थम्पसनले आरजु र लेखकलाई भेटे, के भयो कुरा ?

४ साउन, काठमाण्डौ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । यसअघि समाजिक संजालबाट बधाई दिएका मोदीले पछिल्लो पटक बधाई सन्देश दिँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।

दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन्।

Advertisement

पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै उनले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

“भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदारको रूपमा रहेको छ। हाम्रो पारस्परिक लाभका विषयमा साझेदारीलाई सुदृढ गर्दै र नयाँ मार्ग खोज्दै नेपालको आर्थिक विकासका साथै समृद्धि हासिल गर्न अटल साझेदार हुने प्रतिबद्धता छ”, भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो द्विपक्षीय साझेदारी अझ माथि उठ्छ र दुवै देशका नागरिकको आकाङ्क्षा पूरा गर्न सहकार्यको सुनिश्चिततासहित नजिकबाट काम गर्न तत्पर छौँ।”

Advertisement

नवनियुक्त प्रधानमन्त्री ओलीको नेतृत्व र अनुभवले दुई मित्र राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ हुने र सहकार्य सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच यता नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।

भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै आजै उनले गृहमन्त्री रमेश लेखकसंग पनि भेटवार्ता गरे ।

भेटमा अमेरिकी राजदूत डिनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा सुभकामना दिएका छन् । नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधै इच्छुक रहेको राजदूतले लेखकसँग बताएका गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

एमसिसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदान पु¥याउने विश्वास रहेको र परियोजना कार्यान्वयनमा नेपाल सरकारको तर्फबाट सधैँ सहयोग हुने अपेक्षा पनि राजदूतले गृहमन्त्रीसमक्ष व्यक्त गरेका छन् ।

अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न तत्पर रहेको, नेपाल र अमेरिकाबीच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम भएको, लोकतन्त्र, मानव अधिकार, कानुनी शासन लगायतका विषयमा दुबै देशको साझा धारणा रहेको भेटपछि गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको सामाजिक आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको क्षमता विकासमा अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा निरन्तरताको अपेक्षा रहेको गृहमन्त्री लेखकले राजदूतसमक्ष व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनका असरका कारण नेपाल उच्च जोखिममा रहेको हुँदा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने नेपालको चासो र चिन्ताको विषयलाई अमेरिकाले समर्थन गर्ने पनि गृहमन्त्रीको अपेक्षा थियो ।

यसअघि बुधबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पनि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री राणा र चिनियाँ राजदूत चेनबीच बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

शिष्टाचार भेटमा चिनियाँ राजदूतले परराष्ट्रमन्त्री नियुक्त भएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्रमन्त्री राणा र चिनियाँ राजदूतबीच नेपाल–चीन सम्बन्ध र सहयोगका विभिन्न आयाममा छलफल भएको जनाएको छ ।

यसअघि भारतीय राजदूतले राणासँग मंगलबार भेटवार्ता गरेका थिए । आरजुलाई परराष्ट्रमन्त्रीमा नियुक्ति भएसंगै भारतीय समकक्षी एस जय शंकरले पनि सामाजिक संजालमार्फत शुभकामना दिएका थिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top