×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

निर्मल पुर्जालाई कारबाही गर्न पर्यटन विभागको सिफारिस ,नेपाल प्रवेशमै प्रतिबन्ध लाग्न सक्ने

१३ असार २०८१

१२ असार , एजेन्सी ।

पर्यटन विभागले आरोही निर्मल पुर्जालाई कारबाही गर्न सिफारिस गरेको छ । सगरमाथा आरोहणको क्रममा शेर्पाहरूले डोरी काटेको भ्रमपूर्ण सन्देश प्रवाह गरेको विषयमा विभागले उनीमाथि छानबिन थालेको थियो । जसअनुसार विभागले उनलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको हो ।

Advertisement
Advertisement

विभागले पुर्जालाई दोषी ठहर गर्दै कारबाही गर्न मन्त्रालयमा सिफारिस गरेसँगै यो विषय अब मन्त्रिपरिषदमा पुग्ने भएको छ । मन्त्रिपरिषदले पुर्जालाई कारबाही गर्ने÷नगर्ने विषयमा निर्णय लिनेछ । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले भने यस विषयमा बताउन चाहेनन् । त्यसोत पुर्जालाई कारबाहीबाट बचाउन राजनीतिक नेतृत्व नै लागेको थियो ।

त्यसका साथै मन्त्रालयकै सचिव पनि पुर्जाको पक्षमा लगेका थिए । यद्यपि, विभागले भने उनलाई कारबाही सिफारिस गरेको हो ।विभाग स्रोतका अनुसार उनलाई पर्यटन ऐन ३०३५ को दफा ३८(१) अनुसार कारबाही सिफारिस गरिएको छ । उक्त दफाअनुसार कारबाही भए पुर्जालाई पाँच वर्षसम्म नेपाल प्रवेश तथा १० वर्षसम्म नेपालमा पर्वतारोहण गर्न नपाउने गरी सरकारले प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ ।

अनुमति नलिइ हिमालचुली आरोहण गरे वा गर्ने प्रयास गरे, पर्वतारोहणका लागि खुला नगररिएको हिमाल आरोरण गरे वा गर्ने प्रयास गरे, पर्वतारोहणको अवधिमा कुनै प्रकारको अनैतिक आचरण वा व्यवहार गरे यो दफाअनुसार कारबाही गर्न सकिने व्यवस्था ऐनले गरेको छ ।

त्यस्तै, पर्वतारोहणपछि नेपाल सरकारलाई बुझानुपर्ने कुराहरू तोकिएको अवधिमा नबुझाए, वातावरण दूषित हुन नदिन तोकिएको सर्त पालना नगरे, ऐन र ऐनअन्तर्गत बनेको नियम वा पर्वतारोहणको अनुमतिमा तोकिएको कुरा उल्लंघन गरेमा यो दफाअनुसार कारबाही गर्न सकिने व्यवस्था छ ।

पुर्जाले १३ जेठ ०८१ मा सगरमाथा आरोहणका क्रममा आरोहणका लागि टाँगिएका डोरी काटिएको भन्दै सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गरेका थिए । बाल्कोनी र साउथ कोलबीचको भागको डोरी काटिएको पुर्जाको दाबी थियो । पुर्जाले पिक प्रमोशन प्रालिका बाबु शेर्पासँग रेडियो सेटमा कुराकानी गर्दै उक्त सन्देश बताएका थिए ।

शेर्पाले डोरी नदेखिएको सेटमा भनेका थिए ।तर, त्यसलाई डोरी काटिएको भन्दै पुर्जाले गलत प्रचार गरेको आरोप लागेको थियो । पुर्जाले १३ जेठमा उक्त सन्देश विश्वभर फैलाएलगत्तै पर्यटन विभाग र पर्वतारोहण सञ्चालक संघले छुट्टाछुट्टै अध्ययन गरेको थियो । विभाग र संघले डोरी काटिएको नपाइएको भन्दै १४ जेठमा विज्ञप्ति निकालेर पुर्जाको गतिविधिको आलोचना गरेका थिए ।

Advertisement
Advertisement

संघले पर्यटन ऐनअनुसार पुर्जामाथि कारबाही गर्न माग पनि गरेको थियो । विभागले यो प्रकणमा यसअघि पुर्जासँग दुईपटक बयान लिएको छ । एकपटक लिखित बयान नै लिएको पनि विभाग स्रोतको भनाइ छ । स्रोतका अनुसार उक्त घटनामा जोडिएका बाबु शेर्पासँग पनि बयान लिएको छ । विभागले शेर्पासँग भने ५ असारमा बयान लिएको थियो । बयानमा शेर्पाले डोरी काटिएको भनेर आफूले नभनेको उल्लेख गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top