ट्रम्प फर्किने डरमा जेलेन्स्की, के होला युक्रेनको भविष्य ?

४ साउन, विराटनगर ।
अमेरिकामा नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतिको चुनावलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भयमा देखिएका छन् । उनको यो भय, राष्ट्रपतिमा डोनाल्ड ट्रम्प फेरि फर्कने हो कि भन्नेमा छ ।

उनले ट्रम्प अमेरिकाको राष्ट्रपति बनेमा उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको तर विगतका अनुभवमा ट्रम्पसँग काम गर्न सहज नहुने बताएका छन् ।

केही दिनअघि ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवार बनाएका ओहायोका सिनेटर जेडी भान्सले युक्रेनको विषयमा चासो नराख्ने र युद्धका लागि आर्थिक सहयोग पनि नगर्ने प्रतिक्रिया दिएका थिए ।

यस्ता गतिविधि र प्रतिक्रियाले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशङ्का बढेको छ । तर राष्ट्रपति जेलेन्स्कीले युक्रेनबारे स्पष्ट गराएर अमेरिकासँग मिलेर काम गर्नुपर्ने पनि बताउँदै आएका छन् ।

अहिले बेलायतमा रहेका जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टाररसँग भेट गरिसकेका छन् । प्रधानमन्त्री स्टाररले सकेसम्म युक्रेनको पक्षमा रहने प्रतिक्रिया दिएको बताइएको छ ।

जेलेन्स्कीले ट्रम्प फर्किने आशंका गरिरहँदा यता अमेरिकाको रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति ट्रम्पलाई औपचारिक रूपमा आउँदो कार्यकालको राष्ट्रपति पदको उम्मेदवारका रूपमा अनुमोदन गरेको छ ।

नेपाली समयानुसार आज बिहान पार्टीले ट्रम्पलाई अनुमोदन गरेको हो । ट्रम्पले त्यसलाई स्वीकार गर्दै सबै अमेरिकीलाई एक हुन बैठकमार्फत आग्रह गरेका छन् ।

गएको शनिबार आफ्नो हत्या प्रयास गरिएपछि उनले सार्वजनिक रूपमा पार्टीको बैठकमा पहिलोपटक मन्तव्य दिएका हुन् । ट्रम्पले आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने दाबी गरेका छन् ।

रिपब्लिकन पार्टीको चारदिने सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘जितेर हामी अमेरिकी इतिहासको सबैभन्दा ठूलो चार वर्षको सुरुवात गर्नेछौँ।’ सम्बोधनका क्रममा ट्रम्पले युक्रेन–रुस युद्ध र इजरायलमा जारी युद्धका विषयमा वर्तमान सरकारको आलोचना गरेका छन् ।

ट्रम्पले भने, ‘यदि म राष्ट्रपति भएको भए रुस र युक्रेनबीच चलिरहेको भयानक युद्ध र इजरायलमा हमलाका कारण सुरु भएको युद्ध हुने थिएनन्।’ ट्रम्पले वर्तमान सरकारले सिर्जना गरेका सबै अन्तर्राष्ट्रिय समस्यालाई हटाउने दाबी पनि गरेका छन् ।

साथै अवैध आप्रवासनमा कडाई गर्ने पनि बताएका छन् । उनी आप्रवासीहरुलाई अमेरिकाका लागि विष, किरा जस्तै भएको बताउने गरेका छन् । शनिबार पेन्सिलभानियामा उनको हत्या प्रयास गरिएको थियो ।

उनले त्यो दिन आफ्नो शरीरभरि रगत चुहिएको बताए । आफ्नो पक्षमा भगवान् रहेको उनको भनाइ थियो । आफूले त्यो दिन टाउको नचलाएको भए रिपब्लिकन पार्टीको समारोहमा आउन नपाउने अवस्था हुने समेत उनले बताए ।

“सायद म आजको रात यहाँ हुने थिइनँ,” उनले भने, “म तपाईँहरूको अगाडि उभिन पाएको भगवान्को कृपाले मात्र हो ।” ट्रम्पले शनिबारको ¥यालीमा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे । राजनीतिक कार्यक्रममा कमै मात्र उपस्थित हुने ट्रम्पपत्नी मेलानिया पनि त्यहाँ पुगेकी थिइन् ।

