नेपाली कागजमा जापानको नोट

२३ असार, विराटनगर ।

जापानमा नेपाली कागजबाट बनेको नयाँ नोटहरु प्रचलनमा आउन थालेका छन् । जापानको केन्द्रीय बैंकले नेपाली कागजबाट बनेका चिल्ला नोटहरु एटीएममा लोड गर्न सुरु गरेका छन् । जापानी नागरिकको खल्तीमा पुग्नुअघि येन नोटले महिनौको मिहेनतसहितको लामो र हजारौं किलोमिटरको कठिन थल र हवाई यात्रा तय गरेको छ ।

जापान, वितेका वर्षहरुमा डिजिटल भुक्तानीतर्फ उन्मुख भएतापनि अभैm पनि जापानमा नगद कारोबारको राज चल्ने गरेको छ । लगभग पूर्ण रुपमा नगदरहित कारोबारमा गएको चीनभन्दा जापान डिजिटल भुक्तानीको विषयमा निकै पछि चलिरहेको छ । ‘नगद कारोबार जापानको अर्थतन्त्रको आधारभूत तत्व भएकाले नेपालले जापानको अर्थतन्त्रलाई सहयोग पुर्याएको छ ,’जापान सरकारका लागि कागज उत्पादन गर्ने कम्पनी,कानपोउका अध्यक्ष ताडासी मास्तुबाराले भने,‘नेपालबिना जापान सञ्चालन हुन सक्दैन ।’

जापान सरकारले लोक्ताबाट बनेको नेपाली कागजबाट नोट बनाईरहेको छ । जापानमा पनि लोक्ताको खेती हुने गरेको तर विगत केहि वर्षदेखि यसको उत्पादनमा कमी आईरहेको मास्तुबाराले बताए । जापानका ग्रामिण भेगका मानिसहरु कामको खोजीमा टोकियो जस्ता ठूला शहरहरुमा बसाई सरिरहेकाले ग्रामिण क्षेत्रको उद्योगहरु संकुचित भईरहेको उनले बताए ।

उनले जापानमा कागज बनाउने काम लाग्ने विरुवाको खेती गर्ने किसानहरुको संख्यामा कमी आईरहेको बताए । यहि कारण नोट बनाउन नेपालबाट कागज आयात भईरहेको उनले बताए । कानपोउ सन् १९९० मा एउटा च्यारिटी कार्यक्रममार्फत पहिलोपटक नेपाल प्रवेश गरेको थियो । त्यस बेला कम्पनीका प्रतिनिधहिरुले नेपालका जंगलहरुमा ठूलो मात्रामा लोक्ताको रुखहरु देखेका थिए ।

उनीहरुले किसानहरुलाई यसको व्यवसायिक खेती गर्न सिकाउँदै केहि सानो परिमाणमा आयात पनि गरेको थिए । नेपालबाट उत्पादन भएको नेपाली कागज काठमाण्डौबाट भारतको कोलकत्ता बन्दरगाहबाट पानी जहाजबाट जापान पुग्ने गर्छ । जापानमा पुगेपछि कागजको परीक्षणपश्चात कागजलाई थप प्रशोधित गरिन्छ र त्यहाँको नेशनल प्रिन्टिङ ब्युरोले नोटका लागि प्रयोग गर्ने गर्छ ।

जापानमा नयाँ नोटहरु यो साताबाट बजारमा परिचालन हुँदैछ । नयाँ नोटमा थुप्रै नयाँ फिचर्सहरु थपिएको छ । बैंक अफ जापानले पहिलोपटक नयाँ नोटमा होलोग्राम प्रयोग गर्दैछ । अन्य देशहरुले भने यसअघिनै होलोग्राम प्रयोग गरिसकेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top