NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

ओबामा र पेलोसीले कमलालाई किन गरेनन् समर्थन ?

सोमवार साउन ७ , २०८१
Reading Time: 1 min read
A A
ओबामा र पेलोसीले कमलालाई किन गरेनन् समर्थन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ साउन, काठमाण्डौ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नोभेम्बर २०२४ मा हुन लागेको राष्ट्रपति चुनावबाट ब्याक भएको घोषणापछि अमेरिकामा राजनीतिक उथल–पुथल भएको छ ।

बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति उमेद्वारका रुपमा अघि सार्दै चुनावी दौडबाट बाहिरिने भएका हुन् । तर डेमोक्रेटिक पार्टीले भने अहिलेसम्म कुनै औपचारिक निर्णय लिएको छैन ।

कमलालाई उमेद्वार बनाउने कि नबनाउने भन्नेमा पार्टीभित्र फरक मत देखिन थालेको छ । पूर्वराष्ट्रपति बिल क्लिन्टन र पत्नी हिलारी क्लिन्टनले कमलालाई समर्थन गर्दा बराक ओबामा अहिलेसम्म मौन छन् ।

अर्कातर्फ बाइडेनको निर्णयलाई ओबामासहित अमेरिकामा धेरैले स्वागत गरेका छन् । उनले आफूलाई भन्दा देशलाई प्राथमिकतामा राखेको प्रतिक्रियाहरु आइरहेका छन् ।

बाइडेनले पनि आफूले देशका लागि यस्तो निर्णय लिएको बताएका छन् । यस्तोमा उनले कमलालाई अगाडी सार्दा धेरैजसो डेमोक्रेट्सले पनि कमलालाई समर्थन दिने मामिलामा बाइडेनकै पथमा हिड्ने सम्भावना पनि छ ।

केही दिनभित्रैमा अब डेमोक्रेट्स सम्मेलन हुँदैछ । यस्तोमा डेमोक्रेट्स पार्टी कुनै पनि किसिमको अनिश्चितताको स्थितिबाट बच्न चाहान्छ । यस्तो चाहानुमा राजनीतिक र व्यावहारिक कारण पनि छ ।

अहिले बाइडेनपछि कमला दोस्रो स्थानको संवैधानिक पदमा छिन् । राष्ट्रपति पदको टिकट चाहिरहेकी पहिलो अश्वेत महिलालाई पछाडी छाड्नु डेमोक्रेटिक पार्टीका लागि चुनावको मुखमा घाटा हुनसक्छ ।

यस्तै चुनाव प्रचारका लागि जुटाइएको १० करोड डलर पनि कमलाले प्रयोग गर्न सक्छिन् । तर कमला नै अगाडि सर्दा केही जोखिम पनि छ। पब्लिक ओपिनियन सर्भेले कमलाको अप्रुभल रेटिंग्स बाइडेनकै जस्तो कम रहेको देखाएको छ ।

डोनाल्ड ट्रम्पविरुद्ध आमने–सामनेको लडाईमा कमलाको प्रदर्शन पनि बाइडेन जस्तै नै छ । यता बाराक ओबामा, न्यान्सी पेलोसी लगायतका कतिपय डेमोक्रेटिक पार्टीकै नेताहरुले पनि कमला ह्यारिसको नामलाई समर्थन गरेको घोषणा गरेका छैनन् ।

मिडिया रिपोर्टका अनुसार डेमोक्र्याट पार्टीका धेरै नेताहरू कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई हराउन सक्षम छैनन् भन्ने बुझाई छ। अर्कातर्फ उपराष्ट्रपतिका रुपमा उनको कार्यकाल पनि केही विवादपूर्ण नै रह्यो ।

प्रशासन सम्हालेपछि कमलालाई मेक्सिकोबाट बढीरहेको अवैध आप्रवासी समस्या समाधान गर्न जिम्मेवारी दिइएको थियो । यसमा उनले लिएका कयौं निर्णय र चालेका कदम निकै विवादीत बनेका छन् ।

यस्तै गर्भपतनसंग जोडिएको अधिकारका मामिलाहरुमा पनि कमला व्हाइट हाउस प्रशासनको प्रमुख व्यक्ति हुन् । यो एक यस्तो मुद्दा रहेको छ, जसमा उनले निकै प्रभाकारी भूमिका पनि निर्वाह गरिन् ।

तर शुरुआतमा नै बनेको छविले त्यति सजिलै पिछा छोड्दैन । कमला ह्यारिसले पहिले पनि अमेरिकी राष्ट्रपति पदको उम्मेदवारी हासिल गर्ने प्रयास गरेकी थिइन् । तर सन् २०२० मा उनी त्यो प्रयासमा नराम्रोसंग असफल बनिन् ।

त्यतिबेला कमला निकै अगाडी त बढेकी थिइन् तर चुनावअघिका कयौं अन्तरर्वाताहरुमा उनी अक्मकाएकी थिइन् । त्यतिबेला उनी भिजनविहिन देखिएकी थिइन । उनले राम्रोसंग चुनाव प्रचारप्रसार पनि गर्न सकेकी थिइनन् ।

