×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

अब साउदीमा पनि ट्रम्प टावर

१९ असार २०८१

१८ असार, एजन्सी ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको व्यवसाय रहेको ट्रम्प टावर अब साउदी अरेबियामा पनि विस्तार हुने भएको छ । ट्रम्प अर्गनाइजेसनले साउदी अरेबियामा लग्जरी ट्रम्प टावर विकास गर्ने योजना सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement

नयाँ टावर साउदी अरेबियाको जेद्दाहमा स्थापित हुने बताइएको छ । साउदी मेगा डेभलपर दार अल अकरानको अन्तर्राष्ट्रिय शाखा र दार ग्लोबलसँग मिलेर टावर निर्माण गरिने बताइएको छ ।

उक्त टावर निर्माणको काम सम्पन्न भएपछि जेद्दाह टावर साउदी अरेबियामा ट्रम्प अर्गनाइजेसनको पहिलो प्रमुख प्रोजेक्टको रुपमा स्थापित हुनेछ ।

ट्रम्प अर्गनाइजेसनका कार्यकारी उपाध्यक्ष तथा डोनल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले भनेका छन्, “मध्यपूर्वमा आफ्नो पदचिह्नको विस्तार गर्ने र डार ग्लोबलको साथ आफ्नो दीर्घकालीन सम्बन्धको माध्यमबाट यस क्षेत्रमा विलासिताको ट्रम्प मानकका लागि हामी उत्साही छौं ।”

डार ग्लोबलले भने आफूहरुको नयाँ प्रोजेक्ट लग्जरी साउदी अरेबियन मार्केट र अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा लक्षित हुने प्रतिक्रिया दिएको छ ।

ट्रम्प अर्गनाइजेसन र डार ग्लोबलले ५० करोड अमेरिकी डलर लगानीमा ओमानमा नयाँ अन्तर्राष्ट्रिय होटल अनावरण गरेको केही दिनपछि नै साउदी अरेबियामा ट्रम्प टावरको नयाँ प्रोजेक्ट घोषणा गरिएको हो ।

उक्त पाँचतारे होटल कम्प्लेक्स २०२८ को डिसेम्बरदेखि खुला हुने बताइएको छ । जसमा नाइटक्लब र गल्फ कोर्स लगायतका सुविधा रहने छन् । यस्तै डार अल अरकान उक्त होटलको लाइसेन्स अन्तर्गत ट्रम्पको नाम र लोगो उपयोग गर्न सहमत भएको हो ।

जसको स्वामित्व ट्रम्प अर्गनाइजेसनको साथमा रहनेछ । २०२३ मा भएको विश्लेषण अनुसार ट्रम्पले आफ्नो राष्ट्रपति पदको दौरान मध्यपूर्वका देशहरुबाट कम्तीमा ९.६ मिलियन अमेरिकी डलर आम्दानी गरेका थिए ।

Advertisement

गत वर्ष एक दशक लामो कर छली योजनाका लागि न्युयोर्कस्थित एक अदालतले ट्रम्प अर्गनाइजेसनमाथि १.६ मिलियन डलरको जरिवाना लगाएको थियो । ट्रम्पका दुई संस्थाहरुलाई करछली र व्यावसायिक रेकर्डमा हेराफेरीसहित १७ वटा मुद्दामा दोषी ठहर गरिएको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top