मलेसियामा नेपाली श्रमिकमाथि शोषण बढ्यो

१७ असार,एजेन्सी ।

Advertisement

मलेसियाको जेलमा रहेका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेवर एण्ड मोबिलिटी (सेस्लाम)ले मलेसियाको ’डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका सात सय ५८ जना नेपाली श्रमिकको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा जेल र डिपोर्टटेसन सेन्टरमा रहेका नेपालीले समयमा कानुनी प्रतिरक्षासमेत नपाएको उल्लेख छ । अध्ययन प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अधिकारीसँग समन्वय बढाउन मलेसियामा रहेको नेपाली दूतावासलाई सुझाव दिएको छ ।

Advertisement

प्रतिवेदनले कूटनीतिक नियोगका लागि श्रम स्वीकृतिको अवधि समाप्ति भएका अलेखबद्ध श्रमिकको लागि पनि कानुनी सहायता उपलब्ध गराउन आवश्यक परेको भन्दै नेपाली श्रमिकको कानुनी प्रतिरक्षाका लागि निर्देशिका लागू गर्न सुझाव दिएको छ । मलेसियामा जेल पर्नेमध्ये सबैभन्दा बढी ६१ प्रतिशत कम्पनी छाडेका रहेका छन् ।

मलेसियाको कानुनअनुसार भिसामा उल्लेख भएकै रोजगारदाता कम्पनीमा काम गर्नुुपर्ने हुन्छ । तर धेरैले राम्रो सेवा सुविधा खोज्दै कम्पनी परिवर्तन गर्ने गर्छन् । कम्पनी छाडेर भाग्दा पासपोर्ट रोजगारदाता वा कम्पनीमै छोडेपछि उनीहरु कागजविहीन हुन्छन् र कानुनी झमेलमा फस्ने गरेका छन् ।

Advertisement

रोजगारदातासँगको झगडा, विवाद र अन्यत्र बढी कमाइ हुने अपेक्षाले पनि श्रमिकले कम्पनी छाड्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top