रविलाई मुकुल ढकालको झापड ! रास्वपामा भुईंचालो

१९ असार, विराटनगर ।

प्रमुख सत्तारुढ दल नेकपा एमालेले प्रतिपक्ष नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि ७ बुँदे सहमति गरेपछि नेपालको राजनीतिक तरंगित बनिरहेका बेला सरकारमा रहेको अर्काे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको आन्तरिक किचलोले धेरैको ध्यान खिचेको छ ।

देशब्यापी रुपमा भ्रमण गरेर महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनको छलफल गर्न बसेको जारी केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेले अस्वीकार गरेपछि महामन्त्रीले पार्टीमा मौन विद्रोह गरेका छन् ।

Advertisement

यद्यपि बैठक लाइभ नगर्ने निर्णय भने रवि एक्लैको निर्णय थिएन । रास्वपा नेताका अनुशार रविले सुरुमा बैठकमा सो प्रस्ताव राखेपनि बहुमतले अस्वीकृत हुँदा समेत मुकुल नमानेपछि हरेकलाई हात उठाउन लगाएर रविले लाइभ नगर्ने निर्णय गरेका थिए ।

त्यसलगत्तै वाक स्वतन्त्रता हनन भएको भन्दै मुकुलले मुखमा कालोटेप टाँसेका थिए ।सभापतिकै आसन छेउमा मुखमा मास्कसहित कालो टेप टाँसेर उनी बसेका थिए ।

Advertisement

महामन्त्रीको यो मौन विरोधले भने समग्र रास्वपा र सभापति लामिछानेले भन्ने गरेको आन्तरिक लोकतन्त्रप्रति प्रश्न उठाएको छ ।

पार्टीको महामन्त्री नै यस्तो अवस्थामा उत्रिएपछि समग्र रास्वपा प्रश्नको घेरामा परेको छ । जसरी मुकुलले तयार पारेको प्रतिवेदन बुझ्दै गर्दा उनले यसलाई आफूले सहज रुपमा लिएको र पार्टीमा बृहत छलफल हुने बताएका थिए । तर पार्टी बैठकमा मुकुल नै मुखमा टेप टाँसेर उपस्थित भएपछि पार्टी भित्रको फरक मत र रास्वपाका कार्यकर्ताको सुझावको अवमूल्यन हुने हो कि भन्ने शंका बढेको छ ।

लामिछानेसहितको रास्वपा मुकुलको प्रतिवेदन र उनको कार्यशैलीप्रति रुष्ट देखिन्छ । लामिछानेले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदन पनि पेस गर्न रोक्न लगाएका छन् ।

बैठकमा महामन्त्री ढकालले लिखित प्रस्ताव पेस गर्न खोजेका थिए । ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन,’ महामन्त्री ढकालले भनेका छन् ।

उनका अनुसार प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।

सबैभन्दा बढी यही अवस्थामा रहिरहने हो भने रास्वपा समेत नरहनेसम्मका अभिब्यक्ति सार्वजनिक रुपमा संचारमाध्यामबाट सार्वजनिक गरेपछि उनीमाथि रास्वपाको पूरा टिम नै असन्तुष्ट रहेको छ ।

बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेका महामन्त्री ढकालको प्रश्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि बिरोध जनाएका छन् । उनले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रशारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आएपनि बैठकले उनको प्रश्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने कुरालाई उठाइएको छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ ।

रास्वपा प्रमुख दलका शक्तिशाली नेताहरूलाई पाखा लगाउँदै गत आमनिर्वाचनबाट एकाएक राष्ट्रिय राजनीतिमा उदाएको दल हो।

पुराना दल र नेताहरूसँग आजित भएका मतदाताले विकल्पका रूपमा उसलाई चुन्नु र ठूलै अपेक्षा राख्नु पनि स्वभाविक थियो तर १९ महिनाको अवधिमा दोस्रोपटक सत्तामा आसीन रास्वपा भित्रै भाँडभैलो भईसकेको छ ।

महामन्त्रीले पार्टीमा ल्याएको भुईचालो अब रविले कसरी मथ्थर पार्छन् । त्यसको प्रतिक्षा रास्वपाका समर्थकलाई मात्रै होइन अन्य राजनीति दल र आम नागरिकलाई समेत रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top