×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टको प्रवेश परीक्षामै विद्यार्थीको लर्को

२३ असार २०८१

२२ असार, विराटनगर ।
कोशी प्रदेशको राजधानी विराटनगरको तीनपैनीस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले कक्षा ११ मा नयाँ भर्नाकालागि प्रवेश परीक्षा लिएको छ । आज लिइएको प्रवेश परीक्षामा १०० भन्दा धेरै विद्यार्थी सहभागि भएका छन् । हालै सञ्चालनमा आएको यो कलेजमा पहिलो शैक्षिक सत्रमा नै विद्यार्थीहरुको रुझान देखिएको हो ।

Advertisement
Advertisement

यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी स्कुलले पठनपाठन सुरु गर्ने तयारी गरेको छ । कलेजका कार्यक्रम निर्देशक मनोज राजबंशी भन्छन्, नपढेकाले पनि होटल चलाउन सक्छन् । तर जसले पढेर होटल क्षेत्रमा काम गर्छ उसले दिने सेवामा धेरै फरक हुन्छ । विद्यार्थीमा त्यही निपूणता ल्याउनका लागि विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन हुने एक्स्क्लुसिभ बीएसएन होटल म्यानेजमेन्टको स्थापना गरिएको उनले बताएका छन् ।

प्रोग्राम डाइरेक्टर, बीएसएन स्कुल अफ होटल म्यानेजमेन्ट, विराटनगरका मनोज राजवंशीले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिसहितको सुविधा सहित सहज यातायात र विराटनगर बाहिरका विद्यार्थीहरुका लागि सुविधा सम्पन्न र सुरक्षित छात्रबासको समेत व्यवस्था रहेको बताएका छन् । गुणस्तरीय खाना बनाउने क्षमता पनि पढेकासँग हुन्छ ।

त्यसैले होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा होटल म्यानेजमेन्ट हो । यसलाई आतिथ्य सत्कार शिक्षा पनि भनिन्छ । यही शिक्षा प्रदान गर्न बिएसएनमा ११ वर्षभन्दा बढी समयदेखि यसै क्षेत्रमा अनुभव हासिल गरेका प्राध्यापकहरु रहेका छन् । विराटनगरमा होटल म्यानेजमेन्टका शिक्षण संस्था नभएका होइनन् ।

तर अन्य शिक्षण संस्था भन्दा बीएसएनमा धेरै फरक रहेको बताउँछन् एचओडी÷ होटल म्यानेजमेन्ट, बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका फुड प्रोडक्सन प्रमुख अजय चौधरी । नेपाल पर्यटनको हब हो । सरकारले समेत आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ ।

बर्सेनि लाखौं विदेशी पर्यटक घुम्न, अध्ययन अनुसन्धानको लागि आउँछन् । पर्यटक बस्ने भनेको होटल, लज, रिसोर्टमा हो । पर्यटकले राम्रोे खाना, बस्न र मनोरञ्जन खोजेका हुन्छ । पर्यटक आउँदा र बिदाइमा गरिने सत्कार महत्वपूर्ण हुन्छ । यसले विश्वसामू नेपाललाई चिनाउने काम गर्छ ।

Advertisement

यी सबै विषयको व्यवस्थापन नै होटल म्यानेजमेन्ट पढेकाले गर्ने हो । होटल म्यानेजमेन्टले विदेशमा मात्रै होइन स्वदेशमा पनि स्वरोजगार बनाउँछ भने हासिल गरेको सिपले रोजगारको सुनिश्चित गर्दछ । यसैले त होटल म्यानेजमेन्ट पढाईपनि हुने अनि कमाईपनि हुने शिक्षा हो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top