मुसलधारे वर्षाले दिल्लीमा विमानस्थलको छत नै खस्यो

१४ असार, एजेन्सी ।

एकाविहानैको मुसलधारे वर्षाका बीचमा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छत खसेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाईते भएका छन् ।

छत सवारीसाधन र ट्याक्सीमाथि खस्दा मानिस तल दबिएका थिए । घटनाबारे दिल्ली फायर डिपार्टमेन्टलाई जानकारी दिइएको थियो । फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए ।

Advertisement

छतको सिटबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् । दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले बिहानैदेखि परेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विंगको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको बताएका छन् ।

यस घटनापछि टर्मिनल १ बाट सबै उडानहरू अस्थायी रूपमा रोकिएको र सुरक्षाका कारण चेक इन काउन्टरहरू बन्द गरिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

यता दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको दुर्घटनामा मृतक र घाइतेलाई क्षतिपूर्ति दिइने घोषणा गरिएको छ । स्थिति बुझ्न घटनास्थलमा केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु पनि पुगेका थिए । भत्किएको संरचना सन् २००९ मा बनेको बताइएको छ।

यस मामिलामा छानबिन गर्न दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडलाई भनिएको र मन्त्रालयको तर्फबाट डीजीसीए सो जाँचको हिस्सा हुने बताइएको छ ।

यो घटनालाई गम्भीरतापूर्वक लिइने भन्दै मन्त्री नायडुले देशभरका यस्ता संरचना भएका सबै विमानस्थलको जाँच गरिने बताएका छन् । दुर्घटनामा मृत्यु र घाइते भएकाहरूका लागि उनले क्षतिपूर्तिको घोषणा गरेका थिए ।

मृतकको परिवारलाई २० लाख भारु र घाइतेलाई ३ लाख भारु दिने घोषणा गरिएको छ । यस दुर्घटनामा एक जना क्याब ड्राइभरको मृत्यु भएको थियो । मृतक ४४ वर्षका मुन्ना यादव भएको बताइएको छ ।

करिब १० ओटा कार र गाडीमाथि छत खस्दा त्यसमा सवारहरू घाइते भएका छन् । दिल्लीमा भारी वर्षापछि दिल्ली–एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसम विभागले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

सम्बन्धित समाचार

Scroll to Top