×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

नेपालसँग हारेर जितेको दक्षिण अफ्रिका इतिहास कोर्ने दाउमा

१५ असार २०८१

१४ असार, विराटनगर ।
वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा एक पटकको विश्वविजेता भारत र पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको थियो भने बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले फाइनलमा तेस्रो पटक स्थान बनाएको छ ।

Advertisement
Advertisement

भारत सन् २००७को च्याम्पिपयन र २०१४ को उपविजेता टोली हो । अर्काे रोचक पक्ष के छ भने २००७ मा भारतले विश्वकप जित्दै गर्दा त्यो विश्वकपको आयोजक भने दक्षिण अफ्रिका रहेको थियो ।

१२ टिम सहभागि सो विश्वकपमा भारत च्याम्पियन बन्दा दक्षिण अफ्रिका सुपर ८ सम्म पुगेको थियो । जहाँ भारतले दक्षिण अफ्रिकालाई ३७ रनले पराजित गरेको थियो ।

अब दक्षिण अफ्रिकालाई त्यो बदला लिँदै विश्वकप क्रिकेट इतिहासमा पहिलो पटक च्याम्पियन बन्ने अवसर टी २० विश्वकप २०२४ ले दिएको छ । दक्षिण अफ्रिका विश्वकै बलियो टोलीमा पर्छ । यसपछि पनि एकदिवसीय र टी–२० उपाधि एकपटक पनि जित्न सकेको छैन ।

सँगै भारतलाई एक पटक फेरि १७ वर्षपछि टी २० विश्वकपको च्याम्पियन बन्ने अवसर जुराएको छ । जसको छिनोफानो भने शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुने फाइनल खेलले गर्नेछ ।

जारी विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो ।

क्यानडासँग वर्षाको कारण अंक बाँड्न पुगेको थियो । सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो । उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रनले जित हासिल गरेको थियो ।

नेपाललाई पराजित गर्न दक्षिण अफ्रिकाले धेरै संघर्ष गर्नुपरेको थियो । यस्तै बंगलादेशलाई ४ रनले हराउँदै समूह विजेता बनेको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो । भारत र दक्षिण अफ्रिका दुबैलाई फाइनलमा पुर्याउन बलरको योगदान महत्वपूर्ण छ ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्किया र मार्को यानसनले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्दै आएका छन्। स्पिनरमा केशव महाराज र तबरेज शाम्सी छन् । यता भारतमा जस्प्रित बुमराह र अर्शदीप सिंहले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्लेका छन् ।

स्पिनर कुलदीप यादव, अक्षर पटेल र रविन्द्र जडेजाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । दक्षिण अफ्रिकामा क्विन्टन डि कक, एडेनमाक्रम, हेनरिक क्लासेन, डेविड मिलर र ट्रिस्टन स्टब्स जस्ता टी–२० विशेष ब्याटर छन् । उता भारतमा रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या र ऋषभ पन्त जस्ता म्याच विनर ब्याटर छन् ।

विश्वकपमा दुई टिमबीचको कुरा गर्दा भारतले टी २० विश्वकपमा अहिलेसम्म कुल ५१ खेल खेल्दा ३४ मा जित , १५ मा हार र एक खेल बराबरी भएको छ भने एक खेल रद्द भएको छ । उता दक्षिण अफ्रिकालृ अहिलेसम्म ४८ खेल खेलेकामा ३२मा जित र १५ मा हार व्यहोरेको छ ।

एक खेल भने रद्द भएको छ। यस्तै भारत र दक्षिण अफ्रिका २००७ देखि नै विश्वकप खेलिरहेका छन् । टी–२० प्रतियोगितामा भारत र दक्षिण अफ्रिका २६ खेलमा आमनेसामने भएका छन् । यी २६ खेलमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ ।

१ खेल भने नतिजाविहीन टुंगिएको छ । भारतीय टोली नकआउटमा हारेर विगत १० वर्षदेखि लगातार आईसीसी प्रतियोगिताबाट बाहिरिँदै आएको छ । २०२१ को टी २० विश्वकप बाहेक, भारतले हरेक प्रतियोगितामा सेमिफाइनल वा फाइनल खेलेको छ।

यसपछि पनि भारतले जित हासिल गर्न सकेको छैन ।२०१४ को टी–२० विश्वकपको फाइनल होस् वा २०२३ को विश्वकपको फाइनल। २०२१ र २०२३ को टेस्ट च्याम्पियनसिपको फाइनल होस् वा २०१७ च्याम्पियनसिप ट्रफीको फाइनल होस्।