ट्रम्प फर्किए भने अहिले अमेरिकाबाट आइरहेको हतियार तथा आर्थिक प्याकेज रोकिने चिन्तामा रहेका जेलेन्स्कीलाई जर्मनीले पनि तर्साउन थालेको छ । जर्मनीले अर्को वर्ष आफ्नो सैन्य सहायता आधा घटाउने तयारी गरेको छ ।

उक्त रकम करिब आठ बिलियन युरोबाट चार बिलियनमा झार्न लागिएको सरकारले स्वीकृत गरेको मस्यौदा बजेटमा उल्लेख छ । अर्थमन्त्री क्रिश्चियन लिन्डरले युक्रेनलाई भविष्यका निम्ति जी–७ को हालैको बैठकबाट बजेट निश्चित गरेको जनाएका छन् ।

जी–७ को बैठकबाट ‘फ्रोजन’ गरिएको रुसी सम्पत्तिको ब्याजमार्फत युक्रेनका लागि करिब ५० बिलियन डलर उठाउने निर्णय गरिएको थियो । जर्मनी अमेरिकापछि युक्रेनको दोस्रो ठूलो सैन्य सहायता गर्ने दाता हो ।

जर्मनीको सहयोग कटौतीको प्रसंगले युक्रेन र उसका युरोपेली सहयोगीलाई चिन्तित बनाएको छ । किनकि, अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएर आएमा युक्रेनलाई दिइएको अमेरिकी सहयोग काटिन वा रोकिन पनि सक्नेछ ।

ट्रम्प फर्किने सम्भावना बढ्नुमा उनका प्रतिष्पर्धी हालका राष्ट्रपति जो बाइडनमाथि उमेद्वारी नै फिर्ताका लागि दबाब बढ्नु पनि एक हो । अब त उनका शुभचिन्तक पूर्व राष्ट्रपति बाराक ओबामाले पनि बाइडनको उमेद्वारीलाई लिएर चिन्ता जनाउँन थालेका छन् ।

वाशिंगटन पोस्टका अनुसार पूर्व राष्ट्रपति बाराक ओबामाले निजीरुपमा भनेका छन्, बाइडनले राष्ट्रपति चुनाव जित्ने सम्भावना कम भएको छ। यद्यपी ओबामाका प्रवक्ताले भने उनको यो टिप्पणीलाई लिएर प्रतिक्रिया दिनलाई अस्वीकार गरेका छन् ।

यसअघि पूर्व हाउस स्पीकर न्यान्सी पलोसी र कँग्रेसका सबैभन्दा वरिष्ठ दुई सदस्यहरु हकीम ज्याफ्रीज र चक शुमरले पनि बाइडनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेका थिए । यस्तै बाइडेनलाई लिएर डेमोक्रेटिक पार्टीभित्र पनि कयौं खालका आवाज उठ्न थालेको छ ।

अर्कोतर्फ बाइडेनलाई फेरि कोरोना संक्रमण पनि भएकाले उनको चुनावी प्रचारप्रसार अहिलेलाई रोकिएको छ । यता रिपब्लिकन पार्टीका उमेद्वार ट्रम्पले भने चुनावी अभियान तिव्र पारेका छन् । गोली प्रहारपछि त झनै त्यसलाई पनि उनले चुनावी प्रचारका लागि प्रयोग गरेका छन्।

यस्तोमा सीबीएस न्यूजको सर्वेक्षणले पनि बाइडन ट्रम्पसंग ५ प्वाइन्टले पछाडी रहेको देखाएको छ । क्याम्पेनका क्रममा यो अहिलेसम्मको सबैभन्दा ठूलो अन्तर हो । तर डेमोक्रेटिकका शीर्ष नेताहरुले यो कुनै चिन्ता लिनुपर्ने विषय नै नभएको प्रतिक्रिया दिएका छन् ।

र बाइडेनले पनि यसलाई आधारहिन भनेका छन् । उनले आउँदो चुनाव आफूले नै जित्ने दाबी पनि छाडेका छैनन् । अमेरिकामा हुन लागेको राष्ट्रपतिय चुनाव, यसका प्रतिष्पर्धीहरु र जेलेन्स्कीको डरका बारेमा आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top