×

NEPAL TIMES UPDATES

Playing
देउवा, प्रचण्ड र ओलीमा सबैभन्दा धनी को छ ?|| Nepal Times
Mar 29, 2026
Playing
ओली र लेखकलाई हिरासतमुक्त गर्न अदालतले मानेन,५ दिन हिरासत|| Nepal Times
Mar 29, 2026
Playing
बालेनले हेटांैडा उद्योगलाई वाइवाइ जस्तै कसरी चलाउलान् ? || Nepal Times
Mar 29, 2026
Playing
ओलीलाई आधा दर्जन रोग, अदालतले पनि भन्यो उपचार गराउनु|| Nepal Times
Mar 29, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-15-2082 || Nepal Times
Mar 29, 2026
Playing
युद्धमा हुथीको प्रवेशपछि के हुन्छ? होर्मुजमा ट्रम्पको धैर्यको बाँध फुट्दै || Nepal Times
Mar 29, 2026
Playing
एमालेका कार्यकर्ता र प्रहरीबीच झ ड प, प्रहरीमाथि ढुंगा हानेपछि लाठीचार्ज || Nepal Times
Mar 29, 2026
Playing
पहिलो दिनमै आशाको संचार गराएको बालेन सरकार || Nepal Times
Mar 29, 2026
Playing
सयौँ अमेरिकी सैनिक घा इते, अब बहुमुखी यु द्ध, इजरेलको नयाँ ध म्की || Nepal Times
Mar 29, 2026
Playing
ठूला नेता जोडिएका नेपालका भ्रष्टाचार काण्ड,जुन बालेनले खोल्नेछन् |BALEN GOVERNMENT| ACTION
Mar 29, 2026

युरोकपको सेमिफाइनलमा पेनाल्टी विवाद के हो ?

२८ असार २०८१

२७ असार, एजेन्सी ।

युरोकप फुटबलको आज विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई २–१ गोलले हराउदै उपाधि नजिक पुगेको छ । अब उसले उपाधिका लागि स्पेनको समाना गर्ने छ । निर्धारित समयको अन्तिम मिनेटमा ओले वाट्किन्सले निर्णायक गोल गरेपछि नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

Advertisement

जर्मनीको डर्टमन्डमा भएको खेलमा डच टिमले अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । खेलको सातौँ मिनेटमा नै जाभी सिमोन्सको गोलमा नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । सिमोन्सले १८ यार्ड बक्स बाहिरबाट सेकेन्ड बारमा उत्कृष्ट गोल गरेका थिए । तर, नेदरल्यान्ड्सको यो अग्रता लामो समय टिक्न सकेन । १८औँ मिनेटमा कप्तान ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गरेपछि इंग्लिस टिम खेलमा फर्किएको थियो ।

नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले १८ यार्ड बक्सभित्र ह्यारी केनमाथि नै फाउल गरेपछि इंग्ल्यान्डले भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा पेनाल्टी जितेको थियो । जसमा केनले कुनै गल्ती गरेनन् । निर्धारित समयको अन्तिम मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रतामा राखे । कोल पाल्मेरको पासलाई नियन्त्रणमा राख्दै वाट्किन्सले पेनाल्टी बक्सबाट आकर्षक गोल गरे ।

इंग्ल्यान्डले दोस्रो हाफमा डच टिमविरुद्ध यो नै एकमात्र ‘अन टार्गेट’ प्रहार थियो । वाट्किन्सले ८१औँ मिनेटमा कप्तान ह्यारी केनको स्थानमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए । वाट्किन्सको यही गोल निर्णायक बन्दा ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्लिस टिम लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । त्यसअघि खेलको ८०औँ मिनेटमा बुकायो साकाले गोल गरे पनि भारबाट खारेज हुँदा इंग्ल्यान्ड अग्रता लिनबाट चुकेको थियो ।