यी सबै खेलका अम्पायरहरूमा रिचर्ड केटलबरोको नाम समावेश थियो। उनी सन् २०१९ र २०१५ को विश्वकपको सेमिफाइनलमा पनि अम्पायर भएका थिए । भारत र दक्षिण अफ्रिकाबीच हुने टी–२० विश्वकप २०२४ को म्याच अफिसियल घोषणा गरिएको छ ।

जसमा इंग्ल्याण्डका अम्पायर रिचर्ड केटलबरोको नाम पनि समावेश छ । ब्रिजटाउनमा हुने खेलमा उनले तेस्रो अम्पायरको भूमिका निर्वाह गर्नेछन् । उनी अहिले सबैभन्दा अनुभवी अम्पायर हुन् ।

केटलबरोले हालसम्म ११५ टेस्ट, १६४ ओडीआई र ५८ टी–२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गरिसकेका छन्। न्युजिल्यान्डका क्रिस ग्याफनी र इङ्ल्यान्डका रिचर्ड इलिङ्वर्थले टी–२० विश्वकपको फाइनलमा मैदानमा अम्पायरको रुपमा काम गर्नेछन् ।

अष्ट्रेलियाका रड टकर चौथो अम्पायर हुनेछन् । भारत र इंग्ल्याण्डबीचको सेमिफाइनलमा पनि क्रिस ग्याफनी मैदानमा अम्पायर थिए । ग्याफ्रेले अहिलेसम्म १८९ अन्तर्राष्ट्रिय खेलमा मैदानमा अम्पायर गरिसकेका छन् । ६० वर्षीय इलिंगवर्थसँग ३०० भन्दा बढी खेल खेल्ने अनुभव छ ।

केन्सिङ्टन ओभल मैदानले दुई अपराजित टोलीहरू बीचको भिडन्त देख्नेछ । तर यो महान् खेल अघि धेरै प्रश्नहरू अझै अनुत्तरित छन् । उदाहरणका लागि, पिच कस्तो हुनेछ, दुवै टोलीको प्लेइङ इलेभेन कस्तो हुनेछ र सबैभन्दा ठूलो प्रश्न मौसमको प्रकृति कस्तो हुनेछ ?

जुन २७ मा भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनलमा वर्षासँग निकै लुकाएर खेल्नु परेको थियो । एक समय खराब मौसम र भिजेको आउटफिल्डका कारण खेल रद्द हुन सक्छ भन्ने लाग्थ्यो, तर भाग्यवस फ्यानहरूले पूरै २०–२० ओभरको खेल हेर्न पाए।

अबको केही दिन देशभर पानी पर्ने सम्भावना छ । शनिबार, जुन २९ फाइनल र आइतवारका लागि तय गरिएको रिजर्भ डेको लागि ब्रिजटाउन, बार्बाडोसको लागि मौसम पूर्वानुमानले वर्षा र मेघगर्जनको अनुमान गरेको छ ।

दिनभर आकाशमा बादल लाग्ने अनुमान गरिएको छ । शनिबार पानी पर्ने सम्भावना ७८ प्रतिशत छ । दोस्रो सेमिफाइनलमा रिजर्भ डे नभए पनि आईसीसीले फाइनलका लागि त्यस्तो गल्ती गरेको छैन । उपाधि खेलका लागि रिजर्भ डे घोषणा गरिएको छ ।

वर्षा, खराब मौसम, आउटफिल्ड भिज्ने वा अन्य कुनै कारणले शनिबार (जुन २९) मा खेल सम्पन्न हुन सकेन भने भोलिपल्ट अर्थात् जुन ३० गते सम्पन्न हुनेछ । रिजर्भ डेमा पनि पानी परे वा नतिजा घोषणा नभए दुवै टोली संयुक्त विजेता घोषित हुनेछन् ।

Advertisement

टी २० विश्वकपमा इतिहास राख्ने र दोहोर्याउनले दाउमा उपाधिको एक कदम टाढा रहेका भारत र दक्षिण अफ्रिका रहेका छन् । पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका कि भारत ? कसको सपना वेस्टइन्डिजमा पूरा होला ? तपाइका अनुमान ब्यक्त गर्न सक्नुहुन्छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top