×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

के प्रचण्डविरुद्ध ओलीले षडयन्त्र गरेका हुन् ? माओवादीसंगै रास्वपा, अरु साना दल के गर्छन ?

१९ असार २०८१

१८ असार, विराटनगर।

अनेक जोडबलका बावजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार बचाउँन सकेनन् । उनलाई बोकेको एमालेले आफ्नो काँध टक्टक्याउँदा अब उनको जादुयी नम्बरले पनि काम दिने भएन ।

Advertisement
Advertisement

यद्यपी अझै तीस दिनसम्म उनी प्रधानमन्त्री रहन्छन्, किनभने उनले तत्कालै राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने माओवादी केन्द्रले निर्णय गरेका छ ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानकि व्यवस्था छ । सोही कारण पनि प्रचण्ड अब तीस दिन प्रधानमन्त्री बनिरहन्छन् ।

आज विहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकबाट विश्वासको मत लिने निर्णय गरिएको हो । “प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ,” माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने ।

उनी भन्छन्, संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो’ । यस्तै उनले अहिले पनि कांग्रेस वा एमालेको सरकार बन्ने अझै ‘क्लियर’ नभएको पनि जनाएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके कुन धारामा जाने भन्ने निर्णय राष्ट्रपतिबाट हुने उनले उल्लेख गरे । “बहुमतको सरकार बन्ला । राष्ट्रिय सहमतिको सरकार बन्दैन,” उनी भन्छन् ।

माओवादीले संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेको छ । ’ के आवश्यकता प¥यो संविधान संशोधन गर्ने ? कतै ०४७ को संविधान ब्युँत्याउनेतर्फ त गइएको होइन’ बैठकमा उठेको कुराबारे जानकारी दिँदै पौडेलले भने ।

उनले कांग्रेस एमालेसँग पनि थप कुराकानी गर्ने जानकारी दिए । ’धेरै परसम्म मिलेर जाने हो भनिरहेको अवस्थामामा एकातिर एक थोक भन्ने, तुरुप एउटा फाल्ने काम अर्को गर्ने कुराको हामी प्रतिवाद गर्छौं ।’

यस्तै अग्नी सापकोटाले पनि मिलेर सरकार बनाउने भन्ने एमाले र कांग्रेसको सहमति स्वाभाविक र प्राकृतिक नलागेको बताए । उनले यो सहमति मुलुकलाई पश्चगमनतर्फ लैजाने खालका भएको बताए ।

समानुपातिक प्रतिनिधित्वलगायतका विषयमा संविधान संशोधन गर्नेसम्मका कुरा अग्रगमनभन्दा पश्चगमनतर्फ लागिरहेको हो कि भन्ने आशंका उब्जिएको पनि उपाध्यक्ष सापकोटाले बताए ।

सत्ता समीकरणमा रहेका अन्य दलहरूसँगको छलफलपछि मात्र थप कदम चालिनेसमेत उनले बताए । भ्रष्टाचारविरुद्ध अगाडि बढाइएका कारबाहीहरू केहीलाई मन नपरेको र त्योसमेत सरकार ढाल्ने कारण बनेको उपाध्यक्ष सापकोटाको भनाइ छ ।

सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पनि तत्कालै सरकारबाट नबाहिरिएपनि नयाँ सरकार प्रक्रिया सुरु भएपछि आफै बर्हिगमित हुने निर्णय गरेको छ ।

प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने बताएका छन् ।यस्तै रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भनेका छन्, संवैधानिक रूपमा नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढेपछि हामी सरकारबाट बाहिरिन्छौँ ।’

नयाँ गठबन्धनमा रास्वपा सहभागी हुन्छ भन्ने प्रश्नमा बुर्लाकोटीले भने, ’एमाले–कांग्रेस सरकारमा सहभागी हुँदैनौँ ।’ दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछानेसहित ४ जना मन्त्री छन् ।

नयाँ समीकरणप्रति रविले पनि असन्तुष्टि जनाएका छन् ।भ्रष्टाचारको फाइल खुलेपछि संविधान संशोधनको बहानामा रातारात समीकरण फेरिएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले कांग्रेस र एमालेबीच भएको सत्ता समीकरणको समझदारीलाई लोकतन्त्रका निम्ति पनि खतरा भएको टिप्पणी गरेको छ । यस्तै एकीकृत समाजवादीले पनि नयाँ गठबन्धनको विरोध गरेको छ ।

उसले सत्ताको सम्झौतामा संविधान संशोधनको कुरा गरिएकोमा विरोध जनाएको छ ।दशौं महाधिवेशनमा व्यस्त एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिए ।

‘संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूूहमा फसाउने काम हो,’ खतिवडाले भने ।

नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो भएको बताउँदै उनले भने, ‘यो लोकतन्त्रका निम्ति पनि खतरा हो ।’ सत्ता सम्झौतालाई लिएर संविधान संशोधनको कुरा एकीकृत समाजवादीलाई मान्य नहुने उनले बताएका छन् ।

