जनताका लागि करमुक्त १० देश

७ साउन ८१, मंगलबार

८ साउन , एजेन्सी ।

आयकर कुनैपनि देशको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको हुन्छ । अल्पविकसित, विकासशीलदेखि विकसित राष्ट्रहरुमा समेत आयकर उठाउने गरिन्छ ।

विभिन्न देशमा मानिसहरुले आय आर्जन गर्ने आम्दानीका आधारमा आयकर निर्धारण गरिएको हुन्छ । अर्थात जसले कम कमाउछ उसले कम र जसले धेरै कमाउछ उसले धेरै कर तिर्नुपर्ने हुन्छ ।

Advertisement

तर के तपाईलाई थाहा छ ? विश्वमा यस्ता देशहरु पनि छन्, जहाँ मानिसहरुबाट आयकर उठाईदैन । ती देशहरुमा पर्छन्

युएई

विश्वका प्रत्यक्ष कर मुक्त अर्थतन्त्र भएको देश नियाल्ने हो भने शीर्ष स्थानमा संयुक्त अरब इमिरेट्स पर्छ । यहाँ जनताबाट कुनै पनि प्रकारको व्यक्तिगत कर लिइदैन । यसको साटो सरकारले विभिन्न अप्रत्यक्ष कर उठाउने गर्छ । युएई सरकारले भ्यालु एडेट ट्याक्स र अन्य शुल्क लिने गर्छ । युएईको अर्थतन्त्र पर्यटन र तेलका कारण धेरै नै बलियो छ । यहि कारण यहाँको सरकारले मानिसहरुलाई आयकरमा राहात दिएको छ ।

बहराइन
कर मुक्त देशको रुपमा बहराइनको नाम पनि समावेश छ । यो देशमा पनि जनताबाट कुनै पनि व्यक्तिगत कर लिइदैन । यहाँ पनि प्रत्यक्ष करको साटो अन्य अप्रत्यक्ष कर लिइन्छ ।

कुवेत
कुवेत पनि ट्याक्स फ्रि देशहरुमा सूचिकृत छ । यहाँ पनि कुनै प्रकारको व्यक्तिगत कर लिइदैन । कुवेत पनि सम्पूर्ण रुपमा तेलको निर्यातमा निर्भर छ । तेलको निर्यातबाटै सरकारले मनग्य आम्दानी गर्ने भएकाले यहाँको सरकारले जनताबाट कर उठाउनु आवश्यक नै छैन ।

साउदी अरब
साउदी अरबमा पनि जनताबाट कुनै पनि प्रत्यक्ष आयकर लिइदैन । देशको समृद्ध अर्थव्यवस्थाका कारण यहाँको सरकारले यस्तो नीति अवलम्बन गरेको हो ।

ओमान

बहराइन र कुवेतका अलावा खाडीको देश ओमान पनि करमुक्त देश हो । ओमानका नागरिकले पनि आयकर तिर्नु पर्दैन । यसको मुख्य कारण ओमानको बलियो तेल र ग्यास भण्डार हो ।

कतार
ओमान बहराइन र कुवेत जस्तै कतार पनि आयकर मुक्त देशको सूचीमा पर्छ । कतारको अर्थतन्त्र पनि तेल निर्यातका कारण बलियो अवस्थामा छ ।

मोनाको
युरोपेली देश मोनाको सानो देश हो । सानो देश भएतापनि यहाँ जनताबाट कुनै पनि आयकर लिइदैन ।

द बहमास
पर्यटकहरुलाई स्वर्गको उपनामले परिचित द बहमास पश्चिमी धुव्रमा अवस्थित देश हो । यो देशको विशेषता के हो भने, यहाँ जनताबाट कुनै पनि कर उठाइदैन ।

ब्रुनाई
तेलको भण्डार भएको देश ब्रुनाई पनि करमुक्त देश हो । यो देश दक्षिण एशियामा अवस्थित छ ।

केम्यान आइल्याण्ड
केम्यान आइल्याण्ड उत्तरी अमेरिकाको क्यारेबियन क्षेत्रमा पर्छ । यो पर्यटकका लागि आकर्षक गन्तव्यमा पर्छ । सरकारले पर्यटन क्षेत्रबाट राम्रो आम्दानी गर्ने भएकाले आम सर्वसाधारणबाट कुनै पनि प्रकारको प्रत्यक्ष कर लिइदैन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top