NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

१० बर्षमा ६ लाख नेपाली विद्यार्थी विदेशिए,कति पैसा बाहिरियो ?

आइतवार असार २३ , २०८१
Reading Time: 1 min read
A A
विदेशबाट फर्किदा यी सामान भुलेर पनि नल्याउनु

Kathmandu, Nepal - September 21 2019: Tribhuvan International Airport in Kathmandu, Nepal.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ असार, काठमाण्डौ ।

हामी सबैलाई थाहा भएकै विषय हो, नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुको लर्को हरेक वर्ष बढ्दो क्रममा छ । वैदेशिक रोजगारीकालागि या भनौँ अध्ययनका लागि पछिल्लो समय खाडीका देश, अमेरिका, क्यानडा, अस्टेलियासँगसँगै यूरोप जानेको समेत लर्को लाग्ने गरेको छ । श्रमिक सँगसँगै नेपाली विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा विदेशीरहेको छ छ । आज हामी विदेशिने विद्यार्थीको विषयमा कुरा गर्दैछौँ ।

नेपालबाट विशेषगरी स्नातक तह पढ्नका लागि अध्ययन भिसामा जाने अनि नफर्कने प्रवृत्तिका कारण देशबाट युवासँगै पुँजी पलायन भइरहेको छ । तर विदेश नै गएर अध्ययन गर्नुको तुलनामा निकै कम शुल्कमा विदेशी विश्वविद्यालयमा पढाई हुने विषयहरु स्वदेशमै पनि उपलव्ध छन् । विदेशका विश्वविद्यालयहरुमा अध्ययन गर्नुका साथै कमाई पनि गर्न सकिने भएपछि पछिल्लो समय विदेश जाने विद्यार्थीको संख्या निकै उकालो लागेको छ ।

Advertisement

नेपालबाट पछिल्ला ३ बर्ष यता मात्रै बार्षिक १ लाख भन्दा बढी विद्यार्थीहरु बाहिरिने गरेका छन् । हुन त शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा राजनीति गर्न नमिल्नेलगायत चालेको पछिल्लो केही कदमहरुले नेपालमा गुणस्तरीय शिक्षा अब पाइएला भन्नेमा केही आशावादी पक्कै छौँ तर नेपालमा छिन्छिन्मा हुने सरकार उलटफेरले सरकार अस्थिर हुँदा मन्त्रीहरु परिवर्तन हुने क्रम चलिरहँदा जनतामा भर्खरै पलाएको आशा कतिबेला निराशामा बद्लिने हो भन्न सक्ने स्थिति छैन ।

१० बर्ष यता ६ लाख नेपाली विद्यार्थी विदेशमा अध्ययनका लागि गइसकेका छन् । देशभर उच्च शिक्षामा जम्मा ५ लाख ५६ हजार विद्यार्थी अध्ययरत छन् । तर विगत २६ बर्षदेखि विदेशका नाम चलेका विश्वविद्यालयहरुको पाठ्यक्रम नेपालमै अध्ययन गर्ने सुविधा उपलव्ध छ । देशभित्रका धेरै शिक्षण संस्थाहरुले विश्वका नाम चलेका विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपालमा बेलायत, अमेरिका, मलेसिया, थाईल्यान्ड लगायतका ९ देशका ३५ विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । नेपालमै बसेर ५८ वटा कलेजबाट ३० हजार विद्यार्थीले विदेशी विश्वविद्यालयको शिक्षा लिइरहेका छन् । यस्ता कलेजहरुमा सूचना प्रविधि, व्यवस्थापन, होटल म्यानेजमेन्ट लगाएत २ सय ४० वटा बिषय पढाई हुन्छ ।

नेपालमा साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिकसम्मका विषय अध्ययन हुन्छन् । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएर बीएसआईटी, एमएसआईटी, बीबीए र एमबीए, बिजनेस तथा टेक्नोलोजी लगायत कार्यक्रम पनि सञ्चालन भईरहेको छ । एमबीएमा डेटा एनालाइटिक्स, एमबीएस आईटी, इन्फर्मेसन टेक्नोलोजी, मोबाइल एप्लिकेशन डेभलपमेन्ट र कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स बीएससी सफ्टवेयर इन्जिनियरिङ, इन्भाइरोन्मेन्टल साइनस, बीबीए, बीएससी नेटवर्क इन्जिनियरिङलगायतका विषय पढाइ हुन्छ ।

यी बिषय अध्ययन गर्ने विद्यार्थीले ३ सय ६० क्रेडिट पूरा गरेपछि विश्वमा जहाँसुकै पनि स्नातकको मान्यता पाउने कलेजहरुले जनाएका छन् ।२०८० सालमा मात्रै एक लाख १४ हजार ४२२ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार २०८० वैशाखदेखि चैत महिनासम्म उक्त सख्यामा एनओसी जारी भएका थिए । त्यसरी विदेश पढ्न जानेमध्ये धेरै जसो जापानी भाषा पढ्न जापान पुगेको देखिन्छ ।