यता एमाले–कांग्रेसले भने राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाइने दाबी गरेका छन् । यसका लागि अन्य साना दलहरुलाई पनि मिलाएर लैजाने बताएका छन् ।

आज विहान भएको भेटमा ओलीले प्रचण्डलाई पनि आफू दुई तिहाईको प्रधानमन्त्री बन्न लागेको र राष्ट्रिय सहमतिको सरकार बनाउँन लागेकाले माओवादी केन्द्रलाई पनि सरकारमा आउँन आग्रह गर्दै मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

प्रचण्डले भने पार्टीको निर्णयअनुसार चल्ने जवाफ सो बेला फर्काएका थिए । पछि माओवादीले राजीनामा नदिने बरु संसद फेस गर्ने निर्णय गर्यो ।यता नेपाली कांगेसले पनि एमालेसंगको समझदारी पछि राष्ट्रिय सहमतिको सरकार बनाउँने भन्दै निर्णय नै गरेको छ ।

यसका लागि सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलसंग छलफल पनि जारी राखेका छन् । यसअघि सहकारी छानबिन समितिको मागको क्रममा विपक्षी दलहरूको बैठक बसेको थियो।

यसबीच जसपा नेपालले भने अब नयाँ गठबन्धनलाई साथ दिने भएको छ । मनिष सुमनले आफ्नो पार्टीले एमाले–कांग्रेससहितको सरकारलाई समर्थन गर्ने बताएका छन् । उनले कांग्रेस–एमाले गठबन्धनको सरकारमा जाने नजाने भने पार्टीको बैठकबाट टुंगो लाग्ने बताए ।

यता एमालेसँग सरकार गठनका लागि नेपाली कांग्रेसले सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज विहान फोन सम्पर्क गरेको खुलेको छ ।

प्रचण्डले देउवालाई फोन गर्दै माओवादी, रास्वपा र कांग्रेसको गठबन्धन गर्न आग्रह गरेको बताइएको छ । ‘रास्वपासहितको गठबन्धन बनाऊँ’ भन्दै सभापति देउवालाई प्रधानमन्त्रीले फोन गर्नु भएको थियो,’ ‘तर, देउवाले अब त्यो च्याप्टर क्लोज भइसक्यो भन्नु भयो’, कांग्रेसका एक पदाधिकारीले भने ।

कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल अघि बढेपछि यसअघि पनि माओवादीले कांग्रेसलाई यस्तो प्रस्ताव गरेको थियो । तर कांग्रेसले यसअघि पनि माओवादी अध्यक्ष प्रचण्डबाट धोका पाइसकेको भन्दै एमालेसँगको सहकार्य अघि बढाउने गरि छलफल गरेको थियो।

यता एमालेका महासचिव शंकर पोखरेलले पनि ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने बताएका छन् । उनले फेसबुकमार्फत भनेका छन्,‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको हो ।

यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिनेछ।’ २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ । दुई तिहाई बहुमत पु¥याउन साना दललाई सहभागी गराउनुपर्नेछ ।

सोही कारण दुवै दलले अन्य दलहरुलाई पनि संगै लैजान प्रयास थालेका हुन् । कांग्रेस र एमालेबीच सत्ता गठबन्धनको प्रयास लामै समयदेखि भइरहेको थियो । एमाले महासचिव शंकर पोखरेलले पहल गर्दै आएका थिए ।

साना दलले कांग्रेस र एमालेलाई उपयोग गरेर सत्ताको सधैं बार्गेनिङ गरिरहेको हुँदा ठूला दुई शक्ति मिलेर जानुपर्ने प्रयास गरिएका थिए । तर पोखरेलको कांग्रेससँग मिल्नुपर्छ भन्ने पहलमा कांग्रेसको नेतृत्व सहमत हुन नसकेपछि यसअघि माओवादीसँग गठबन्धन गरिएको थियो।

अहिले पनि देउवा र ओलीकै पहलमा नयाँ गठबन्धन बन्न लागेको हो । यसका लागि काँग्रेसका शेखर कोइराला, देउवा खेमाका केही नेताहरु पनि लागि परेका थिए ।

अब संविधान संसोधनसहित राजनीतिक स्थायित्व र निकास दिने भन्दै संसदका पहिलो र दोस्रो दल मिलेर नयाँ सरकार बनाउन लागेका छन् ।

यसलाई माओवादीसहित एकथरीले लोकतन्त्रको उपहास भनेका छन् भने अर्काथरीले ढिलै भएपनि कांग्रेस एमालेको उचित बोल्ड निर्णय भनेका छन् ।

तपाइँलाई चाहीँ यो सहमति कस्तो लाग्यो ? के यो समीकरणले संविधान संशोधनसहित राजनीतिक स्थायित्व दिन्छ ?आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।

Advertisement
Advertisement

तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top