सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी, तीन फाँटमा क्षति

३१ भदौ ८३, बुधबार
Share this
765shares

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा आज फेरि आगलागी भएको छ। आगलागीबाट कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको बताइएको छ। प्रहरीले प्रारम्भिक रूपमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ। यसअघि पनि भदौ १७ गते राति सर्वोच्चको अभिलेख शाखामा आगलागी भएको थियो।

Advertisement

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि अदालतले एनेक्स भवनबाट कामकारबाही सञ्चालन गर्दै आएको छ। निर्माणाधीन नयाँ भवनको एक भागमा इजलास र प्रशासनसमेत सारिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top