Nepal Times
Nepal Times
3
Shares

गौतमले गरे रोहित–विराटको भविष्यवाणी

गौतमले गरे रोहित–विराटको भविष्यवाणी

७ साउन, एजेन्सी ।

भारतीय क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् । श्रीलंका भ्रमणअघिको पत्रकार सम्मेलनमा गम्भीरले उनीहरूको भविष्यबारे टिप्पणी गरेका हुन् ।

सो क्रममा उनले भने, ‘उनीहरूले टिमका लागि के दिन सक्छन् भनेर टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा देखाइसकेका छन् । अब च्याम्पियन्स ट्रफी र अष्ट्रेलिया भ्रमणका लागि उनीहरूले अझ राम्रो गर्न सक्छन्।’

गम्भीरले कोहली र शर्मा दुवैले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका छन् । ‘उनीहरू एकदमै मोटिभेटेड छन्। उनीहरूले २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन्।

यो उनीहरूको व्यक्तिगत निर्णय हो। उहाँहरूले कति डेलिभर गर्न सक्नुहुन्छ त्यो उहाँहरूमा निर्भर रहन्छ।’ विराट र रोहित विश्वस्तरको खेलाडी भएको बताउँदै उनले उनीहरूलाई जुनसुकै टिमले लामो समयसम्म टिममा राख्न चाहने उनको भनाइ छ ।

हालै सम्पन्न टी– २० विश्वकपलगत्तै शर्मा, कोहली र रविन्द्र जडेजाले टी– २० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए । भारतले यस वर्ष शर्माको कप्तानीमा विश्वकप जितेको थियो ।

मुख्य प्रशिक्षकमा गाम्भीर नियुक्त भएसँगै धेरैले शर्मा र कोहलीमाथि दबाब बढ्ने आशंका गरेका थिए । गौतमले आफू प्रशिक्षक बन्नु पूर्व पनि बढी उमेरका खेलाडीतर्फ लक्षित गर्दै खेलाडी छनोटको सम्पूर्ण अधिकार आफूसँगै मागेका थिए ।

धेरैको चासो रहेको सो विषयमा गम्भीरले भारतीय टिमको श्रीलंका भ्रमणअघि आफ्नो प्रतिक्रिया दिएका हुन् । श्रीलंका भ्रमणका क्रममा टी– २० फर्म्याटको कप्तानी सूर्यकुमार यादव र एक दिवसीयको कप्तानी रोहित शर्माले गर्नेछन् ।

ट्वान्टी–२० बाट सन्न्यास लिएका रोहित शर्मा र विराट कोहलीले एक दिवसीय टोलीमा स्थान पाएका हुन् । दुवैको उमेर ३५ वर्षभन्दा माथि छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.