मुकुल ढकालसँग रास्वपाले सोध्यो स्पष्टीकरण

१५ असार ८१, शनिबार

१५ असार, काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधिएको छ । पार्टीको समीक्षा प्रतिवेदन अनुमति नलिई संचारमाध्यममा सार्वजनिक गरेको भन्दै शुक्रबार रास्वपाको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । बुधबारमात्र ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए ।

प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गनुपर्ने निष्कर्ष निकालेका थिए । तर पार्टीको अनुशासन उल्लंघन गरेको, प्रतिवेदन सञ्चारमाध्यममा सार्वजनिक गरेको र सत्ता गठबन्धनलगायत विषयमा बोलेपछि स्पष्टीकरण सोधिएको रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिका एक सदस्यले बताएका छन् । महामन्त्री ढकालले भने स्पष्टीकरण पत्र सहयोगीमार्फत प्राप्त भएको बताए ।

उनले भने, ‘दर्ता भएको छ भनेर स्टाफले भनेका छन । आइतबार हेर्छु । मलाई सभापतिबाहेकले स्पष्टीकरण सोध्न मिल्दैन । उहाँले त्यस्तो केही भन्नुभएको छैन ।’ इलाम–२ को उपनिर्वाचनमा पार्टीले निराशाजनक नतिजा बेहोरेपछि रास्वपा सचिवालयले नै महामन्त्री ढकाललाई देशभरबाट समीक्षात्मक प्रतिवेदन ल्याउन खटाएको थियो । त्यसैअनुसार ढकालले एक महिना लगाएर ३८ जिल्लाका करिब ३ हजार मतदाता, शुभेच्छुकसँग अन्तरक्रिया गरी प्रतिवेदन तयार गरेका हुन ।

Advertisement

जुन प्रतिवेदन सभापति लामिछानेलाई बुझाइएको छ भने असार १९ मा उक्त प्रतिवेदनमाथि रास्वपाको केन्द्रीय समितिको बैठकमा छलफल हुँदै छ । ढकाल पार्टीले नै आफूलाई प्रतिवेदन तयार गर्न लगाएको बताउँछन । ‘पार्टीले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार पारेको हुँ । प्रतिवेदन समीक्षा गरेर त्यसबाट निकालिएको प्रस्ताव सार्वजनिक होस् भन्ने चाहना हो,’ उनले थपे, ‘प्रतिवेदनमा प्रस्ताव गरिएको छैन ।

त्यसमा यस्तो हुनुपर्छ भनेर समीक्षा गरिएको छ । त्यसको आधारमा पार्टीलाई अगाडि बढाइयोस् भन्ने हो ।’ यता रास्वपाका मुख्य सचेतक सन्तोष परियारले महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न बाँकी रहेको बताएका छन् । समीक्षा प्रतिवेदन सभापतिलाई हस्तान्तरण गरेपछि ढकालले जारी गरेको विज्ञप्तिमा पार्टीभित्र आफ्नाविरुद्ध अराजनीतिक क्रियाकलाप भएको आरोप लगाएका छन ।

Advertisement

उनले आफूले गर्दै नगरेका कामको दोष लगाइएको विज्ञप्तिमा उल्लेख गरेका छन । उनले प्रतिवेदन बुझाउनुअगाडि नै सत्य कुरा बताएवापत् महामन्त्रीबाट हटाइन सकिनेसमेत बताएका थिए । यता रास्वपाभित्रका अधिकांश नेता पनि ढकाललाई महामन्त्रीबाट हटाउनुपर्ने भन्दै अभियानमा जुटेका छन् । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले महामन्त्री ढकालले आन्तरिक समीक्षा गर्नुअघि सञ्चारमाध्यममा बयानबाजी गर्दै हिँडेको भन्दै आलोचना गरेका छन्।

उनले भनेका छन्, ‘सरकारका विषयमा उहा“ले समीक्षा गरेर आन्तरिक भन्नुपथ्र्यो । ओली–दाहाललाई मिडिया मार्फत चिढ्याउनु पर्दैनथ्यो। चिढ्याएर फाइदा छैन भन्ने कुरा सबैलाई थाहा छ।’ यता रास्वपा कोसी प्रदेशका पूर्वमहामन्त्री लालविक्रम थापाले ‘सभापति लामिछानेलाई होचो देखाउन षड्यन्त्रमूलक ढंगले महामन्त्रीको अभिव्यक्ति आएको’ भन्दै आपत्ति नै जनाएका छन्।

फेसबुकमा लामो स्टाटस लेख्दै थापाले महामन्त्री ढकालको प्रतिवेदनलाई सर्वोच्च अदालतमा चलिरहेको मुद्दासँग पनि जोडेर षड्यन्त्र भएको भन्न खोजेका छन् । सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयको पत्रविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको छ। जसको ‘असार १६ गते फैसला सुनाउने सम्भावना रहेको फैसलालाई राजनीतिक चुनौती छैन’ भन्ने सन्देश दिन खोजेको आरोप लगाएका छन् । थापाले आफूलाई कोसी प्रदेशको महामन्त्री पदबाट हटाएको विषयमा पनि महामन्त्री ढकालमाथि दोष थोपरेका छन् ।

त्यहीँ निर्णयले इलाम २ मा उपनिर्वाचन हारेको भन्दै उनले लेखेका छन् । ढकालको प्रतिवेदन सभापति रवि लामिछानेलाई नै चित्त नबुझेको उनी निकटले बताएका छन् । यही कारण नै उनलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको बुझिन्छ । रास्वपाले महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल गर्न १९ गते बैठक बोलाएको छ । त्यही बैठकबाट उनको पदको भविष्य निर्धारण हुने नेताहरू बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top