युक्रेन युद्धका बीच मोदी किन जाँदैछन् रुस ?

१२ असार , एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछिको पहिलो भ्रमणका रुपमा आउँदो जुलाईमा रुसको भ्रमणमा जाने भएका छन् । सो मामिला जानकार अधिकारीहरूका अनुसार जुलाईको पहिलो हप्ता मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ । रुसको सरकारी न्युज एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उशाकोवले मोदीको भ्रमणको तयारी भइरहेको पत्रकारलाई बताएका छन् ।

उनका अनुसार प्रधानमन्त्री मोदीको स्वागतको तयारी भइरहेको छ । भ्रमणको मिति दुवै पक्षले घोषणा गर्ने भएकोले आफूले नगर्ने उनले बताएका छन् । यद्यपि यो भ्रमण हुने पक्का भएको उनले जनाएका छन् । मोदी सन् २०१९ पछि पहिलो पटक रूस भ्रमणमा जाने तयारीमा छन् । युक्रेनमा रुसले गरेको आक्रमणपछि मोदीले पहिलो पटक रुसी भूमिमा पाइला राख्न लागेका हुन् ।

साथै, यो प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालमा पहिलो द्विपक्षीय भ्रमण हुनेछ । पुटिन भने यसअघि सन् २०२१ मा भारत र रुसबीचको शिखर सम्मेलनमा सहभागी हुन भारत आएका थिए । यस्तै दुवैबीच सेप्टेम्बर २०२२ मा पनि उज्वेकिस्तानमा भएको संघाई कोअपरेसन अर्गनाइजेसनको बैठकका क्रममा भेट भएको थियो ।

Advertisement

यहाँ प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेन विवादमा वार्ता र कूटनीतिक बाटो अपनाउन आग्रह गरेका थिए । अमेरिका र अन्य प्रमुख पश्चिमी देशहरुसंग बढिरहेको रणनीतिक र सुरक्षा सम्बन्धका बावजूद भारतले यूक्रेनमा रूसी आक्रमणको सार्वजनिक रूपमा आलोचना गरेको छैन । भारतले अमेरिकाको शुरुआती दबावका बावजूद रूसी कच्चा तेल खरिद बढाएको छ ।

यसका साथै भारतले भनेको थियो कि घरेलू उर्जा आवस्यकताहरुलाई पूरा गर्नका लागि यस्ता खालका कदम उठाउनु आवस्यक छ । यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा अन्य युक्रेनी अधिकारीले पनि नरेन्द्र मोदीलाई पटक पटक युद्ध अन्त्यका लागि पहल गर्न आग्रहसमेत गरेका छन् । तर युद्ध अन्त्यमा भारतले मध्यस्थकर्ताको भूमिका निभाएको छैन् ।

Advertisement

यसैका लागि युक्रेनले पटक पटक भारतप्रतिअसन्तुष्टि जनाउँदै आएको छ । पछिल्लो समय उत्तर कोरियाको भ्रमण गरी एक आपसमा सैन्य सहयोगको सम्झौता गरेर फर्किएका पुटिनसँग मोदीको हुने भनिएको भेटको खबरले भने विश्वकै भूराजनीति गर्माउनु विश्लेषण गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top