NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

ट्रम्प फर्किने डरमा जेलेन्स्की, के होला युक्रेनको भविष्य ?

शुक्रबार साउन ४ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्प फर्किने डरमा जेलेन्स्की, के होला युक्रेनको भविष्य ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ साउन, विराटनगर ।
अमेरिकामा नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतिको चुनावलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भयमा देखिएका छन् । उनको यो भय, राष्ट्रपतिमा डोनाल्ड ट्रम्प फेरि फर्कने हो कि भन्नेमा छ ।

उनले ट्रम्प अमेरिकाको राष्ट्रपति बनेमा उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको तर विगतका अनुभवमा ट्रम्पसँग काम गर्न सहज नहुने बताएका छन् ।

केही दिनअघि ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवार बनाएका ओहायोका सिनेटर जेडी भान्सले युक्रेनको विषयमा चासो नराख्ने र युद्धका लागि आर्थिक सहयोग पनि नगर्ने प्रतिक्रिया दिएका थिए ।

यस्ता गतिविधि र प्रतिक्रियाले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशङ्का बढेको छ । तर राष्ट्रपति जेलेन्स्कीले युक्रेनबारे स्पष्ट गराएर अमेरिकासँग मिलेर काम गर्नुपर्ने पनि बताउँदै आएका छन् ।

अहिले बेलायतमा रहेका जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टाररसँग भेट गरिसकेका छन् । प्रधानमन्त्री स्टाररले सकेसम्म युक्रेनको पक्षमा रहने प्रतिक्रिया दिएको बताइएको छ ।

जेलेन्स्कीले ट्रम्प फर्किने आशंका गरिरहँदा यता अमेरिकाको रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति ट्रम्पलाई औपचारिक रूपमा आउँदो कार्यकालको राष्ट्रपति पदको उम्मेदवारका रूपमा अनुमोदन गरेको छ ।

नेपाली समयानुसार आज बिहान पार्टीले ट्रम्पलाई अनुमोदन गरेको हो । ट्रम्पले त्यसलाई स्वीकार गर्दै सबै अमेरिकीलाई एक हुन बैठकमार्फत आग्रह गरेका छन् ।

गएको शनिबार आफ्नो हत्या प्रयास गरिएपछि उनले सार्वजनिक रूपमा पार्टीको बैठकमा पहिलोपटक मन्तव्य दिएका हुन् । ट्रम्पले आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने दाबी गरेका छन् ।

रिपब्लिकन पार्टीको चारदिने सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘जितेर हामी अमेरिकी इतिहासको सबैभन्दा ठूलो चार वर्षको सुरुवात गर्नेछौँ।’ सम्बोधनका क्रममा ट्रम्पले युक्रेन–रुस युद्ध र इजरायलमा जारी युद्धका विषयमा वर्तमान सरकारको आलोचना गरेका छन् ।

ट्रम्पले भने, ‘यदि म राष्ट्रपति भएको भए रुस र युक्रेनबीच चलिरहेको भयानक युद्ध र इजरायलमा हमलाका कारण सुरु भएको युद्ध हुने थिएनन्।’ ट्रम्पले वर्तमान सरकारले सिर्जना गरेका सबै अन्तर्राष्ट्रिय समस्यालाई हटाउने दाबी पनि गरेका छन् ।

साथै अवैध आप्रवासनमा कडाई गर्ने पनि बताएका छन् । उनी आप्रवासीहरुलाई अमेरिकाका लागि विष, किरा जस्तै भएको बताउने गरेका छन् । शनिबार पेन्सिलभानियामा उनको हत्या प्रयास गरिएको थियो ।

उनले त्यो दिन आफ्नो शरीरभरि रगत चुहिएको बताए । आफ्नो पक्षमा भगवान् रहेको उनको भनाइ थियो । आफूले त्यो दिन टाउको नचलाएको भए रिपब्लिकन पार्टीको समारोहमा आउन नपाउने अवस्था हुने समेत उनले बताए ।

“सायद म आजको रात यहाँ हुने थिइनँ,” उनले भने, “म तपाईँहरूको अगाडि उभिन पाएको भगवान्को कृपाले मात्र हो ।” ट्रम्पले शनिबारको ¥यालीमा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे । राजनीतिक कार्यक्रममा कमै मात्र उपस्थित हुने ट्रम्पपत्नी मेलानिया पनि त्यहाँ पुगेकी थिइन् ।

