×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

ओलीको भुलभुलैमा प्रचण्ड,जस्तो बिउँ रोपे त्यस्तै फल फल्यो

२९ असार २०८१

२८ वैशाख ,काठमाण्डौ।

राजनीतिको उत्तरार्धमा आफ्नो तेस्रो कार्यकालको प्रधानमन्त्री काललाई नेपालकै इतिहासमै ऐतिहासिक बनाउने लक्ष्य बोकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अविश्वासको भारी बोकेर सरकारबाट बाहिरिनु परेको छ । संसदमा पाँचौ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दादेखिको आजको राजनीतिक घटनाक्रम र यस अवधिमा आफू नेतृत्वको सरकारले गरेका प्रमुख उपलब्धिहरुको सविस्तार वर्णन गरे ।

उनले आफैले स्मरणयोग्य बनाउने भनेको सरकारबाट दलहरुकै अविश्वासका कारण बाहिरिनु पर्ने स्थिती आईपरेपछि सबैभन्दा बढी विश्वास गरेको नेकपा एमालेको नेतृत्वले दिएको धोकाको समेत वर्णन गरेका छन् । एमालेले साथ छाडेपछि अहिले प्रधानमन्त्री जुन मनोदशाबाट गुर्जिरहेका छन् त्यही स्थितीमा आफूले तत्कालीन समयमा कांग्रेसको साथ छाडेर पुस १० मा एमालेसँग सहमति गर्दा कांग्रेस सभापति शेरबहादुर देउवालाई परेको पीडा समेत सम्झिएका छन् ।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्र आफूले बुझ्न नसकेको बताएका छन् । कांग्रेससँग असमझदारी भएर नभई सरकारको गति बढाउने हुटहुटी, अनि वाम एकताको भावुक बहकाउमा लगेर एमालेसँग गठबन्धन गरेको उनले बताए । तर त्यो षड्यन्त्र रहेछ भन्ने ढिलो मात्र थाहा पाएको आफ्नो आजको अवस्था, १० पुसमा कांग्रेस सभापति शेरबहादुर देउवाको जस्तै भएको प्रचण्डले बताए ।

विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले भने, ‘तेज गतिमा सरकार चलाउने हुटहुटी अनि अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो ।’ यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षमता–कला तारिफ गर्न लायक रहेको उनले बताए । ओली बराबर अरु कोही नभएको भन्दै उनले भने, ‘मलाई राम्रो फकाउनुभयो, वामपन्थी मिल्नुपर्छ । कांग्रेस को हो धेरैधेरै । म मान्छे यस्तै, अलिअलि सेन्टिमेन्टल, भावुक, मिठो गरी भनेपछि विश्वास गर्ने ।’

‘वामपन्थी नै परेँ, कम्युनिस्ट एकता गरौं, पश्चिम बंगाल जस्तो भइन्छ अर्को चुनावमा त भनेपछि हो त नि भन्ने लाग्यो’ उनले अगाडि भने, ‘जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन ढिलो गरेँ ।’ उनले ओलीतर्फ संकेत गर्दै भने, ‘केही मान्छेहरु कहिल्यै पनि कुन्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भनेर मैले हिसाब नै गर्न सकिनँ ।’ समयक्रमसँगै मानिसमा सुधार हुने विश्वास गरेको र लामालामा, मिठा भरोसापूर्ण सम्वादहरुबाट लठ्ठिएको उनले बताए ।

स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेपछि त मख्ख परेको उनले बताए । ‘यो १७ को बिहान स्वर्ग र नर्क सँगै जाने, ०८४ को चुनाव वामन्थीहरु मिलेर लड्ने, त्यसपछि पार्टी पनि एउटै बनाउने ढुक्क हुनुस् भनेपछि म त मख्ख परेँ,’ उनले अगाडि भने । बाहिर पत्रपत्रिकामा विभिन्न कुरा आएको भए पनि मुल नेतृत्वले नै स्वर्ग गए पनि सँगै नर्क गए पनि सँगै भनेपछि पत्याएको उनले बताए ।

‘म फुर्किँँदै क्याबिनेटमा गएँ,’ मन्त्रीहरुले अरु नै भन्दा पनि आफूले केही हुन्न ढुक्कसँग काम गर्नुस् भनेको भन्दै उनले भने, ‘कति लाटो म !’ प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘मलाई कस्तो लाग्छ भने मैले कांग्रेससँग गठबन्धन छाडेर एमालेसँग प्रधानमन्त्री हुँदा कांग्रेस अध्यक्षको मनोविज्ञान जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ । झुक्याइएँ म, यसको नैतिक जिम्मेवारी लिन तयार छु ।’

उनले आफ्नो जस्तो अनुभव नयाँ गठबन्धनमा नहोस् भनेर कांग्रेस–एमालेलाई शुभकामना समेत दिएका छन् । कांग्रेस र एमालेले १७ पुसमा नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए । त्यससँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेका हुन् ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top