कोपा अमेरिकामा उरुग्वे नकआउट चरणमा

१४ असार ८१, शुक्रबार

१४ असार , एजेन्सी ।

Advertisement

उरुग्वे कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ। मेटलाइफ स्टेडियम, न्यू जर्सीमा शुक्रबार बिहान सम्पन्न खेलमा बोलिभियालाई ५–० ले पराजित गर्दै उरुग्वे नकआउट चरणमा स्थान बनाएको हो। उरुग्वेले दुई खेलबाट ६ अंक जोड्यो। पहिलो खेलमा उरुग्वेले पनामालाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।

समूह सी मा अमेरिका र पनामाको समान तीन अंक रहेको छ। उरुग्वेले समूह चरणको अन्तिम खेल अमेरिकासँग खेल्ने छ। पहिलो हाफमा फाकुन्डो पेलिस्ट्री र डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा म्याक्सिमिलियानो अराउजो, फेडेरिको भल्भर्डे, रोड्रिगो बेन्तानकुरले गोल गर्दै उरुग्वेलाई ५–० को सानदार जित दिलाए।

Advertisement

दुवै टोली १०÷१० खेलाडीमा समेटिएको कोपा अमेरिकाअन्तर्गत समूह सी को खेलमा पनामा विजयी भएको छ। यस्तै मर्सिडीज बेन्ज स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा पनामाले अमेरिकालाई २–१ गोलअन्तरले पराजित गरेको हो।योसँगै पहिलो खेलमा उरुग्वेसँग ३–१ गोलअन्तरले पराजित भएको पनामाले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ।

Advertisement

पनामा दुई खेलमा तीन अंक रहेको छ। पराजित अमेरिकाको पनि समान अंक रहेको छ। अमेरिकाले पहिलो खेलमा बोलिभायालाई २–० गोलअन्तरल पराजित गरेको थियो। खेलको पाँचौ मिनेटमै वेस्टन म्याकेनी रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। १८औं मिनेटमा तिमोथी वेहको गोलले मान्यता नपाउँदा अमेरिकाले सुरुआती अग्रता लिने मौका गुमायो।

तर, त्यसकव चार मिनेटपछि नै एन्टोनी रोबिन्सको पासमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए। २६औं मिनेटमा सेजर ब्ल्याकम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए। ८३औं मिनेटमा अब्दिएल आयरजाको पासमा जोसे फजार्डोले गोल गर्दै पनामालाई २–१ को अग्रता दिलाएका थिए।

तर, त्यसको पाँच मिनेटपछि नै अडाल्बर्टो कैरासक्विलाले रातो कार्ड पाउँदा पनामा पनि १० खेलाडीमा सीमित भएको थियो। यद्यपि, खेलमा पनामा विजयी भयो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top