त्यस्तै बिजशेन स्टडी, म्यानेजमेन्ट, इन्जिनियरिङ, हेल्थ, इन्फर्मेशन टेक्नोलोजी, साइन्स, हस्पिटालिटी, कम्प्युटर साइन्स, आर्टस्, साइन्स एण्ड टेक्नोलोजी लगातयका विषय पढ्न बढी विद्यार्थीहरू विदेश जाने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जबकि यिनै विषयको पठनपाठन हुने कलेज तथा शिक्षण संस्थाहरू नेपालमा समेत बढी छन् । जहाँ विद्यार्थीहरूको चाप समेत बढी छ ।

त्यही विषयको अध्ययनका लागि विद्यार्थीहरू बाहिर जाने गरेको देखिएको हो । शिक्षा मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्यांक अनुसार २०८० सालमा जापानी भाषा अध्ययनका लागि ३३ हजार १६१ विद्यार्थीले एनओसीले लिएका छन् । जापानमा अध्ययन गर्न जाने विदेशी विद्यार्थीलाई सबैभन्दा पहिला जापानी भाषा पढ्नुपर्ने जापानको प्रावधान छ । निश्चित समय जापानी भाषा पढेपछि मात्रै थप अध्ययनका लागि अनुमति पाइन्छ ।

दोस्रो नम्बरमा रहेको म्यानेजमेन्ट पढ्नका लागि जाने गरेको देखिएको छ । म्यानेजमेन्ट पढ्नका लागि २०८० मा २८ हजार ६९१ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै बिजनेश स्टडीका लागि ११,३१५, इन्फरमेशन टेक्नोलोजी ६,८०३, साइन्स ४,८७१, हेल्थ ४,७५४, कम्प्युटर साइन्स ४,२८३, इन्जिनियरिङ ४२७२, साइन्स एण्ड टेक्नोलोजी ४१५८, हस्पिटालिटीका लागि ३०१६ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

विदेशी विश्वविद्यालयको सम्बन्धन लिएका कलेजले एक बिषयको १४ लाख सम्म शुल्क लिने गरेका छन् । जुन रकम विदेश गएर पढ्नु भन्दा धेरै कम हो भने विदेशमा जस्तो पढ्दै आफ्नो खर्च जुटाउनु पर्ने बाध्यतामा पनि हुँदै भने घरपरिवारकै बीचमा रहेर पनि यस्ता कोर्षहरु स्वदेशमै गर्न सकिन्छ । विश्वस्तरका शिक्षा स्वदेशमै पाउनु सकरात्मक विषय भएपनि यसमा केही कमीजोरीहरु भने छन् ।

जस्तै विदेशको यूनिभर्सिटीबाट सम्बन्धन पाएर सञ्चालन भइरहेका कलेजहरुको अनुगमन हुन नसक्दा यस्ता शिक्षण संस्थाहरु शैक्षिक परामर्श संस्था जस्तै बनेका कारण विद्यार्थीसम्म यस्ता शिक्षण संस्थाहरुको पहुँच पुग्न सकिरहेको छैन ।नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा ९५ अर्ब बढी रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यसरी अध्ययनका लागि विद्याथी विदेशीदाँ ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले नै जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालु आवको सोहि अवधिमा यसरी अध्ययन अन्तर्गत वाहिरिने रकम ४२.६५ प्रतिशतले बढेको छ । गत आवको चैतसम्म ६७ अर्ब १९ करोड रुपैयाँ अध्ययन अन्तर्गत वाहिरिएको थियो । चालु आवको ९ महिनासम्म खुद सेवा आय ५२ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४० प्रतिशतले वृद्धि भई ६० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४३ अर्ब १७ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई १४३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १०० अर्ब ५४ करोड रहेको थियो ।

विदेशकै पढाई यहीँ हुने भएपछि विदेश जाने विद्यार्थी घट्नुपर्नेमा उल्टो बढीरहेको छ । यहाँ अध्ययन गरे अनुसारको रोजगारी र पारिश्रामिक लगायतका समस्या समाधान गर्न सके विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ कि ? विदेश पलायन रोक्न र यो क्रमलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकारको ध्यान जान जरुरी छ । नेपालमै विदेश जसरी अध्ययन गर्ने वातावरण मिलाउन, अध्ययन पछिको रोजगारी र पढ्न जाने बहानामा उतै पलायन हुने क्रम रोक्न के–के गर्न जरुरी छ ? यसबारे तपाईका प्रतिक्रियामार्फत जाहेर गर्नसक्नुहुनेछ ।

Tags: # नेपाली विद्यार्थी विदेशिए#विद्यार्थी किन विदेशिन्छन् ?#विद्यार्थी विदेशिए

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे
ताजा समाचार

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त

शुक्रबार जेष्ठ २८ , २०७८

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.