टी– २० विश्वकपः भोलि सेमिफाइनल

१२ असार ८१, बुधबार

१२ असार , एजेन्सी ।

भोली विहीबार जारी टी–२० विश्वकपको सेमिफाइनलका दुवै खेल हुँदैछन् । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् । सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका हुन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।

अब बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६ः१५ बजेदेखि शुरु हुने छ । दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ ।

Advertisement

दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्कोतर्फ अफगानिस्तानले समुह चरणमा न्युजिल्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस आघ सन् २०१४ को विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो ।

त्यसअघि सन् २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रिका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । त्यस्तै अफगानिस्तान भने इतिहास बनाउँदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी –२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।

Advertisement

यसबीच अफगानिस्तानका कप्तान राशिद खानले विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् । मंगलबार बिहान भएको खेलमा बंगलादेशविरुद्ध डकवर्थ लेविस पद्दति (डीएलएस)अनुसार आठ रनको जितसहित सेमिफाइनलमा प्रवेश गरेपछि पत्रकार सम्मेलनमा नेपालको प्रशंसा गरेका हुन् ।“पक्कै पनि विश्वकपमा नेपालको प्रदर्शन हेर्दा आनन्द महसुस हुन्थ्यो । उनीहरूले सबै प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे ।

ट्वान्टी–२० क्रिकेट यस्तै नै हो । सबै टिमलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास हुनुपर्छ । हामी परिस्थितिलाई सामान्य राख्दै सही समयमा सही कार्य गर्ने प्रयास गर्नेछौँ । मलाई लाग्छ उनीहरूले पनि त्यस्तै गरे । उनीहरूले टिमको योजनालाई कार्यान्वयन गर्ने प्रयास गरे,” राशिदले भने । यता उनको कप्तानीमा भएको अफगानिस्तानले सन् २००१ मा मात्र आईसीसीबाट एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । सन् २०१७ मा आईसीसीको पूर्ण सदस्य बनेको थियो ।

त्यसैगरी भोली दोस्रो सेमिफाइनल खेल भारत र इङ्ल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि शुरु हुने छ । भारत यस विश्वकपमा अपराजित हुँदै सेमिफाइनलसम्म पुगेको छ भने इङ्ल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउँदै सेमिफाइनलमा पुगेको छ । इङ्ल्याण्ड समुह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

भारतले २००७ को टी–२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । सन् २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङ्ल्याण्डले भने सन् २०१० र २०२२ को विश्वकप जितेको थियो । भारत र इङ्ल्याण्डबीच अहिलेसम्म २३ टी– २० खेल भएका छन् । जसमा भारतले १२ र इङ्ल्याण्डले ११ खेल जितेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top