स्वर्णिम पक्षबाट कुट्ने धम्की दिएको मुकुलको आरोप

३० असार ८१, आइतबार

३० असार , काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमण गर्ने धम्की आएको गम्भिर आरोप लगाएका छन् । शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएपछि आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको दाबी मुकुलले गरेका छन्।

उनले आइतबार बिहान फेसबुकमा लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे , फोन उठाइनँ। मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।’

शनिबार राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा मुकुलले ‘नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको’ दाबी गरेका छन् । उनले रवि लामिछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेत काठमाडौँको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सोही भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको जिकिर गरेका छन् ।

Advertisement

त्यही राति स्वर्णिम सचिवालयबाट कुट्ने धम्की आएको दाबी मुकुलले गरेका हुन्। तर स्टाटसमा उनले कारण खोलेका छैनन् । यसैबीच रास्वपाका उपसभापति स्वर्णिम वाग्लेको सचिवालयले निष्काशित महामन्त्री मुकुल ढकालको आरोप झुटो भएको दाबी गरेको छ । वाग्लेको सचिवालयका एक सदस्यले मुकुलनिकट एक व्यक्तिलाई फोन गरेको स्वीकार गरे पनि धाकधम्की नदिएको बताएका हुन् ।

‘उहाँको फोन नउठेपछि उहाँनिकट एक भाइलाई हामीले फोन गरेको हो’, ती सदस्यले भने, ‘तर धम्की दिएको होइन । उपसभापतिबारे उहाँले बोल्नुभएका कुराबारे जवाफ त दिनुपर्ने होला नि !’ महामन्त्रीबाट निष्काशित भएपछि विक्षिप्त बनेका ढकालले मनलाग्दी बोल्दै हिँडेको ती सदस्यले बताएका छन् । रास्वपाबाट कारबाहीमा परेपछि ढकालले नेतृत्वको भण्डाफोर गर्दै आएका छन् ।

Advertisement

महामन्त्रीसहित सम्पूर्ण पदीय जिम्मेवारीबाट मुकुललाई निष्काशन गरेपछि रास्वपाले पुनरावलोकनका लागि ३५ दिनको समय दिएको छ । तर पार्टीले साधारण सदस्य मात्रै रहनेगरी कारबाही गरेपछि मुकुलले भने अहिले पनि आफूनै रास्वपाको महामन्त्री नै रहेको तर रवि लामिछानेको क्लबबाट मात्रै आफूलाई हटाइएको बताउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top