यसैकारण उनी शुरुवाती प्राइमरी भन्दाअघि नै बाहिरिन पुगिन् । यी सबै कुराहरुलाई ध्यानमा राख्दै कमलालाई उमेद्वारका रुपमा चुन्न डेमोक्रेट्सका लागि जोखिमपूर्ण हुने कतिपयको बुझाई छ । तर अब अरु कुनै सुरक्षित विकल्प पनि बाँकी रहेको देखिदैन ।

अब सबै चुनौतीलाई पार गर्दै कमला ह्यारिस डेमोक्रयाट पार्टीको उमेदवार बनेर राष्ट्रपतीय निर्वाचन जितिन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति हुनेछन् । तर, त्यतिबेला उनले पहिलोपटक राष्ट्रपतीय शक्ति लिएको भने मानिने छैन ।

किनभने उनले सन् २०२१ मा जो बाइडेनलाई सर्जरीको समयमा दिइने एनेस्थेसिया औषधि प्रयोग गरिएको अवस्थाका क्रममा ८५ मिनेटका लागि ह्यारिसले पहिलोपटक राष्ट्रपतिको शक्ति लिएकी थिइन् ।

केही घण्टाभन्दा बढी शक्ति लिँदा ह्यारिसले आफ्नो कार्यभार ह्वाइट हाउसको वेस्ट विङबाट चलाएकी थिइन् । सो समयमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले यस्तो घटनाक्रममा शक्तिको रुपान्तरण अप्रत्यासित नभएको जनाउँदै अमेरिकी संविधानमा नै यस्तो व्यवस्था भएको बताएकी थिइन् ।

संविधानको २५औँ संशोधनले राष्ट्रपति कार्यालयबाट हटेको, मृत्यु वा राजीनामाका सन्दर्भमा उपराष्ट्रपति राष्ट्रपति हुने व्यवस्था छ । अस्थायी शक्ति हेरफेरका सन्दर्भमा सो संशोधनको सेक्सन ३ मा उल्लेख छ ।

१९६३ मा राष्ट्रपति केनेडीको हत्यापछि संविधानमा सो संशोधन ल्याइएको थियो । उपराष्ट्रपतिको ५ वर्षको अनुभव र केही समय भएपनि राष्ट्रपतिको शक्तिको अभ्यास गरेकी कमलाले अब पनि आफूले ट्रम्पविरुद्ध चुनाव जित्ने दाबी गरेकी छिन् ।

बाइडेनको प्रस्तावलगत्तै उनले एक वक्तव्य जारी गरी आफूले सबै शक्ति लगाएर डोनाल्ड ट्रम्प र उनको चरम प्रोजेक्ट २०२५ एजेन्डालाई पराजित गर्न डेमोक्रेटिक पार्टी र देशलाई एकीकृत गर्ने जनाएकी छन् ।

अब चुनाव आउन १०७ दिन मात्र रहेको र आफूहरू सँगै लडेर जित्ने समेत जनाएकी छन् । उनले आफ्नो उमेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेकी छन् ।

उनले आइतबारदेखि नै डेमोक्रेटिक पार्टीका नेता तथा कार्यकर्तालाई फोनबाट समर्थन गर्न आग्रह गर्दै क्याम्पेन अघि बढाएकी छन् । यता ट्रम्पले भने बाइडेनलाई भन्दा कमलालाई हराउन बढी सजिलो हुने दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले बाइडेनलाई अमेरिकी इतिहासको सबैभन्दा खराब राष्ट्रपति बताउँदै उनी आसपासका डाक्टर र सञ्चार माध्यमहरूलाई समेत उनी चुनावका लागि योग्य छैनन् भन्ने पहिले नै थाहा थियो भनेर भनेका छन् ।

बाइडेन राष्ट्रपति बन्दा आफूहरूले निकै क्षति भोग्नु परेको तर उनी पदमा रहँदाको क्षतिहरूको छिट्टै भर्पाई गरिदिने पनि उनले बताएका छन् । अझ अगाडि ट्रम्पले भनेका छन्, बाइडेनलाई भन्दा कमलालाई हराउन बढी सजिलो हुने छ ।

ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार जेडी भेन्सले पनि बाइडेनलाई सबैभन्दा खराब राष्ट्रपति भनेका छन् । गएको चार वर्षमा देशको सीमा खुला गर्ने कानुनमा हस्ताक्षर गर्दा कमला ह्यारिस पनि उनको साथमै रहेको उनले बताएका छन् ।

यी असफलतामा उनी पनि बाइडेनको साथमा रहेको र बाइडेनको मानसिक अवस्थाप्रति लगातार झुटो बोलेको आरोप पनि उनले कमलालाई लगाए ।

यस्तोमा सजिलै चुनाव जित्ने कमला ह्यारिसको दाबी वा उनलाई बाइडेनलाई भन्दा पनि सहजै हराउन सक्ने ट्रम्पको दाबी । कसको दाबीमा बढि दम देखिन्छ ? आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।

तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #ओबामा र पेलोसी#ट्रम्पको दाबी#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

विचार

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

थप समाचार

articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
ताजा समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.