आफुमाथि गोली चलेपछि ट्रम्पले भने, ‘गड ब्लेस अमेरिका’

३० असार ,एजेन्सी ।

Advertisement

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा ट्रम्पलाई लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोली चल्दा ¥यालीमा सहभागी एक जनाको ज्यान गएको छ । यस्तै गोली हान्ने व्यक्ति पनि अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् ।

अर्का एक दर्शकको अवस्था गम्भीर छ । गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए । सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए । उनको अनुहारमा रगत देखिएको छ ।

Advertisement

अमेरिकी समय अनुसार शनिबार राति यो घटना भएको हो । घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुनै पनि हिंसात्मक घटनालाई ठाउँ नदिइने बताएका छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ’हाम्रो लोकतन्त्रमा कुनै पनि राजनीतिक हिंसालाई स्थान छैन ।’

ट्रम्पले पनि सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन् । उनले आफूलाई गोली लाग्नासाथ सक्रिय भएकामा अमेरिकी गुप्तचर तथा सुरक्षा निकायलाई धन्यवाद दिएका छन् ।

Advertisement

गोलीकाण्डपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई एक गोली लाग्यो, जुन मेरो दाहिने कानको माथिल्ला भागमा लाग्यो। मलाई तुरुन्त थाहा भयो कि केही गडबड भइरहेको छ, किनकि मैले गोलीको आवाज सुनेँ, अनि गोलीले छाला छेडेको महसुस भयो। धेरै रगत बग्यो..। ’उनले आफ्नो ¥यालीमा गोली लागेर मारिएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । अन्त्यमा उनले लेखेका छन्, ‘गड ब्लेस अमेरिका। ’

अधिकारीहरूले ट्रम्प सुरक्षित रहेको जनाएका छन् । ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् । कानून प्रवर्तन अधिकारीहरुका अनुसार गोलीबारीलाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top