Nepal Times
Nepal Times
3
Shares

कोलम्बिया क्वाटरफाइनलमा, ब्राजिलको सम्भावना कायमै

कोलम्बिया क्वाटरफाइनलमा, ब्राजिलको सम्भावना कायमै

१५ असार,  एजेन्सी ।

कोपा अमेरिका फुटबलमा कोस्टारिकालाई हराउँदै कोलम्बिया क्वाटरफाइनलमा पुगेको छ । आज बिहान एरिजोनामा भएको खेलमा कोलम्बियाले कोस्टारिकालाई तीन गोलले हराउँदै एक खेल अगाडि नै अन्तिम–८ मा पुगेको हो । समूह ’डी’मा कोलम्बिया दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

कोलम्बियाले खेलको ३१ औं, ५९ औं र ६२ औं मिनेटमा गोल गर्यो । यही समूहको आज भएको अर्को खेलमा ब्राजिलले पाराग्वेलाई ४–१ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गर्यो । पाराग्वे खेलको ८१ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै ब्राजिल दुई खेलमा चार अङ्कका साथ समूहको दोस्रो स्थानमा छ । एक अङ्क रहेको कोस्टारिका तेस्रो र अङ्कविहिन पाराग्वे पुछारमा छ । समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे खेल्नेछन्। यसअघि साविक विजेता अर्जेन्टिना, भेनेजुएला र उरुग्वे एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् । यसबीच अर्जेन्टिनी स्टार लियोनल मेस्सीले समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा समूह चरणको अन्तिम खेलमा आइतबार बिहान पेरुसँग खेल्ने तालिका छ ।

तर अघिल्लो खेलमा चोट बोकेका मेस्सीले पेरुविरुद्धको खेल गुमाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत २५ जुनमा मेटलाइफ स्टेडियममा चिलीविरुद्धको खेलमा मेस्सीले चोट बेहोरेका थिए । उनको चोट धेरै संवेदनशील नभए पनि उनलाई आराम दिन लागिएको हो ।

सो खेलमा मेस्सीले पूरै ९० मिनेट मैदानमा बिताएका थिए । पेरुमाथिको जितसँगै अर्जेन्टिना यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । ३७ वर्षीय मेस्सीले पछिल्लो केही वर्षदेखि मांसपेशीमा समस्या भोगिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.