बहसमा बाइडेनको कमजोर प्रस्तुतीबारे के भन्छन् अमेरिकी अर्बपतिहरु ?

१७ असार,एजेन्सी ।

अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनका लागि उमेद्वारीको तयारी गरेका वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच गत बिहीबार भएको बहसले अझै राजनीतिक बजार तताइरहेको छ ।

खासगरी बाइडेनको प्रस्तुतीले उनका समर्थक, शुभचिन्तक तथा सहयोगी चन्दादाताहरुलाई निराश बनाएको विभिन्न रिपोर्ट सार्वजनिक हुन थालेका छन् । तीमध्ये केही अर्बपतिहरु पनि रहेको बताइन्छ ।

फोर्ब्सको सूचीमा समेत परेका अर्बपति लगानीकर्ता मार्क कुबनले बाइडेनको सट्टामा अरु कोही नेतालाई अगाडि सार्न सकिन्छ कि भनेर आन्तरिक रुपमा चुनाव गराउनुपर्ने धारणा राखेका छन् ।

कुबन यस्ता व्यवसायी हुन् जसले गत मार्चमा बाइडेनका लागि फन्ड रेजिङ अभियनको नेतृत्व गरेका थिए । तर गत बिहीबार बाइडेनको प्रस्तुतीबाट निराश भएर अर्को सम्भावित उम्मेदवार खडा गर्नुपर्ने संकेत गरेका हुन् ।

ट्रम्प कतिपय मुद्दामा कमजोर हुँदाहुँदै पनि र थुप्रै झुटो तथ्यांकका बावजुद बाइडेनले आफ्नो तर्क बलियो रुपमा प्रस्तुत गर्न नसकेको उनका समर्थकहरुको गुनासो छ ।

यस्तै अर्का व्यवसायी निक्की हेलीले बाइडेनलाई तत्कालै अगाडि बढाउने वा उनलाई उम्मेदवारको रुपमा परिवर्तन गर्ने विषयमा बिचार गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै कुबनले बाइडेनको प्रस्तुती कमजोर र भयंकर भएको भन्दै गुनासो गरेका थिए । ट्रम्पले कतिपय प्रश्नको जवाफ दिन नसक्दा र झुटो तथ्यांक दिँदा पनि बाइडेन हाबी हुन नसकेको उनको गुनासो छ ।

यस्तै अर्का अर्बपति रेड हफम्यान । जो बाइडेनको सबैभन्दा ठूलो चन्दादाता र समर्थकमध्ये एक हुन् । उनले भने बाइडेनलाई उम्मेदवारको रुपमा फिर्ता गर्नुपर्ने बिचार घातक हुने प्रतिक्रिया दिएका छन् ।

बाइडेनको बिहीबारको प्रस्तुतीपछि उनलाई फिर्ता बोलाउँदा त्यसले बाइडेनप्रति आशंका गर्नेहरुलाई नै फाइदा हुने तर्क गरेका छन् । साथै यसले आफूहरुलाई नै असर पार्ने बताएका छन् ।

र बाइडेनले आफ्नो कार्यकालमा देखाएको आर्थिक विकासका कारण अहिले पनि जित्ने हफम्यानको तर्क छ । हफम्यान त्यस्ता उद्यमी हुन् जसले बाइडेनको समर्थन गर्दै १७.७ मिलियन डलर चन्दा दिइसकेका छन् ।

यसैबीच एनएफएलको ट्याम्पाका हिस्सेदार मालिक तथा अर्बपति अरबाम ग्राजरले बाइडेनको लागि प्रचार अभियानमा चन्दा दिनबाट पछि हटेका छैनन् ।

यस्तै सिलिकन भ्याली समूहका एक हिस्सेदर रहेका अर्बपति लरेन्स पवेल जब्सले भने बाइडेनको बहस प्रदर्शनको विषयमा चिन्ता व्यक्त गरेका छन् । यद्यपि उनले बाइडेनलाई फिर्ता बोलाउने वा अगाडि बढाउने भन्ने विषयमा सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छैनन्।

अर्बपति बिल एकम्यानले पनि बाइडेनको बहस प्रदर्शनको आलवचना गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत् उनले बाइडेनको अस्थिर प्रदर्शनको सन्दर्भमा त्यसले डेमोक्रेटिक पार्टीका सदस्य र देशलाई गुमराहमा पारेको आरोप लगाए ।

साथै उनले प्रेसिडेन्सियल डिबेटको क्रममा महत्त्वपूर्ण मुद्दामा ट्रम्प सशक्त र सही सावित भएको तर्क गरेका छन् । ‘ट्रम्पलाई थाहा छ कि उनी जित्नेवाला छन् । र सबैलाई यस्तै भान भइरहेको छ,’ एकम्यानले टिप्पणी गरेका छन् ।

यस्तै टेस्लाका मालिक अर्बपति एलन मस्कले शुक्रबार बाइडेनप्रति व्यंग्य गर्दै एक्समा एक महिना पुरानो भिडियो सार्वजनिक गरेका छन् । जहाँ बाइडेनलाई सक्षमताभन्दा धेरै पर रहेको भन्दै टिप्पणी गरिएको छ ।

बाइडेनको कमजोर बहसले उनको चुनावी अभियानको कोष संकलनमा असर पर्ने समेत टिप्पणी हुन थालेको छ । कतिपय डेमोक्रेट समर्थक उद्यमीहरुले बाइडेनले उम्मेदवारी छोड्नुपर्ने समेत तर्क गरेका छन् । बाइडेनबाट आशा गर्न नसकिने उनीहरुको चिन्ता छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top