×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

२ दिनका लागि पोषराजलाई एआईजी पद किन पोसिदैछ ?

११ असार २०८१

१० असार , काठमाण्डौ ।

नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । पोखरेल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् । एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् ।

Advertisement
Advertisement

उनको स्थानमा पोखरेललाई बढुवा सिफारिस गरिएको हो । तर बढुवा सिफारिस भएका पोखरेल २ दिनका लागि मात्रै एआईजीको कुर्सीमा रहनेछन् । किनभने उनी २१ असारबाट अवकाशमा जान लागेका छन् । यही असार १८ गते राति १२ बजेबाट एआईजी उमेशराज जोशी अनिवार्य अवकाशमा जाँदैछन् ।

५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको ठाउँमा बढुवा गर्न पोखरेललाई बढुवा सिफारिस समितिले सोमबार सिफारिस गरेको हो । यद्यपि एआईजीको फुली लगाएको २ दिनमै पोखरेल पनि अनिवार्य अवकाशमा जानेछन् । पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण जोशी अवकाशमा गएको २ दिनपछि असार २० गते राति १२ बजेबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जानेछन् ।

प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार एआईजी र डीआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् । जसकारण पोखरेल एआईजीमा बढुवा नभएको खण्डमा पनि २० असारको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने थिए । तर १० दिन अघि नै बढुवा सिफारिस गर्दै विशिष्ट श्रेणीको एआईजी बनाउन लागिएको हो ।

यसबीच सुशासनको चर्को नारा दिने गृहमन्त्री रवि लामिछानेले २ दिन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बनाउन पोखरेललाई सिफारिस गराएको भन्दै आलोचना भइरहेको छ । खासमा पोखरेल लामिछानेको भान्जा नाता पर्ने हुन् । लामिछानेको स्वार्थमा उनलाई गृहसचिवको नेतृत्वको समितिले सिफारिस गरेको हो ।

बढुवाका लागि एक हप्ताअघि मात्र सिफारिस गर्नुपर्ने भएपनि प्रहरी महानिरिक्षक वसन्तराज कुँवर सोमबार बेलुका अमेरिका जाने भएपछि उनलाई समय अगावै सिफारिस गरिएको हो । यद्यपि यस्तो निर्णय पहिलो पटक मात्रै भएको होइन । यसअघि २०७९ जेठमा पनि वसन्तकुमार लामालाई सरकारले २ दिने एआईजी बनाएको थियो । ७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top