×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गौतमबुद्ध रंगशालाको ठेकेदार छनोट,६८ करोड लागतमा २६ महिनामा तयार हुने

१५ असार २०८१

१४ असार , काठमाडौं ।

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अबको २६ महिनाभित्र तयार हुने भएको छ । यसको निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ ।

Advertisement
Advertisement

सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।

तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बताएका छन् । मेयर रेणु दाहालले समेत सयौं व्यवधानहरुलाई पार गर्दै फेरि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको चरणमा प्रवेश गरेको भन्दै हामी सबै नेपाली क्रिकेट प्रेमीहरुको सपना अव छिट्टै पुरा हुने बताएकी छिन् ।

उनले लेखेकी छन् , हामी सबैको गौरव भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यको लागि प्रतिस्पर्धाबाट निर्माण व्यवसायी हिमालयन–कालिञ्चोक–बीबीआर जेभी छनोट भएको छ ।अवको एक हप्ता भित्रमा उक्त कम्पनी सगं महानगरले निर्माण सम्झौता गर्नेछ र सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य महानगरको रहेको छ। गएको माघमा रंगशाला निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गरिएको थियो ।

रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारको बैठकले बजेट सुनिश्चित गरेको हो । रंगशाला निर्माणको प्रथम चरणका लागी रु ७५ करोड बराबर लागत अनुमानको ७० % प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको थियो । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा ०७५ माघमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको थियो ।

फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रुपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको शुभारम्भ गरेका थिए । २० बिगाहा ८ कट्ठामा जग्गामा निर्माण सुरु गरिएको सो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको थियो । त्यसका लागि फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो ।

तर बीचमै बजेटको व्यवस्थापन गर्न नसकेर उल्टै ऋणमा डुबेपछि फाउन्डेशनले निर्माणबाट हात झिक्दै महानगरलाई सो रंगशाला हस्तान्तरण गरेको थियो ।रंगशालाको ३० प्रतिशत भन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ ।

Advertisement

रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३÷३ तलाको टावर बनाइने छ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top