NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

१६ वर्ष ३६२ दिनमै यामालको नाम अघि सुपर स्टार थपियो

बिहिबार असार २७ , २०८१
Reading Time: 1 min read
A A
१६ वर्ष ३६२ दिनमै यामालको नाम अघि सुपर स्टार थपियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ असार, एजेन्सी ।
फुटबल खेलमा दुई ठूला कुम्भ मेला कोपा अमेरिका र युरो कप फाइनल चरणमा पुगेका छन् । जसको उपाधिका लागि कोपा अमेरिकामा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ भने युरोकपमा स्पेनले इङल्यान्डको सामना गर्नेछ ।

जारी कोपा र युरोकपको संसार भर चर्चा छ। त्यो चर्चा भित्र सबैभन्दा ब्यापक चर्चा अहिले भइरहेको छ। एक १६ वर्षे किशोरको । १६ वर्ष ३६२ दिनमै विश्व विजेता बनिसकेको फुटबलका स्टारहरुले भरिएको फ्रान्सविरुद्ध शानदार गोलगरेपछि स्पेनका १६ वर्षे किशोरको नामको अघि सुपर स्टार जोडिएको छ।

फ्रान्सविरुद्धको खेलमा यामलले २१औं मिनेटमा बराबरी गोल गरेका थिए । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो । युरोमा सबैभन्दा कान्छो खेलाडी यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन्।

LS Auto

अहिले संसारभर उनको चर्चा भइरहेको छ । उनले फ्रान्सविरुद्ध पहिलो गोल गरे । अर्को तर्फ यामलको उमेरका कारण पनि उनको चर्चा ब्यापक छ । यामल आगामी शनिबार १७ वर्ष लाग्ने छन् ।

तर, उनलाई खेलाउँदा स्पेनलाई निकै नै सकस व्यहोर्नुपरेको छ । युरोकप आयोजक जर्मन कानूनअनुसार १८ वर्षमुनिका बालबालिकालाई राति ८ बजेपछि काममा लगाउन पाइँदैन ।

तर खेलाडीले भने राति ११ बजेसम्म खेल्न पाउने नियम छ । यही नियमअनुसार उनी समूह चरणको खेलमा इटालीसँग खेलको हाफ टाइममै मैदान बाहिरिएका थिए ।

तर, स्पेनका लागि महत्त्वपूर्ण खेलाडी रहेका यामलले जर्जियासँगको प्रि–क्वार्टरफाइनलमा उनका म्यानेजरले ३० हजार पाउण्ड फाइन तिरेरै खेलाएका थिए । सेमिफाइनलमा समेत उनले जरिवाना तिर्नुपरेको छ ।

यो खेलमा यामललाई खेलाएवापत स्पेनले ४८ हजार यूरो तिरेको छ । अब फाइनल खेल पनि सोही समयमा हुने भएकोले यामललाई खेलाउन १ लाख ५० हजार जरिवाना तिनुपर्ने हुन्छ ।

कम उमेरमा खेलाएर श्रम शोषणको आरोप खेपिरहेको स्पेनका स्टारको चर्चाले भने ब्यापकता पाएको छ । ‘एउटा सुपरस्टार जन्मिएका छन्,’ इंग्ल्यान्डका पूर्वस्ट्राइकर ग्यारी लिनेकरले बीबीसी वनमा भने, ‘यो खेलको अद्भुत क्षण थियो, सम्भवतः प्रतियोगिता कै ।’

‘केवल अविश्वसनीय,’ इङ्गल्याण्डका पूर्व स्ट्राइकर एलन शियररले थपे, ‘हामीले उनको बारेमा प्रतियोगिताभर कुरा गर्दै आएका थियौँ । यस्तो कम उमेरमा, त्यसो गर्न, यो केवल अविश्वसनीय छ।’

यस्तै ‘हामीले अ टच अफ जिनियस देख्यौँ,’ स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले यामलको गोलको बारेमा भनेका छन्, ‘हामी सबैले उनको हेरचाह गर्न आवश्यक छ। म चाहन्छु कि उनले यस्तै नम्रताका साथ काम गरुन् र आफ्नो खुट्टा भुइँमा राखून् सिक्न जारी राखून्।’

उनी स्पेनिस टोलीका सबैभन्दा कान्छो स्टार्टर र गोलकर्ताका साथै ला लिगामा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए । यमाल १३ जुलाईमा १७ वर्ष पुग्छन् – युरो २०२४ को फाइनलको एक दिन अघि ।

जसमा स्पेनले इङ्ल्यान्डसँग सामना गर्नेछ। यामललाई अहिले विश्व फुटबलले नयाँ सुपर स्टारको रुपमा लिएको छ । १६ वर्षे ठिटो यामल विश्व फुटबलमा एक महान खेलाडी लियोनल मेसीका डाइहार्ट फ्यान हुन्। उनी मेसीलाई नै गुरु मान्छन्।

यामल अहिले बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी हुन् । अर्जेन्टिनाका स्टार लियोनल मेसी बार्सामा हुँदा उनी जन्मिएका हुन् । उनले मेसीसँगका हरेक तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

उनले एउटा पोस्टमा लेखेका छन्, ‘मेसीले लगाएको एडिडासको बुट हेरेर मैले फुटबल सिकेँ।’ उनले आफूलाई मेसीले नुहाइदिएको फोटो पनि सार्वजनिक गरेका छन् ।

सन् २००७ मा, युवा लियोनेल मेसीले बार्सिलोनाको क्याम्प नोउको ड्रेसिङ रुममा परोपकारी क्यालेन्डरका लागि एक शिशुसँग फोटोसुट गरे। २० वर्षका मेसीले पहिले नै नाम कमाउन थालिसकेका थिए । पछि उनी फुटबल इतिहासकै महान् खेलाडी बने ।

त्यही फोटोमा भएका अर्का शिशुले अहिले अन्तर्राष्ट्रिय फुटबलमा तरंगहरू सिर्जना गरेका छन् । १६ वर्ष र ३६२ दिनमा, उनलाई युरो कप प्रतियोगिताको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनायो।

सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेबापत यामलले प्लेयर अफ द म्याचको अवार्ड पनि जिते। यससँगै १६ वर्षीय यामल युइएफए युरोमा प्लेयर अफ द म्याचको अवार्ड जित्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।

यामलको जन्म १३ जुलाई २००७ मा स्पेनको बार्सिलोना महानगरीय क्षेत्रमा भएको थियो । उनकी आमाको जन्म गिनीमा भएको थियो भने उनका बुबा मोरक्कोको लाराचेमा जन्मेका थिए। उनकी हजुरआमा फातिमा नै १९८८ मा मोरक्कोदेखि स्पेनमा आएकी थिइन ।

यामल तीन वर्षको हुँदा उनका आमाबाबु अलग भएका थिए । उद्यपि दुवैले उनको हेरचाह गरेका थिए । चार वर्षको उमेरमा नै उनले स्थानीय क्लब ला टोरेटामा फुटबल खेल्न सुरुवात गरेका थिए ।

उनी छ वर्षको उमेरमा एफसी बार्सिलोनाको छनोटमा परेका थिए । लगत्तै उनलाई प्रशिक्षण सत्रहरूमा निमन्त्रणा गरिएको थियो । उनी २०१४ मा क्लबमा आवद्ध भएका थिए ।

Tags: #१६ वर्षमै विश्वचर्चित बने#यामालको नाम अघि सुपर स्टार थपियो

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.