इंग्ल्यान्डले अब उपाधिका निम्ति स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । त्यो खेलमा भएको एउटा पेनाल्टी गोल अहिले निकै चर्चाको विषय बनेको छ । यता इंग्ल्यान्डले पाएको पेनाल्टीलाई लिएर विवाद सृजना भएको छ । नेदरल्यान्डका प्रशिक्षक रोनाल्ड कोएम्यानले पनि इङ्गल्यान्डलाई पेनाल्टी प्रहारको अवसर दिने रेफ्रीको निर्णयको आलोचना गरेका छन् ।

खासमा खेल सुरु भएको सातौँ मिनेटमै नेदरल्यान्ड्सले अग्रता लिएको थियो । डच टोलीका लागि जाभी सिमोन्सले गोल गरेका थिए । त्यसपछि खेलको १८औँ मिनेटमा इङ्गल्यान्डका कप्तान ह्यारी केनले डच टोलीको पेनाल्टी बक्स भित्रबाट एउटा शक्तिशाली प्रहार गरेका थिए । त्यो प्रहार गोलमा परिणत हुन सकेन । तर, त्यसअघि नै नेदरल्यान्ड्सका रक्षापँक्तिका खेलाडी डेन्जल डमफ्रिजबाट ‘फल’ भएको भन्दै इङ्गल्यान्डका खेलाडीले पेनाल्टी प्रहारको अवसर मागेका थिए ।

मैदानमा रहेका रेफ्री फेलिक्स जवायरले इङ्गल्यान्डलाई पेनाल्टी प्रहारको अवसर दिएनन् । त्यसपछि भिडियो असिष्टेन्ट रेफ्री (भीएआर) ले भने इङ्गल्यान्डलाई पेनाल्टी प्रहारको अवसर प्रदान गर्यो । त्यही अवसरलाई सदुपयोग गर्दै इङ्गल्यान्डले पेनाल्टी प्रहारबाट जवाफी गोल ग¥यो । त्यसपछि खेलको अन्तिम समयमा ओली वाट्किन्सले अर्को गोल थप्दै इङ्गल्यान्डलाई फाइनलमा पु¥याएका थिए ।

इङ्गल्यान्डलाई पेनाल्टी प्रहारको अवसर दिने सोही निर्णयलाई लिएर डच टोलीका प्रशिक्षक कोएम्यानले रेफ्रीको आलोचना गरेका हुन् । ‘मैले पनि खेल नजिकबाट नियालेको थिएँ । मेरो विचारमा त्यो कुनै पनि हालतमा पेनाल्टी थिएन । केनले बल प्रहार गरिसकेपछि मात्र बुटले खुट्टामा छोएको देखिन्छ । अन्ततः त्यही अप्रिय निर्णय नै हाम्रो हारको कारण बन्न पुग्यो,’ प्रशिक्षक कोएम्यानले भनेका छन्, ‘अवस्था यस्तै निराशाजनक रहने हो भने हामीले फुटबलको रमाइलो पक्ष गुमाउने छौँ ।’

नेदरल्यान्ड्स र इङ्गल्यान्डबिचको खेलमा रेफ्रीको भूमिका निर्वाह गर्ने फेलिक्स यसअघि खेल मिलेमतो प्रकरणमा सजाय पाइसकेका व्यक्ति हुन् । सन् २००५ मा सहायक रेफ्री हुँदा खेल मिलेमतो गरेको आरोप पुष्टि भएपछि उनी ६ महिनाको प्रतिबन्धमा परेका थिए । इंग्लिस टिमले युरो–२०२० मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो ।

तर, उपाधि भिड्न्तमा इटालीसँग पेनाल्टी सुटआउटमा निराश बन्दा इंग्ल्यान्डले उपविजेतामा चित्त बुझाएको हो । सन् १९६८ देखि युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै आएको भए पनि इंग्ल्यान्डले हालसम्म उपाधि भने जित्न सकेको छैन ।

Advertisement

भर्खरको समाचार

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top