×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

अब हुन् सक्छ मुकुलको चरित्र हत्या! रविले लेख्नेछन् स्टाटस ?

२१ असार २०८१

२० असार,काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई कारबाही गरिएको भन्दै गुनासो गरेका छन् । पार्टीले महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लामो प्रतिक्रिया लेख्दै उनले जनताको आवाज बोल्दा आफूलाई कारबाही गरिएको जिकिर गरेका हुन् ।

Advertisement
Advertisement

रास्वपाले पार्टी अनुशासनविपरीत व्यवहार गरेको आरोपमा डा. ढकाललाई महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ । पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।

महामन्त्रीको पदबाट एक हप्ताका लागि ढकाललाई निलम्बन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । निलम्बनपछि मुकुलले भनेका छन्, ‘बालहठजस्तो होस्, अस्वाभाविक लागोस् वा अव्यावहारिक– जनताले जसरी बताए, त्यसरी नै बताइदिएँ,’ ’जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ ।

बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।’ उनले सभापति रवि लामिछानेले देश बनाउँछ भनेर साथ दिए पनि सरकारमा गएपछि शंका लागेको बताएका छन् । ’प्रचण्डसँग सहमति गरेर आइसकेपछि मलाई सरकारमा जाने भन्नुभयो । मैले उहाँको आदेशअनुसार प्रस्तुति दिएँ, मैले सोचें, मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनुपर्छ ।

तर, सरकारमा पुगेपछिका कुराहरूका कारण मलाई शङ्का लाग्यो– यो मान्छेले देश बनाउँछ वा बनाउँदैन ? जनताले जे भने, त्यही बोलिदिएँ,’ उनले लेखेका छन् । उनले अब आफूविरुद्ध मिडियामा प्रमाणसहित भनेर चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयाससमेत हुनसक्ने बताएका छन् । निलम्बन पछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, दुई वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ ।

मलाई लाग्यो उहाँले देश बनाउनुहुन्छ, उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ । पेल्ने मान्छे म थिएँ वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोहि थियो ? त्यो आजको बैठकले छर्लङ्ग भएको छ ।

प्रचण्डसँग सहमति गरेर आइसकेपछि मलाई सरकारमा जाने भन्नुभयो । मैले उहाँको आदेशअनुसार प्रस्तुति दिएँ, मैले सोचें, मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनुपर्छ । तर, सरकारमा पुगेपछिका कुराहरूका कारण मलाई शङ्का लाग्यो– यो मान्छेले देश बनाउँछ वा बनाउँदैन ? जनताले जे भने, त्यही बोलिदिएँ । सोचें, कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनुपर्छ ।

मैले सोचें, नेता होइन, राजनेता बनाउनुपर्छ, नेता मात्र त चङ्गुलमा फँसे । विगत लामो समयदेखि परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो । पद गौण हो, जनताका कुरा बोलिदिँदा कारवाही भए पनि बोल्नपर्छ लाग्यो र बोलें । सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भएँ । मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन् ।

जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाही भएको छ । बालहठ जस्तो होस्, अस्वाभाविक लागोस्, वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ । प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेविरूद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर, बोलिदिएँ ।

जनताको पक्षमा बोल्नुपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ । अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब ? अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ । केही परिचालित व्यक्तिहरू छन् , पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ ।

एक स्टेपअघि बढेर मिडियामा “प्रमाण सहित“ यो, त्यो भनेर मेरो चरित्र हत्या हुने गरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ । आज बैठकमै भनिसक्नुभयो, मिडिया क्षेत्रको हेडमास्टर हो म । सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु । पर्यो भने “लाइ डिटेक्सन टेस्ट“ दिन पनि तयार छु ।

पदीय मर्यादामा रहँदा केही राजनीतिक व्यक्तिको नाताले गरेको छु , त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागि म तयार छु । त्यसपछि, पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कारवाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारवाही गरेको । मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्धति मान्न पर्छ । फेरि विधान उहाँ महामन्त्री आफैँले लेखेको ।“

Advertisement

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top