
Advertisement

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top