मदिराले लठ्ठिएपछि गायक राजेशपायललाई एयरलाइन्सले फर्कायो

१३ असार ८१, बिहीबार

१३ असार, काठमाण्डौ।

मदिराले मातेपछि गायक रोजशपाल राई दुबई जानबाट रोकिएका छन् । दुबईमा एक सांगीतिक कार्यक्रमका लागि आज जान लागेका राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ ।

फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी,कार्यालयलाई जिम्मा लगाइदिएको थियो ।

Advertisement

उनलाई सम्झाईबुझाई गरेर ट्याक्सीमा घर फर्काइएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले बताएका छन् । राईको आज बिहान १० बजे फ्लाइट थियो ।

‘अन्य केही कारण होइन, अत्यधिक मदिरा सेवन गरेको पाइएपछि एयरलाइन्सले हामीसँग समन्वय गरेको थियो,’ उनले भने, ‘हामीले सम्झाइबुझाई गरेर घर फर्काएका छौँ।’

Advertisement

राईले मदिराको सुरमा एयरलाइन्सका कर्मचारीसँग झगडा पनि गरेका थिए । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि उनी मध्यरातमा काठमाडौंबाट पक्राउ परेका थिए ।

चैत्र २१ गते राती राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि राईलाई आफन्तको जिम्मा लगाइएको थियो । गायक राई यसअघि पनि विभिन्न विवादमा पर्दै आएका छन् ।

दुई वर्ष पहिले राई माथि अमेरिकामा स्टेजमै दुर्व्यवहार भएको थियो । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top