ट्रम्प फर्किए भने अहिले अमेरिकाबाट आइरहेको हतियार तथा आर्थिक प्याकेज रोकिने चिन्तामा रहेका जेलेन्स्कीलाई जर्मनीले पनि तर्साउन थालेको छ । जर्मनीले अर्को वर्ष आफ्नो सैन्य सहायता आधा घटाउने तयारी गरेको छ ।

उक्त रकम करिब आठ बिलियन युरोबाट चार बिलियनमा झार्न लागिएको सरकारले स्वीकृत गरेको मस्यौदा बजेटमा उल्लेख छ । अर्थमन्त्री क्रिश्चियन लिन्डरले युक्रेनलाई भविष्यका निम्ति जी–७ को हालैको बैठकबाट बजेट निश्चित गरेको जनाएका छन् ।

जी–७ को बैठकबाट ‘फ्रोजन’ गरिएको रुसी सम्पत्तिको ब्याजमार्फत युक्रेनका लागि करिब ५० बिलियन डलर उठाउने निर्णय गरिएको थियो । जर्मनी अमेरिकापछि युक्रेनको दोस्रो ठूलो सैन्य सहायता गर्ने दाता हो ।

जर्मनीको सहयोग कटौतीको प्रसंगले युक्रेन र उसका युरोपेली सहयोगीलाई चिन्तित बनाएको छ । किनकि, अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएर आएमा युक्रेनलाई दिइएको अमेरिकी सहयोग काटिन वा रोकिन पनि सक्नेछ ।

ट्रम्प फर्किने सम्भावना बढ्नुमा उनका प्रतिष्पर्धी हालका राष्ट्रपति जो बाइडनमाथि उमेद्वारी नै फिर्ताका लागि दबाब बढ्नु पनि एक हो । अब त उनका शुभचिन्तक पूर्व राष्ट्रपति बाराक ओबामाले पनि बाइडनको उमेद्वारीलाई लिएर चिन्ता जनाउँन थालेका छन् ।

वाशिंगटन पोस्टका अनुसार पूर्व राष्ट्रपति बाराक ओबामाले निजीरुपमा भनेका छन्, बाइडनले राष्ट्रपति चुनाव जित्ने सम्भावना कम भएको छ। यद्यपी ओबामाका प्रवक्ताले भने उनको यो टिप्पणीलाई लिएर प्रतिक्रिया दिनलाई अस्वीकार गरेका छन् ।

यसअघि पूर्व हाउस स्पीकर न्यान्सी पलोसी र कँग्रेसका सबैभन्दा वरिष्ठ दुई सदस्यहरु हकीम ज्याफ्रीज र चक शुमरले पनि बाइडनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेका थिए । यस्तै बाइडेनलाई लिएर डेमोक्रेटिक पार्टीभित्र पनि कयौं खालका आवाज उठ्न थालेको छ ।

अर्कोतर्फ बाइडेनलाई फेरि कोरोना संक्रमण पनि भएकाले उनको चुनावी प्रचारप्रसार अहिलेलाई रोकिएको छ । यता रिपब्लिकन पार्टीका उमेद्वार ट्रम्पले भने चुनावी अभियान तिव्र पारेका छन् । गोली प्रहारपछि त झनै त्यसलाई पनि उनले चुनावी प्रचारका लागि प्रयोग गरेका छन्।

यस्तोमा सीबीएस न्यूजको सर्वेक्षणले पनि बाइडन ट्रम्पसंग ५ प्वाइन्टले पछाडी रहेको देखाएको छ । क्याम्पेनका क्रममा यो अहिलेसम्मको सबैभन्दा ठूलो अन्तर हो । तर डेमोक्रेटिकका शीर्ष नेताहरुले यो कुनै चिन्ता लिनुपर्ने विषय नै नभएको प्रतिक्रिया दिएका छन् ।

र बाइडेनले पनि यसलाई आधारहिन भनेका छन् । उनले आउँदो चुनाव आफूले नै जित्ने दाबी पनि छाडेका छैनन् । अमेरिकामा हुन लागेको राष्ट्रपतिय चुनाव, यसका प्रतिष्पर्धीहरु र जेलेन्स्कीको डरका बारेमा आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #ट्रम्प फर्किने डरमा जेलेन्स्की#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.