मस्कले विश्वभरका चर्चित नेतालाई ¥याम्पमा उतारे

७ साउन , एजेन्सी ।

विश्वका धनाढ्य टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म एक्समा एउटा भिडियो सेयर गरेका छन् । मस्कले यो भिडियोलाई एआई फेसन शो भनेर क्याप्सन दिएका छन् ।

जसमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित स्वयम मस्क पनि देखिएका छन् ।

Advertisement

यो भिडियोमा विश्वका नेताहरुले अनौठो लुगा लगाएको देख्न सकिन्छ । सोही क्रममा सबै नेताहरु मोडलजस्तै ¥याम्पमा हिँडिरहेका छन् । यो भिडियोमा नेताहरु बाहेक विश्वका प्रमुख उद्योगपति बिल गेट्स र टिम कुक पनि देखिएका छन् । यसै क्रममा पोप फ्रान्सिस पनि फरक अवतारमा देखिएका छन् ।

भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परम्परागत पोशाकमा देखिएका छन् । यसबाहेक, भ्लादिमिर पुटिन लक्जरी ब्रान्ड एलभीको लोगो भएको पोशाक लगाएको देखिएको छ । भिडियोमा देख्न सकिन्छ कि अमेरिकी राष्ट्रपति जो बाइडेन स्टाइलिश सुट र चश्मा लगाएको ह्वील चेयरमा छन् ।

Advertisement

उनी बृद्ध भए भन्ने जनाउ पनि भिडियोमा दिइएको छ । यस्तै एलोन मस्क एक अन्तरिक्ष यात्री सुटमा देखिएका छन्। सुटमा टेस्लाको लोगो देखिन्छ। यसबाहेक, भिडियोमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सुन्तला रङको पोशाकमा देखिएका छन् । जसको सुटमा एलभिको लोगो देखिन्छ ।

यसबाहेक चिनियाँ राष्ट्रपति सी जिनपिङ टेडी बियर प्रिन्ट गरिएको पोशाकमा देखिएका छन्। यसै क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको फरक अवतार देखिएको छ । भिडियोमा उत्तर कोरियाका नेता किम जोङ उन पनि फरक शैलीमा देखिएका छन् । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा लामो कालो कोटसहित कालो चश्मामा देखिएका छन्।

योसँगै उनी बास्केटबलको जर्सीमा पनि देखिएका छन् । उनलाई अन्य नेताभन्दा बढी पोशाकमा देखाईको छ । भिडियोमा अमेजनका सीईओ जेफ बेजोस र एप्पलका सीईओ टिम कुक पनि देखिएका छन् । माइक्रोसफ्टका सीईओ बिल गेट्सलाई भिडियोमा कालो रंगको सुट लगाएका देखिन्छन् ।

उनको हातमा एउटा प्लेकार्ड देखिन्छ, जसमा ’रनवे अफ पावर’ लेखिएको छ, त्यसपछि त्यो प्लेकार्ड मृत्युको नीलो पर्दामा परिणत हुन्छ। केही दिन अघि सर्भर डाउनका कारण माइक्रोसफ्टको सेवा ठप्प भएको थियो । विश्वभरका एयरलाइन्स, एटीएम, बैंकिङ र कर्पोरेटको काम प्रभावित भएको थियो ।

भिडियोमा त्यसैलाई संकेत गरिएको छ । भिडियोमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस , नेतृ हिलरी क्लिन्टनलगायतलाई पनि समेटिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top