×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

जब विराटनगरका विद्यार्थीले दीपेन्द्रलाई सोधे, टाइगर कहिले जन्माउने ?

२४ असार २०८१

२३ असार, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले विराटनगरमा विद्यार्थीहरुसंग अन्तरक्रिया गरेका छन् ।

विराटनगरको शनि मन्दिर रोडमा अवस्थित ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीको प्रांगढमा आयोजित कार्यक्रममा दीपेन्द्रसंग साक्षात्कारका लागि विद्यार्थीहरुको घुँइचो लागेको थियो ।

Advertisement
Advertisement

कन्सल्टेन्सीका ब्राण्ड एम्बेसडरसमेत रहेका दीपेन्द्रले विद्यार्थीहरुमाझ आफ्ना अनुभव र करियरको गाथा सुनाएका थिए ।

शुक्रबार भएको सो मिट एण्ड ग्रिट कार्यक्रममा क्रिकेटप्रेमी विद्यार्थीहरुको उत्साह गज्जब देखिएको थियो ।

उनीहरुले ऐरीसंग १ घण्टा अन्तरक्रिया गरे । सो क्रममा विद्यार्थीहरुले सोधेका प्रश्नको ऐरीले जवाफसमेत दिएका थिए ।

विद्यार्थीहरुसँग ऐरीले उनको विगत कोट्याए भने भविष्यका खेलहरुको अनुमानित नतिजासमेत सोध्न भ्याए । विराटनगरमा पहिलो पटक आउँदा आफूलाई खुसी लागेको ऐरीले बताए ।

सो क्रममा एक विद्यार्थीले ऐरीलाई प्रश्न सोधिन्, ‘तपाईहरुले अन्तर्राष्ट्रिय क्रिकेटमा मन त जितिरहनुभएको छ, खेल कहिले जित्ने ?’ जवाफमा ऐरीले त्यो दिन पनि चाँडै आउने बताए । उनले भने, ‘विस्तारै समय आउँछ ठूलो टिमलाई हराउने, हामी ठूला टिमहरुसँग भर्खर भर्खरै प्रतिष्पर्धा गर्दैछौं । सिक्दैछौं ।’

अर्की एक किशोरीले सोधिन्, ‘तपाई क्रिकेटको टाइगर हो, तपाईले अरु टाइगर कहिले जन्माउने ?’ प्रश्नमा दीपेन्द्र हाँसिरहेपछि उनको छेउमा बसेका खेल विश्लेषकले जवाफ दिए, ‘त्यो टाइगर अब बिराटनगरले जन्माउनुपर्छ ।’

अन्तरक्रियापछि विद्यार्थीहरु ऐरीसँग फोटो खिचाउँन तथा उनको आटोग्रफ लिन तछाँडमछाँममा देखिए ।

कार्यक्रममा अन्तक्र्रियाका साथै विराटनगर युथ क्लब क्रिकेट एकेडमीलाई क्रिकेटको एक सेट सामाग्री वितरण तथा कोच मोति चौधरीलाई सम्मान पनि गरिएको थियो ।

यस्तै ७ जना उत्कृष्ट बिजेतालाई दिपेन्द्र सिंह ऐरीले साइन गरेको ब्याटसमेत प्रदान गरिएको थियो । दीपेन्द्र ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीको कार्यालयमा गरिएको कार्यक्रमपछि लायन्स क्लब विराटनगर गुराँशले आयोजना गरेको सम्मान कार्यक्रम सहभागी भएका थिए ।

दुवै कार्यक्रममा उल्लेख्य खेलप्रेमीको सहभागता रहेको थियो । अब आगामी दिनमा पनि यस्तै खेल र खेलाडीको सम्मानमा ग्रेसले सहयोग गर्ने जानकारी ग्रेसका डाइरेक्टर प्रदिप बास्तोलाले दिए ।

उनले शिक्षा र खेलकुदको विकास सँगसँगै गर्न आवश्यक रहेको बताउँदै त्यसमा कन्सल्टेन्सीले भुमिका खेलिरहेको बताएका छन् ।

Advertisement

 

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top