माओवादीलाई साथ नलिने शर्तमा बन्यो नयाँ गठबन्धन

४ साउन ८१, शनिबार

५ साउन, काठमाण्डौ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काँग्रेससंगको नयाँ सत्तासमीकरण बनेको बारेमा कारण खुलाएका छन् । उनले माओवादीलाई राजनीतिबाट किनारा लगाउने गरि नयाँ गठबन्धन बनाएको खुलाएका हुन् । आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस–एमालेको सरकार बनेको पोखरेलले बताएका छन् ।

कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको यस्तो सहमतिको खुलासा गरेका हुन् । पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस–एमाले सरकार बनेको दाबी गरे । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उनले बताए ।

Advertisement

सम्बोधनकै क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणीसमेत गरे । उनकै वेइमानका कारण सरकार ढलेको आरोप लगाए । ‘भन्न वाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी वाम सरकार गिरेको हो ?’ उनले प्रश्न गरे । यसैबीच एमालेले भोलि (आइतबार) बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।

भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन सकस छैन ।

यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् । यता नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसबीच प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकार बनाउन संविधान मिचेर बनाएको निष्कर्ष निकालेको छ। शुक्रबार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा सरकार संविधानको कमजोर जगमा उभिएर बनेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो। उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ। यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रूपमा लैजाने कुरा भएको छ।’ उनले थप कुरा आइतबारको प्रतिनिधि सभाको बैठकमा राख्ने बताए ।

उनले थपे, ‘जनताको अपेक्षा भन्दा बाहिर गएर सत्तापक्ष निरङ्कुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको छ। जनतामा आशङ्का छ, प्रतिपक्षबाट हामी सशक्त खबरदारी गर्छौँ।’ यस्तै, बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा साझा धारणा बनाएर जानेबारे छलफल भएको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ। हामी प्रतिपक्षमा भएकाहरू विश्वासको मतको सवालमा साझा धारणा बनाएर जाने विषयमा छलफल भयो।’ उनले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने माग गरे ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top