NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, कारण के हो ?

आइतवार साउन ६ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो, कारण के हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ साउन, काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकले आज(साउन ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ र बिक्रीदर १३४.१७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । यसअघि गत असार ७ गते र साउन ४ गते एक अमेरिकी डलरको बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको थियो ।

आज एक यूरोको खरिददर १४५.४७ रुपैयाँ र बिक्रीदर १४६.१२ रुपैयाँ निर्धारण भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७२.६२ रुपैयाँ र बिक्रीदर १७३.३९ रुपैयाँ कायम भएको छ । यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.४४ रुपैयाँ र बिक्रीदर ८९.८४ रुपैयाँ रहेको छ ।

Advertisement

१० जापानी येनको खरिददर ८.४८ रुपैयाँ र बिक्रीदर ८.५२ रुपैयाँ, एक युएई दिरामको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३६.७३ रुपैयाँ र बिक्रीदर ४३८.६९ रुपैयाँ कायम भएको छ ।

यता अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने एक महिनामै न्यून कायम भएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य २.९ प्रतिशत अर्थात प्रतिब्यारेल २.४८ डलरले घटेको छ । यससँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२.६३ डलरमा झरेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ३.२५ प्रतिशत अर्थात प्रतिब्यारेल २.६९ डलरले घटेको छ ।

यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ८०.१३ डलर कायम भएको छ । लगानीकर्ताले मध्यपूर्वको गाजामा युद्धविराम हुन सक्ने सम्भावनालाई आधार मानेर कारोबार गर्दा कच्चा तेलको मूल्यमा कमी आएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । गाजामा तनाव बढे यता विश्व आपूर्ति श्रृंखला प्रभावित हुन सक्ने भन्दै लगानीकर्ताले कच्चा तेलको मूल्यमा रिस्क प्रिमियम थप गरेका थिए ।

यसका साथै बलियो बनेको अमेरिकी डलरका कारण समेत कच्चा तेलको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार माइक्रोसफ्टको सफ्टवेयरमा आएको समस्याका कारण विश्वभरका विभिन्न उद्योग, हवाई कम्पनी, बैंक, स्वास्थ्य सेवा तथा मिडिया क्षेत्र प्रभावित बनेको थियो । यस्तै अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पनि पहिरो गएको छ । गत साता हालसम्मकै उच्च अर्थात प्रतिऔंस २ हजार ४८३ डलर पुगेको सुनको मूल्यमा व्यापक गिरावट आएको हो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.६८ प्रतिशत अर्थात प्रतिऔंस ४१.०५ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४००.७८ डलरमा झरेको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य १.८१ प्रतिशत अर्थात प्रतिऔंस ०.५४ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २९.२१ डलरमा कारोबार भईरहेको छ ।

यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य एक साताको अवधिमा १ प्रतिशतले घटेको छ । यो साता सुन ट्रेडरको सेन्टिमेन्टमा व्यापक उतारचढाव आयो । यस्तो हुनुमा विभिन्न कारणले भूमिका खेलेका छन् । वर्तमान समयमा चीनको अर्थतन्त्र अपेक्षा विपरीत सुस्त गतिमा चलिरहेको छ ।

यस्तै आगामी नोभेम्बर ५ मा हुन गईरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जित्ने सम्भावना बढेसँगै डलरको मूल्य समेत वृद्धि भईरहेको छ । यी कारणले सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य एक साताको अवधिमा ०.२६ प्रतिशतले बढेको छ । यसका अतिरिक्त अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनले नाम फिर्ता लिन सक्ने सम्भावना समेत उच्च बनेका कारण सुनको मूल्य प्रभावित बनेको छ ।

डेमोक्रयाटिक पार्टीका उच्च तहका नेताहरुले ट्रम्पको हत्या प्रयासपश्चात बाइडेनले ट्रम्पलाई पराजित गर्ने सम्भावना नरहेको दाबी गरेका छन् । गत बिहिबार अन्तराष्ट्रिय मुद्रा कोषले अमेरिकाको केन्द्रीय बैंकले सन् २०२४ को अन्त्यसम्म ब्याजदरमा कटौती गर्न नुहुने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Tags: #अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो#कच्चा तेलको मूल्य न्यूनडलर हालसम्मकै उच्च

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.