पोर्चुगल भर्सेस स्लोभेनिया, रोनाल्डोको जादु चल्ला ?

१७ असार ८१, सोमबार

१७ असार,एजेन्सी ।

युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे हेभि वेट फ्रान्स र बेल्जियमबीच खेल हुँदेछ । यस्तै राति पौने १ बजे पोर्चुगल र स्लोभेनियाबीच खेल हुनेछ । फ्रान्स र बेल्जियम नजिकका छिमेकी पनि हुन् ।

युरोपमै मात्र होइन्, विश्व फुटबलकै बलिया टोली हुन् । दुबै उपाधि दाबेदार पनि हुन् । फिफा वरीयतामा फ्रान्स नम्बर २ हो भने बेल्जियम नम्बर ३ मा छ । त्यसैले यो यस युरोकै ब्लकबस्टर खेल मानिएको छ । यसअघि सन् २०१८ को विश्वकप र सन् २०२१ को नेसन्स लिगको सेमिफाइनलमा फ्रान्स र बेल्जिम भिडेका थिए । दुवैमा फ्रान्स विजयी रहेको थियो ।

Advertisement

युरो खेलिरहँदा फ्रान्सेली कप्तान केयलिन एमबापेले नाकमा चोट बोकेका छन् । उनी प्रोटेक्टिभ मास्कका साथ मैदानमा उत्रिनेछन् । यसपल्टको युरोमा उनले एकै गोल मात्र गरेका छन्, त्यो पनि पोल्यान्डविरुद्ध पेनाल्टीमा । यस प्रतियोगितामा फ्रान्स र बेल्जियम दुवैको प्रदर्शन अपेक्षा अनुसार राम्रो हुन सकेको छैन् ।

दुवै टिमका समर्थकले आफ्नो टिमको प्रदर्शनको खुलेर आलोचना गरिरहेका छन् । कतार सम्पन्न विश्वकपमा आठ गोलसहित गोल्डेन बुट जित्ने एम्बापे युरो लयमा देखिएका छैनन् । यस प्रतियोगितामा फ्रान्सको अग्रपङ्क्तिमा खेल्ने शैलीलाई लिएर पनि आलोचना भइरहेको छ । बेल्जियम समूह चरणको अन्तिम खेलमा युक्रेनसँग गोलरहित बराबरीमा रोकिएर अगाडि बढेको हो ।

Advertisement

सो खेलमा युक्रेन धेरै पटक जितको नजिक पुगेको थियो तर बेल्जियम भाग्यशाली साबित भयो । पछिल्ला दुई युरोमा दाबेदारका रूपमा पुगे पनि बेल्जियम क्वाटरफाइनलबाटै बिदा भएको थियो । बेल्जियम पछिल्ला दुई युरोमा क्वाटरफाइनलबाट बाहिरिएको छ । युरो २०२० मा टाइब्रेकरमा स्विट्जरल्यान्डविरुद्ध पराजित भएर फ्रान्स अन्तिम १६ बाटै बाहिरिएको थियो ।

आजै राति क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले क्वाटरफाइनलमा स्थान बनाउन स्लोभेनियासँग खेल्ने छ । पोर्चुगलले सुरुका दुई खेलमा चेक गणतन्त्र र टर्कीलाई हराएर यस प्रतियोगितामा राम्रो सुरुआत गरेको थियो । तर, तेस्रो खेलमा पोर्चुगलले पहिलो रोजाइका केही खेलाडीलाई विश्राम दियो । त्यसको फाइदा उठाउँदै नवप्रवेशी जर्जियाले पोर्चुगललाई २–० ले स्तब्ध पारेको थियो ।

त्यसैले स्लोभेनियाविरुद्ध खेल्दा पोर्चुगललाईसो हारको दबाब हुने छ । स्लोभेनिया स्वतन्त्र भएपछि ३२ वर्षमा पहिलो पटक प्रमुख प्रतियोगिताको नकआउट चरण खेल्दै छ । युरो २०००, विश्वकप २००२ र २०१० मा स्लोभेनिया समूह चरणबाटै बाहिरिएको थियो। स्लोभेनियाले यस पटक तीन बराबरीमा खेलेर उत्कृष्ट तेस्रो टिमका रूपमा नकआउट चरणमा पुगेर इतिहास बनाएको हो ।

स्लोभेनियाविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डो नजरमा हुनेछन् । यसपाली रोनाल्डो अहिलेसम्म गोलविहीन छन् । फिफा विश्व वरियतामा पोर्चुगल छैटौँ र स्लोभेनिया ५७ औँ स्थानमा छ । यद्यपि स्लोभेनियाले पोर्चुगललाई हराइसकेको छ । गत मार्चमा भएको मैत्री खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० ले हराएको थियो। पछिल्लो एक वर्षमा स्लोभेनियाले १५ खेल खेल्दा मात्र एक खेल हारेको छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top